मागेरै प्रहरीको गुजारा
०९ फागुन २०७२
•
७ मिनेट पाठ
मागेरै प्रहरीको गुजारा
झापा- जिल्ला प्रहरी कार्यालय, झापासँग चार गाडी र आधा दर्जनभन्दा बढी बाइक छन्। अञ्चल प्रहरी र इलाका प्रहरीका पनि आआफ्नै गाडी छन्। सरकारले अलग्गै खर्च नदिँदा यी गाडी मर्मत गर्न र तेल हाल्न समस्या परेको गुनासो प्रहरी बारम्बार दोहोर्यााइरहन्छ। तर, झापामा दौडने प्रहरीगाडी चौबीसै घन्टा व्यस्त रहन्छन्। मर्मत वा तेल अभावमा थन्किएका घटना विरलै छन्।

आखिर कसरी चल्छन् त प्रहरीका गाडी? यसको उत्तर प्रहरी अधिकारी नै निर्धक्क दिन्छन्– 'मागेर।'

सरकारले सबैभन्दा धेरै बजेट लगानी गर्ने संगठनमध्येको नेपाल प्रहरी आफैं भने मागेकै भरमा काम चलाइरहेको छ। गाडी मर्मत र इन्धनखर्च मात्र होइन, भवन निर्माणजस्ता ठूला लगानी र बिजुली, खानेपानी महसुलसम्म पनि प्रहरीले मागेकै भरमा जुटाउँदै आएको छ।

स्रोतका अनुसार प्रहरीलाई यसरी 'सघाउने' मा विभिन्न संघसंस्थादेखि तस्करीमा संलग्नसम्म छन्।

सरकारले पठाउने बजेटले नधान्ने भएकाले गाडी चलाउन अरूसँग मर्मत वा इन्धनखर्च माग्नु बाध्यता रहेको जिल्ला प्रहरीप्रमुख एसपी ठाकुरप्रसाद ज्ञवाली स्विकार्छन्। 'हो, सरकारले पठाउने बजेटले गाडी चलाउन, मर्मत गर्न छेउ पनि पुग्दैन,' ज्ञवाली भन्छन्, 'त्यसैले विभिन्न संघ–संस्थासँग समन्वय गरेर चल्नुपर्छ, चलाउनुपर्छ।'

यसरी मागेर काम चलाउनुलाई प्रहरी अधिकारी 'समन्वय गरेर' भन्ने भाषा प्रयोग गर्छन्। मागेकै भरमा जिल्ला, अञ्चलदेखि इलाका प्रहरीसम्मका गाडी र बाइक दौडिरहेका छन्। दमक, बिर्तामोड, धुलाबारी, भद्रपुर, काँकरभिट्टा, गौरीगन्ज सवारीसाधन धेरै भएका प्रहरी कार्यालय हुन्।

सामाजिक सुरक्षासँगै अनियमित गतिविधि नियन्त्रण गर्ने दायित्व बोकेको संगठनले सामान्य खर्चका लागि अरूसँग हात थाप्नुपर्दा कार्यसम्पादनमै गम्भीर असर पुग्ने प्रहरी अधिकारी नै बताउँछन्।

जिल्ला, इलाका तथा गाउँ तहका प्रहरी एकाइले मागेेरै स्रोत व्यवस्थापन गर्ने परम्परा बसिसकेकाले सबैले यसलाई सामान्य ठान्न थालेका छन्। तर, यो परम्पराले प्रहरीको कार्यकुशलतामै गम्भीर प्रश्न उठ्न थालेको छ।

'धेरैपटक जिल्लाका नामी तस्करले प्रहरीको बिग्रेको गाडी बनाइदिएका छन्,' जिल्लाका एक प्रहरी अधिकृत भन्छन्, 'कयौंपटक गाडीमा तेल हालिदिन्छन्, त्यस्ताले गल्ती गर्दा हामी कसरी कडाइपूर्वक पेस हुन सक्छौं?'

खानेपानी र बिजुलीको बिल तिर्नचाहिँ रकम नमागेको प्रहरी दाबी छ। तर, यस्ता व्यक्ति पनि भेटिएका छन् जो प्रहरीको बिजुली र पानीको महसुल आफूले तिरिदिएको प्रमाण देखाउँछन्। प्रहरीसँग सम्बन्ध बिग्रने डरले उनीहरू मुखर हुन भने मान्दैनन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार उसको मातहत ६१ प्रहरी एकाइ छन्। तीमध्ये जिल्ला प्रहरीसहित मुद्दा चल्ने ६ प्रहरी एकाइमा गाडी र बाइक छन्। काँकरभिट्टामा तीन गाडी तथा बिर्तामोड, दमक, गौरीगन्ज, झिलझिले एकाइमा कम्तीमा एकदेखि तीनवटासम्म गाडी र बाइक छन्। ती सबैको तेल र मर्मत खर्च अरूसँग मागेरै चलिरहेको छ।

मुद्दा नचल्ने स्तरका इलाका प्रहरी कार्यालय नौवटा छन्। तीमध्ये धुलाबारीबाहेक सबै एकाइमा सईको नेतृत्व छ। सई नेतृत्वका सबै कार्यालयमा गाडी छन्। ती पनि मागेरै जुटाएको मर्मतखर्च र इन्धनका भरमा 'जिम्मेवारी' निर्वाह गरिरहेका छन्।

जिल्ला प्रहरीप्रमुख ज्ञवाली प्रहरीले आफ्नो मात्रै काम गर्ने अवस्था भए तेल माग्नै नपर्ने बताउँछन्। 'तर, हात्ती आउँदा होस् या मन्त्री–नेता आउँदा, सबैमा प्रहरीकै गाडी कुदाउन पर्छ। बन्द–हडतालमा सधैँ हिँड्नैपर्योि। सरकारी बजेटले पुग्दै पुग्दैन।'

दैनिक गस्तीका लागि इन्धन र गाडी मर्मत गर्न उद्योग वाणिज्य संघ, वन समूहलगायत अन्य संघसंस्थालाई गुहार्नुपर्ने बाध्यता ज्ञवाली दर्साउँछन्। 'प्रहरीले घटना हुँदा मात्र होइन, अन्य कामका लागि पनि कुद्नुपर्छ,' उनले भने।

सानो खर्चसमेत मागेरै चलाउनुपर्ने बाध्यतामा रहेको प्रहरीले ठूलो खर्च त व्यवस्था गर्न सक्ने कुरै भएन। त्यसैले जिल्लाभर नागरिकले दान गरेको वा निर्माण समितिको 'जबर्जस्ती' मा चन्दा उठाएर काम चलाउनुपरेको छ। प्रहरीका धेरै भवन तथा भौतिक संरचना पनि मागेकै भरमा बनेका छन्। अहिले पनि जिल्लाका कतिपय ठाउँमा द्वन्द्वकालमा ध्वस्त प्रहरी भवन पुनर्निर्माण नहुँदा समस्या छ। बजेट अभावकै कारण ती कार्यालय समयमै मर्मत हुन नसकेको झापा प्रहरीले जनाएको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस