साढे ६ हजार मेगावाट बिजुली आवश्यक
१० फागुन २०७२
•
७ मिनेट पाठ
साढे ६ हजार मेगावाट बिजुली आवश्यक
काठमाडौं- राष्ट्रिय योजना आयोगले आगामी १५ वर्षसम्म मुलुकमा बिजुलीको माग ६ हजार ५ सय मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। २ महिना बढी समय लगाएर गरेको अध्ययनको आधारमा उक्त माग प्रक्षेपण गरिएको हो।आर्थिक विकास र पेट्रोलियम पदार्थ विस्थापित गर्ने लक्ष्यले सन् २०३० सम्मको बिजुलीको माग र आपूर्तिको प्रक्षेपण गरिएको छ। खाना पकाउने ग्यास र औद्योगिक क्षेत्रमा खपत हुने डिजेल विस्थापित गर्ने गरी त्यतिबेलासम्म जडित क्षमता ६ हजार ५ सय मेगावाट आवश्यक पर्ने आयोग उच्च स्रोतले बतायो।

मुलुकमा अहिलेसम्म बिजुलीको माग–आपूर्तिको वैज्ञानिक प्रक्षेपण गरिएको छैन। नेपाल विद्युत प्राधिकरणले आफ्ना ग्राहकलाई आधार मानेर औसत मागको अनुमान गर्ने गरेको छ। तर, सिंगो मुलुकलाई एक वर्षमा कति बिजुली आवश्यक पर्छ भन्ने यकिन छैन। आयोगले तय गरेको यो पहिलो वैज्ञानिक प्रक्षेपण हो।

मुलुकको वार्षिक कुल गार्हस्थ उत्पादन ५ प्रतिशत हुने अनुमानका आधारमा बिजुलीको माग प्रक्षेपण गरिएको छ। आयोग स्रोतअनुसार प्रारम्भिक अध्ययनको काम सकिएकाले दुई साताभित्र अन्तिम प्रतिवेदन तयार हुनेछ।

दुई महिनाअघि लगानी बोर्डले आयोगलाई बिजुलीको माग र आपूर्तिको वैज्ञानिक अध्ययन गर्ने जिम्मा दिएको थियो। बोर्डको पुस ५ गतेको १९औं बैठकले आयोगलाई ३ महिनाभित्र ऊर्जा माग र आपूर्ति सम्बन्धी अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

देशमा हालसम्म आधिकारिक रुपमा राष्ट्रिय ऊर्जा माग तथा आपूर्ति सम्बन्धी अध्ययन नभएकाले यससम्बन्धी अध्ययन गर्न आयोग उपाध्यक्षको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको छ। समितिमा आयोग, ऊर्जा र उद्योग मन्त्रालय र जल तथा ऊर्जा आयोगका सचिव, प्राधिकरण एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक र विद्युत विकास विभागका महानिर्देशक सदस्य छन्।

उक्त उच्चस्तरीय समितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त सदस्य र बोर्डकै सिडिइ सञ्जय ढुंगेल सदस्य सचिव छन्। आयोगले तयार पारेको प्रतिवेदन अब बस्ने बोर्ड सञ्चालक समितिमा पेश गरी सरकारलाई जानकारी गराइने आयोगका एक अधिकारीले बताए।

प्राधिकरणले हरेक वर्ष १० प्रतिशतका दरले ग्राहक थपिने अनुमानका आधारमा माग र आपूर्तिको प्रक्षेपण गर्दै आएको छ। तर, यो अहिले उपयोग भइरहेको पेट्रोलियम पदार्थ यथावत राखेर गरिएको प्रक्षेपण हो। निजी क्षेत्रका जलविद्युत उत्पादक तथा विश्लेषकले यसलाई प्राधिकरणको परम्परागत प्रक्षेपण मान्दै आएका छन्।

प्राधिकरणले सन् २०३० सम्म करिब ३ हजार मेगावाट माग पुग्ने अनुमान गरेको छ। यो मागलाई आधार मान्दा लक्षित आयोजना नबन्ने र सरकारले राखेको आर्थिक विकासको लक्ष्य पूरा नहुने हुँदा वैज्ञानिक माग–आपूर्तिको जिम्मा आयोगलाई दिइएको बोर्ड अधिकारी बताउँछन्।

उक्त माग पूरा गर्न अहिले अध्ययन भइरहेका बूढीगण्डकी जलाशय, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र सप्तकोसी उच्च बाँधलगायत आयोजना प्राथमिकतामा राखिएको छैन। लक्षित १५ वर्षसम्म प्राधिकरणले विद्युत खरिद सम्झौता (पिपिए) भएका र विभागले उत्पादन अनुमतिपत्र दिएर काम भइरहेका आयोजना नै निर्माण गर्ने लक्ष्य राखिएको छ।

आयोग सचिव सुरेशमान श्रेष्ठले भने ऊर्जा माग र आपूर्तिका विषयमा अहिले कुनै काम नभएको बताए। 'अहिले हामी १४औं योजना तयार गर्ने काममा लागेका छौं, ऊर्जा प्रक्षेपणमा काम गर्न भ्याइएको छैन,' उनले भने, 'अध्ययन सकिएको छैन, समय लाग्छ।'

प्राधिकरणले अहिलेसम्म पिपिए गरेका र विभागले उत्पादन अनुमतिपत्र जारी गरेका आयोजना निर्माण भए लक्षित ६ हजार ५ सय मेगावाट बिजुली उत्पादन हुने आयोग अधिकारीको दाबी छ। ऊर्जा माग र आपूर्ति प्रक्षेपणको काम तीव्ररुपमा भइरहेको जानकारी दिँदै समितिका सदस्य सचिव ढुंगेलले १५ दिनभित्र सबै काम सकिने बताए।

'बोर्डले नै आयोग उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरेर काम गर्ने जिम्मा दिएको हो, समितिले प्रतिवेदन बोर्डमै पेश गर्नेछ,' उनले सोमबार नागरिकसँग भने, 'बोर्डले सञ्चालक समितिबाट स्वीकृत गरेर सरकारलाई जानकारी गराउँछ।' अहिलेसम्म ऊर्जा माग–आपूर्तिको तथ्यपरक प्रक्षेपण नभएकाले यसले मुलुकमा बढ्दै गएको बिजुलीको माग र आपूर्तिका सम्भवना उजागर गर्ने उनले बताए।

सरकारले हालै ऊर्जा संकट निवारण तथा विद्युत विकास दसक घोषणा गरेर १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको छ। आयोगको प्रक्षेपण र संकटकालले निर्धारण गरेको लक्ष्यमा समानता नभए पनि विद्युत विकासको गतिमा तीव्रता आउने ऊर्जा मन्त्रालयका अधिकारीको भनाइ छ।

संयुक्त राष्ट्र संघले अवलम्बन गरेको दिगो विकास लक्ष्यले पनि सन् २०३० सम्म सबैमा ऊर्जाको पहुँच पुर्यातउने रणनीति लिएको छ। नेपालमा यसको नेतृत्व आयोग गरिरहेको छ। उक्त लक्ष्यले समेत सन् २०३० सम्म १० हजार मेगावाट बिजुली चाहिने अनुमान गरेको छ।
अर्को समाचार
ऊर्जा विकास मार्गचित्र: २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य ६२ खर्ब लगानी आवश्यक
१८ पौष २०८१
•
६ मिनेट पाठ
ऊर्जा विकास मार्गचित्र: २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य ६२ खर्ब लगानी आवश्यक
जलस्रोतको अधिकतम उपयोग गर्ने नीति लिएको सरकारले अबको एक दशकमा करिब साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने मार्गचित्र स्वीकृत गरेको छ। स्वदेशमा उपभोगसहित विदेशमा समेत विद्युत् निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्यसहित सरकारले ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ पास गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। सरकारी लक्ष्यअनुसार विद्युत् उत्पादनका लागि करिब सवा ६२ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने छ।

सन् २०३५ सम्ममा मुलुकको विद्युत् क्षमता २८ हजार पाँच सय मेगावाट पु¥याउने मार्गचित्र मन्त्रिपरिषद्बाट पास भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए। ‘हालसम्म करिब तीन हजार चार सय मेगावाट हाराहारीमा मात्र विद्युत् उत्पादन भएको छ,’ मन्त्री खड्काले भने, ‘अब मार्गचित्रअनुसार जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सवस्टेसन निर्माणका काम धमाधम अघि बढ्छन्।’

नेपाल विद्युत् प्राधिकरण, निजी क्षेत्र र विदेशी लगानीमा विद्युत् आयोजना निर्माण अघि बढिरहेको अवस्थामा जनताको सहभागिता पनि बढाउने नीति सरकारले लिएको छ। सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६.५ अर्ब अमेरिकी डलर (६२ खर्ब ३१ अर्ब नेपाली रुपैयाँ) बराबरको लगानी गर्ने लक्ष्य मार्गचित्रको छ।

मन्त्रिपरिषद्बाट मार्गचित्र स्वीकृत कार्यविधि पास भएसँगै रोकिएका आयोजना धमाधम अगाडि बढाउन बाटो खुलेको मन्त्री खड्काले बताए। नेपालमा विद्युत् उत्पादनको प्रचुर सम्भावना छ।

स्वदेशमा खपतमात्र नभएर भारत र बाङ्लादेशतर्फ विद्युत् निर्यात सुरु भएकाले लगानीबाट प्रतिफल प्राप्त गर्ने निश्चित छ। स्वदेशी तथा विदेशी लगानीकर्तालाई सहज वातावरण तयार गर्न मार्गचित्रले सघाउ पुग्ने मन्त्री खड्काले बताए। ‘अब ठुला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडल खुला भएको छ,’ खड्काले भने, स्वदेशीसहित विदेशी लगानीकर्तालाई लगानी गर्ने बाटो खुला भएको छ।’

उत्पादन भएको विद्युत् स्वदेशमा मात्र नभएर विदेशमा पनि निर्यात हुनेछ। आगामी १० वर्षमा छिमेकी मुलुक भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौतासमेत भइसकेको छ। भारतसहित बाङ्लादेशलगायत अन्य छिमेकी देशहरूमा सन् २०३५ सम्म पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना मार्गचित्रमा उल्लेख छ।

मार्गचित्रले सरकारले बनाउने आयोजनालगायत आन्तरिक तथा बाह्य लगानी र सबै प्रकारका जलविद्युत्लाई अघि बढाउन मार्गप्रशस्त गरेको छ। जुन मोडलमा लगानीकर्ता आउन चाहन्छन् राज्यलाई अधिकतम फाइदा हुने गरी प्रक्रिया बढाउन अब बाटो खुला गरेको छ।

आगामी दिनमा जलाशययुक्त आयोजनाहरूलाई प्राथमिकता साथ अगाडि बढाउने र निजी क्षेत्रलाई पनि सोहीअनुसार लगानी गर्न प्रोत्साहन गराउने गरी सरकारले नीति लिएको छ। ऊर्जा क्षेत्रमा हुने लगानीमा सरकारी, निजी क्षेत्र एवं आम सर्वसाधारणको समेत हिस्सा रहनेछ। त्यसैगरी, वैदेशिक लगानीका अतिरिक्त गैरआवासीय नेपाली र वैदेशिक रोजगारीमा रहेका नेपालीको पुँजीलाई पनि महत्त्व दिएर लगानीको वातावरण बनाउने सरकारले जनाएको छ।

मुलुकमा पछिल्ला वर्षहरूमा ऊर्जाको खपत बढ्नुका साथै आन्तरिक उत्पादनमा भएको बढोत्तरीले छिमेकी मुलुक भारतमा विद्युत् निर्यात हुँदै आएको ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले बताए। ‘वर्षायाममा आन्तरिक मागभन्दा विद्युत् उत्पादन बढी हुने भएकाले निर्यात हुने गरेको छ,’ आचार्यले भने, ‘भारतसँगको विद्युत् व्यापारघाटा कम भएको छ।’

चालु आव २०८१/८२ को पहिलो पाँच महिनामा १३ अर्ब चार करोड रूपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणले चालु आवको साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ।

चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रूपैयाँ ३९ पैसा छ। गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रूपैयाँको विद्युत् आयात गरिएको थियो। यही अवधिमा १७ अर्ब ६ करोड रूपैयाँको विद्युत् निर्यात गरिएको थियो। गत आवमा आयातभन्दा १३ करोड रूपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो।

भारत मात्र नभएर बाङ्लादेश पनि विद्युत् निर्यात सुरु भएको छ। नेपालबाट भारतको मुजफ्फरपुर हुँदै बाङ्लादेश विद्युत् निर्यात सुरु भएको छ। वार्षिक १४ करोड ४० लाख युनिट विद्युत् बाङ्लादेश निर्यात गर्ने लक्ष्य छ।

भारत, बाङ्लादेश र चीनलगायत छिमेकी मुलुकसँग विद्युत् व्यापारको बलियो सम्भावना रहेको छ। राष्ट्रिय अर्थतन्त्रमा विद्युत्ले महत्त्वपूर्ण योगदान पुर्‍याउँछ। ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजनामा ऊर्जा उत्पादन, ऊर्जा माग व्यवस्थापन, लगानी व्यवस्थापन, नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था र विद्युत् व्यापारसम्बन्धी व्यवस्था मार्गचित्रमा उल्लेख छ।

सरकारले विद्युत् आयोजना निर्माणमा मात्र नभएर प्रसारण लाइन निर्माणमा पनि यसै वर्षदेखि पहिलो पटक निजी क्षेत्र प्रवेश गराएको छ। सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमामार्फत विद्युत् प्रसारण लाइन निर्माण गर्न लागेको हो। नेपाल विद्युत् प्राधिकरणले मात्र प्रसारण लाइन निर्माण गर्दै आएकोमा निजी क्षेत्रसँग सहकार्य गरेर लाइन निर्माण गर्ने नीतिगत व्यवस्था गरेपछि निजी क्षेत्रका कम्पनीले पनि प्रसारण लाइन निर्माण गर्न अघि बढेका छन्।

सरकारले २०३० मा १३ हजार मेगावाट र ३०३५ मा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत नीति लिएको छ। प्रशारण लाइन निर्माण गर्न सन् २०३० सम्ममा ६ खर्ब रूपैयाँ, २०३५ सम्ममा सात खर्ब रूपैयाँ र २०४० सम्ममा ९.१ खर्ब रूपैयाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको छ।

विद्युत् उपत्पादन वृद्धिसँगै नेपाल विद्युत् प्राधिकरण पनि सबल हुँदै गएको छ। प्राधिकरणले विद्युत् बिक्री गरेर आव २०८०/८१ मा १ खर्ब १६ अर्ब रूपैयाँ आम्दानी गरेको थियो। प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ७१ करोड पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रूपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण त्यसयता भने निरन्तर नाफामा छ। यसले प्राधिकरणको वित्तीय अवस्था सुदृढ हुँदै गएको देखाउँछ।

प्राधिकरणले पूर्वाधारण निर्माणलाई पनि बढाउँदै लगेको छ। प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत् आयोजनाहरू गरी कुल जडित क्षमता तीन हजार १५७ मेगावाट पुगेको छ। विगत तीन वर्षमा मात्र १७ सय ६ मेगावाट प्रणालीमा थप भएको छ। प्राधिकरणका अनुसार जडित क्षमतामा सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात् २९ सय ९१ मेगावाट योगदान जलविद्युत्कै रहेको छ।

त्यसैगरी, थर्मल ऊर्जा ५३ मेगावाट, सौर्य ऊर्जा १०७ मेगावाट र बायोमास ऊर्जा ६ मेगावाट रहेको कार्यकारी निर्देशक घिसिङले बताए। विद्युत् वितरणतर्फका वितरण सबस्टेसनहरू १९७ वटा छन्। त्यसैगरी, सबस्टेसन अहिले दुई हजार पाँच सय एमभिए पुगेको छ। यसैगरी वितरण लाइनतर्फ दुई लाख आठ हजार सर्किट किलोमिटर पुगेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस