काठमाडौं- दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने महत्वाकांक्षी योजना अघि सारेको सरकारले त्यसका लागि भारतबाट विद्युत आयातलाई नै पहिलो प्राथमिकता दिएको छ। स्वदेशी आयोजनाकै उत्पादनले तत्काल संकट नहट्ने भन्दै सरकार भारतकै भर परेको हो।सरकारले बिहीबार १० वर्षे ऊर्जासंकट निवारण तथा विद्युत विकास दशक घोषणा गर्दै भारतबाट आयात गरेरै भए पनि दुई वर्षमा लोडसेडिङ हटाउने योजना ल्याएको छ। ऊर्जा मन्त्रालयले ६ वटा उपसमिति गठन गरी दुई महिनाभन्दा बढी लगाएर तयार पारेको योजना मन्त्रिपरिषदले पारित गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
लोडसेडिङ कम गर्न सरकारले एक वर्षभित्रै भारतबाट ५ सय ८० सय मेगावाटसम्म विद्युत आयातको लक्ष्य राखेको छ। यस्तै, २०७४ को हिउँदसम्म आयात बढाएर ९ सय ३० मेगावाट पुर्या्उने लक्ष्य छ।
आगामी हिउँदमा १ हजार ६७ मेगावाट विद्युत आपूर्ति हुने अनुमान छ। सरकारले सौर्य तथा वायु ऊर्जाबाट १ सय मेगावाट थप्ने घोषणा गरेको छ। प्राधिकरणले दुई वर्षअघि २५ मेगावाटको सोलार प्लान्ट राख्ने योजना नै पूरा नगरेको सन्दर्भमा वैकल्पिक स्रोतबाट विद्युत थपिने सम्भावना बलियो भने देखिँदैन।
यस वर्षको हिउँदसम्म नेपाल विद्युत प्राधिकरणले भारतबाट झन्डै २० अर्ब रुपैयाँबराबर २ सय ४० मेगावाटसम्म विद्युत आयात गरेको छ। स्वदेशी उत्पादनभन्दा आयातमा जोड दिँदा विद्युत किन्न मात्र बर्सेनि अर्बौं रुपैयाँ छुट्याउनुपर्छ।
प्राधिकरणले आगामी हिउँदसम्म विद्युत माग १ हजार ४ सय २३ मेगावाट पुग्ने प्रक्षेपण गरेको छ तर अहिलेकै दरमा माग बढ्दै गए त्यो अझ नाघेर कम्तीमा २ हजार मेगावाट पुग्न सक्छ। भारतले गरेको अघोषित नाकाबन्दीले इन्धन आयात ठप्प हुँदा यो हिउँदमै माग झन्डै १ हजार ८ सय मेगावाट पुगेको छ। आगामी एक वर्षमा स्वदेशी आयोजनाबाट थप २ सय ५० मेगावाटभन्दा बढी उत्पादन हुने संकेत छैन।
आन्तरिक उत्पादन कम भएको र एक वर्षमै स्वदेशी उत्पादनले माग धान्न नसकिने भएकाले आयातमा भर पर्नुपरेको उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बताए। दुई वर्षपछि पर्याप्त विद्युत उत्पादन हुने हुँदा भारतमै बेच्न सकिने उनको तर्क छ। 'दुई वर्षका लागि मात्र आयात हुनेछ, यो हाम्रो बाध्यता हो,' उनले भने, 'त्यसपछि जुन प्रसारणलाइनबाट नेपालले किन्छ, त्यहीँबाट बेच्न सकिन्छ।'
चालू वर्षमा २ सय ४० मेगावाटसम्म किनेको सरकारले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट थप ८० मेगावाट किन्ने सम्झौता गरेको छ। उक्त परिमाणको विद्युत बिहीबारबाटै परीक्षण प्रसारण गरिएको प्राधिकरणले जनायो।
अन्तरदेशीय प्रसारणलाइनबाट आगामी वर्ष विद्युत आयात बढाउन ढल्केबर–इनरुवा ४ सय केभी प्रसारणलाइन निर्माण पूरा गर्ने लक्ष्य छ। यस्तै, ढल्केबरमा ३२० एमभिए र इनरुवामा ३२६ एमभिए (२२०/१३२ केभी) का दुई सबस्टेसन निर्माण गर्ने सरकारी घोषणामा उल्लेख छ।
सरकारले अन्तरदेशीय प्रसारणलाइन आगामी वर्ष २२० केभीमा चार्ज गरी २ सय मेगावाट आयात गर्ने लक्ष्य राखेको छ। प्राधिकरणले आगामी दुई वर्षभित्र माग १ हजार ५ सय ५० मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। त्यति बेलासम्म प्राधिकरण र यसका सहायक कम्पनीबाट ८ सय ३० मेगावाट, निजी क्षेत्रबाट ६ सय मेगावाट र बाँकी भारतबाट आयात गर्ने योजना छ।
भारतबाट आयातित र थर्मल प्लान्टबाट उत्पादित विद्युत बेच्दा प्राधिकरणलाई हुन जाने नोक्सान सरकारले शोधभर्ना दिने संकट निवारणकालमा उल्लेख छ। तर, सरकारले यसअघि लोडसेडिङ न्यूनीकरण कार्ययोजनाअन्तर्गत घोषणा गरेको शोधभर्ना नै पूर्ण रूपमा दिइसकेको छैन।
संकटकाल घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र देशको मागभन्दा बढी विद्युत उत्पादन गरेर बेच्न सकिने दाबी गरे। 'विगतमा जस्तो योजना कार्यान्वयन नहोला भनेर शंका मान्नु पर्दैन, जसरी पनि कार्यान्वयन हुन्छ,' उनले भने।
सरकारले यसअघि तीनपटकसम्म ऊर्जा संकटकाल घोषणा गरे पनि ती कुनै कार्यान्वयन भएका छैनन्। कार्ययोजना कार्यान्वयन गर्न सबै व्यक्ति तथा निकायले सहयोग गर्नुपर्ने ऊर्जा मन्त्रालय कार्यक्रम महाशाखा प्रमुख दिनेशकुमार घिमिरे बताउँछन्।
चालू आर्थिक वर्षसम्म भारतसँगको व्यापार मात्र करिब १ खर्ब रुपैयाँ नाघेको छ। हरेक वर्ष विद्युत आयात बढाउँदै जाँदा व्यापार डेढ खर्ब पुग्ने अर्थ मन्त्रालयकै अधिकारी बताउँछन्।
संकटकाल अवधिभर प्रसारणलाइन नबनेर उत्पादित बिजुली प्रवाह हुन नसके यसको क्षतिपूर्ति वा विद्युत ऊर्जाबापत भुक्तानीको प्रत्याभूति सरकारले गरिदिने व्यवस्था मिलाइएको छ।
प्राधिकरणले निजी क्षेत्रका आयोजनाबाट उत्पादित बिजुली खरिद गर्दा पोस्टेड रेट (हिउँदमा ८.४० र बर्खामा ४.८० रुपैयाँ) २५ मेगावाट (पाँचपटक) र २५ देखि १ सय मेगावाट (आठपटक) सम्म फरकफरक वार्षिक वृद्धिदर तोकेको छ। यसले निजी क्षेत्रलाई आकर्षित गर्ने सरकारको दाबी छ।
पिपिएमा एकरूपता ल्याउन सरकारले संकटकालबाट यसमा समान व्यवस्था गर्दै वार्षिक वृद्धिदर आठपटक कायम गर्न लागेको छ। प्राधिकरण सञ्चालक समितिले १ सय मेगावाटसम्मका स्वदेशी लगानीका आयोजनाका हकमा पिपिए वृद्धिदर आठपटक दिने निर्णय गरेको थियो। सरकारले तोकेको १० वर्षसम्म जुनसुकै आयोजनाको पिपिए 'लिउ या तिर' (टेक अर पे) का आधारमा गरिने उल्लेख छ।
आयोजना विकासमा लगानी वृद्धि, प्राधिकरणको वित्तीय अवस्थामा सुधार, साथै माग व्यवस्थापन गर्न मौसम र समयअनुसार विद्युत महसुल निर्धारण/समायोजन गर्ने व्यवस्था गर्न लागिएको छ।
अर्धजलाशय र जलाशययुक्त आयोजना निर्माण गर्ने परिस्थिति बनाउन मौसमी र समयअनुसार पिपिए दर निर्धारण गरिने अवधारणापत्रमा उल्लेख छ। यस्तै, उत्पादकले प्रसारणलाइन प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क (ह्विलिङ चार्ज) निर्धारण गर्ने व्यवस्था संकटकाल घोषणा भएको मितिले ६ महिनाभित्र मिलाइनेछ।
आयोजना अध्ययन, विकास तथा निर्माणमा बाधाअड्चन गर्ने व्यक्ति वा संस्थालाई सार्वजनिक अपराधसरहको कसुर मानी कानुनी कारबाही गर्ने व्यवस्था गरिएको छ। साथै आयोजनास्थललाई बन्द निषेधित क्षेत्र घोषणासमेत गर्ने तयारी छ।
भविष्यमा जलाशययुक्त आयोजना बन्न सक्ने भनी एकिन भएका र नदी बेसिन गुरुयोजनामा परेका आयोजना क्षेत्रमा असर नपर्ने सुनिश्चित गरेर मात्र दीर्घकालीन पूर्वाधार र बस्ती विकासको योजनाबद्ध कार्यक्रम अघि बढाइने भएको छ। वनक्षेत्र अधिग्रहण गर्दा त्यसबराबर जग्गा किनिदिनुपर्ने यसअघिको प्रावधान हटाइने भएको छ।
ऊर्जासंकट निवारण गर्दै दिगो आर्थिक विकास गर्न ५० प्रतिशत जलाशय, २० प्रतिशत अर्धजलाशय र ३० प्रतिशत नदी प्रवाही तथा वैकल्पिक ऊर्जा उत्पादन गरी ऊर्जासुरक्षा मिलाउने योजना छ। आयोजना अनुमतिपत्र जारी गर्ने अहिलेको प्रक्रियाकै कारण उत्पादित बिजुली प्रसारणलाइनमा जोडिन नसकेको ठहर्याुउँदै मन्त्रालयले त्यसलाई सहज बनाउने भएको छ।