विशाखापटनम प्रयोगमा चुनौती
०९ फागुन २०७२
•
११ मिनेट पाठ
विशाखापटनम प्रयोगमा चुनौती
काठमाडौं- प्रयोग गर्नु नेपालका लागि चुनौतीमूलक हुने देखिएको छ। सीमानाकाबाट कोलकाताको तुलनामा दुई गुना टाढा रहनु, व्यापारिक गतिविधि कम हुनु विशाखापटनमका मूल चुनौती हुन्। भारतको ६ दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच उक्त बन्दरगाह प्रयोग गर्न दिनेबारे शनिबार सम्झौता भएको थियो। नेपालले अहिलेसम्म भारतलगायत तेस्रो मुलुकसँगको व्यापारमा कोलकाता बन्दरगाह मात्र प्रयोग गर्दै आएको छ।
नेपाली सीमादेखि कोलकाता ७ सय र विशाखापटनम १ हजार ४ सय किलोमिटर दुरीमा छन्। भारतले विशाखापटनम प्रयोग गर्न दिनुलाई सरकारी र निजी क्षेत्रले सकारात्मक भने पनि आयात–निर्यात व्यवसायमा संलग्न केहीले भने नकारात्मक टिप्पणी गरेका छन्। सन् १९५० को सन्धिमा भारतले कोलकाता बन्दरगाह मात्र प्रयोग गर्न अनुमति दिएको थियो। झन्डै ६६ वर्षपछि थप अर्को बन्दरगाह प्रयोग गर्न पाउनुलाई सकारात्मक रुपमा लिनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले बताए।

'अधिकतम लाभ लिने गरी प्रयोग गर्न सरकारले प्रशस्त आन्तरिक काम गर्नुपर्छ, यो बन्दरगाहबाट मुलुकको औद्योगिक क्षेत्रलाई चाहिने कच्चा पदार्थ ल्याउने काम गर्नुपर्छ,' उनले आइतबार नागरिकसँग भने, 'कोलकाता बन्दरगाह साँघुरो र परम्परागत भएकाले पनि नेपालका लागि विशाखापटनम भरपर्दो हुन सक्छ। यसलाई प्रयोगमा ल्याउनु अबको चुनौती हो।'

विशाखापटनममा पानीको सतह करिब १७ मिटरसम्म भएकाले ठूला पानीजहाज (भेसल) बाट एकै पटक धेरै कार्गो ल्याउन सकिने घिमिरेको भनाइ छ। ठूला भेसलबाट एक पटकमा डेढ लाख टनसम्म कार्गो आउन सक्छ। तर, कोलकातामा आउने साना भेसलले त्यसको निकै कम मात्रामा कार्गो ल्याउने गर्छन्।

सरकार र निजी क्षेत्रले वर्षौंदेखि मागेको बन्दरगाह प्रयोग गर्न पाउनु गौरवको विषय भएको नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसन (नेफा) का अध्यक्ष राजन शर्मा बताए। 'कोलकाता बन्दरगाह निकै साँघुरो र परम्परागत छ,' उनले नागरिकसँग भने, 'त्यहाँ बन्दरगाह र भेसल चार्ज महँगो छ भने नेपाली व्यवसायीलाई गर्ने व्यवहार राम्रो छैन।'

विशाखापटनम दुरीका कारण कोलकाताभन्दा टाढा भएकाले आयात महँगो हुने केही व्यवसायीको भनाइ उचित नरहेको शर्माले बताए। 'दुरीको मात्र हिसाब गरेर हुँदैन, कोलकातामा लाग्ने शुल्क, भेसल र डिटेन्सन चार्जको हिसाब गरिएको छैन,' उनले भने, 'समग्रमा तुलना गर्दा कोलकाताभन्दा विशाखापटनम धेरै प्रभावकारी हुन्छ।'

हङकङ, अफगानिस्तान (काबुल) लगायत जलमार्गबाट 'मदर भेसल' ले ल्याउने कार्गो सिंगापुर र श्रीलंकामा आएर साना भेसलमा सारिन्छ। त्यसपछि मात्र कोलकातासम्म ल्याइन्छ। कम पानीको सतह र साँघुरो क्षेत्रफलका कारण पनि कोलकातामा ठूला भेसल आउन सक्दैनन्। ठूला भेसलले विशाखापटनममा एकैपटक धेरै परिमाणमा कार्गो ल्याउन सक्ने हुँदा नेपाल आउने सामान सस्तो पर्ने शर्माको तर्क छ।

लामो दुरीबाट कार्गो आयात गर्दा सडकमार्ग झन्झटिलो र खर्चिलो हुने वाणिज्य मन्त्रालयका अधिकारी बताउँछन्। 'विशाखापटनमबाट कार्गो आयात गर्दा रेलमार्ग नै प्रयोग गर्नुपर्छ, यसो गर्दा मात्र नेपाल आउने वस्तु सस्तो पर्छ, नत्र यसको अर्थ हुँदैन,' मन्त्रालयका एक अधिकारीले भने।

विशाखापटनममा व्यापारिक गतिविधि कम हुने र त्यो बन्दरगाहको व्यापार नयाँदिल्लीले हेर्ने हुँदा प्रयोग गर्न चुनौती भने छ। त्यहाँबाट ठूला भेसलमा 'डर्टी वा बल्क' कार्गो (औद्योगिक क्षेत्रलाई चाहिने कच्चा पदार्थ) आयात गर्ने व्यवस्था हुनुपर्छ। 'साना तथा कन्टेनर कार्गो (खाद्य सामग्री ल्याउने) साना भेसलले पनि ल्याउन सक्छन्, यसका लागि कोलकाता नै पर्याप्त छ,' वाणिज्य मन्त्रालयका एक उच्च अधिकारीले भने, 'बल्क कार्गो रेलमार्गबाट ल्याउन नसक्ने हो भने विशाखापटनम प्रयोग गरेर फाइदा हुँदैन।'

उद्योग कलकारखानामा चाहिने कच्चा पदार्थ ट्रकमा ल्याएर सम्भव नहुने हुँदा विशाखापटनम रेलमार्गका लागि मात्र उपयुक्त छ। कोलकाता महावाणिज्य दूतावासको क्षेत्राधिकार अहिलेसम्म पश्चिम बंगालभित्र मात्र छ। दायरा बढाएर त्यसको युनिट विशाखापटनममा राख्न नसके यसको प्रभावकारिता नहुने मन्त्रालयका अधिकारीले दोहोर्या ए।

विश्व बैंकको अध्ययन अनुसार कन्टेनर बोकेको ट्रक कोलकाताबाट वीरगन्ज आएर कोलकाता नै फर्कन ४१ दिन लाग्छ। तर, विशाखापटनम प्रयोग गर्दा कम्तीमा १० दिन घट्नेछ। कोलकाता बन्दरगाह वा बीचबाटोमा एक दिन सामान रोकिँदा करिब २ सय डलरसम्म विलम्ब शुल्क तिनुपर्छ। विशाखापटनम प्रयोग गर्दा यस्तो शुल्कसमेत तिर्नु नपर्ने र यसले आयात–निर्यात लागतमा कमी ल्याउने देखाएको छ।

विशाखापटनमबाट ट्रकभन्दा रेलमार्गबाट कार्गो आयात–निर्यात गर्न उपयुक्त हुने पूर्वसचिव पुरुषोत्तम ओझाले बताए। 'कार्गो ओसार्ने रेलका लागि निश्चित लिक नभएकाले समय बढी लाग्न सक्छ,' उनले नागरिकसँग भने, 'अहिलेको झन्झटिलो पारवहन प्रक्रिया सरलीकरण गर्नुपर्छ।'

ओझाका अनुसार विशाखापटनम प्रयोग गर्दा पारवहनमार्ग विविधीकरण हुने हुँदा नेपालले फाइदा पनि लिन सक्नेछ। 'फाइदा र बेफाइदा दुवै छन्, दुई बन्दरगाहबीच प्रतिस्पर्धा हुँदा लागत घट्न सक्छ,' उनले भने, 'भेसल ल्यान्ड गर्ने पानीको सतह कोलकातामा घट्दै गएको छ, योभन्दा विशाखापटनम बढी प्रभावकारी हुन्छ।'

ओझा वाणिज्य तथा आपूर्ति सचिव हुँदा ५ वर्ष वर्षअघि उक्त बन्दरगाह प्रयोग गर्न माग गर्दै अध्ययन सुरु भएको थियो। तर, नेपालको तरल राजनीतिका कारण समयमा सम्झौता हुन नसकेको उनले बताए। 'सन् २०११ मै सम्झौतामा हस्ताक्षर हुन्थ्यो, हामीले समय गुमायौं। त्यतिबेल सम्झौता गरेको भए धेरै फाइदा लिन सकिन्थ्यो,' ओझाले भने।

भारतका विभिन्न राज्यमा नेपाली कार्गोले झेल्नुपर्ने समस्याको निकास दिन नेपाल सरकारले प्रस्ट नियम बनाएको छैन। कोलकाताबाटै कार्गो जाँदा धेरै ठाउँमा समस्या हुन्छ। यसैले विशाखापटनम सञ्चालन आउनुपूर्व ट्रान्जिट रुट हेर्ने निकाय किटान गर्नुपर्ने देखिन्छ। क्षेत्राधिकार हेर्ने निश्चित नभई विशाखापटनम सञ्चालन गर्नुको अर्थ पनि हुँदैन।

सन् २००९ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र समकक्षी मनमोहन सिंहबीच बन्दरगाह सञ्चालन गर्ने विषयमा सहमति भएको थियो। पूर्वतयारीविना बन्दरगाह सञ्चालनमा ल्याउँदैमा नेपालले फाइदा लिन सक्ने अवस्था भने हुँदैन।

कोलकाता हुँदै नेपाल कार्गो ल्याउन पश्चिमबंगाल, झारखण्ड, उत्तरप्रदेश र विहार गरी भारतका चार प्रान्त पार गर्नुपर्छ। यसो गर्दा झन्डै १९ दिन लाग्छ। विशाखापटनमबाट कार्गो ल्याउँदा आन्द्रप्रदेश र उडिसासमेत थपिन्छन्। यसरी लामो रुटमा हुने समस्या समाधान पहिल्यै खोज्नुपर्ने केही व्यवसायी बताउँछन्।

कोलकाता निकै सानो बन्दरगाह हो। यसमा करिब ८ हजार मेटि्रक टनसम्मका मात्र भेसल आउन सक्छन्। तर, विशाखापटनममा एक लाख ६० हजार मेटि्रक टनसम्मका भेसल आउँछन्। यहाँ कार्गो आयातकर्ताले चर्को मूल्य तिर्नु नपर्ने फाइदा पनि छ। यसले नेपालको सिंगो अर्थतन्त्रमा सकारात्मक असर पार्नुका साथै नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सक्छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस