काठमाडौं–धरहरालाई संरक्षण गरेर राख्ने जिम्मा पाएको साइडवाकर्स ट्रेडर्स प्रालिले धरहरा भत्किएको ११ महिना वितिसक्दा पनि त्यस क्षेत्रलाई कमाई खाने अखडा बानाइरहेको छ। कम्पनीले धरहरा क्षेत्रमा मम पसल, करिब एक दर्जन कपडा पलालाई भाडामा दिएर मासिक लाखौं आम्दानी खाइरहेको छ।

जसलाई धरहराको संरक्षण गर्नु भनेर काठमाडौं महानगरपालिकाले जिम्मा दियो उसले धरहरा ढल्दासमेत व्यापारिक लाभ लिइरहेको छ। बिगत ११ वर्षदेखि कम्पनीले कपडा पसल र मम पसल खोलेर व्यापारिकरण गरिरहेपनि अधिकार भने सम्झौताले दिएको छैन। त्यसमाथि भूकम्पले धरहरा ढालेको यत्रो महिना भयो तर पनि उसले आफ्नो व्यवसाय चलाइराखेको छ।

महानगरपालिकाका कर्मचारीको मिलेमतोमा साइडवाकर्सले अहिलेसम्म केही कारवाही भोग्न परेको छैन्। ५ रोपनी २ आना क्षेत्रफल रहेको सुन्धारा–धरहरा क्षेत्र सर्वसाधारणको प्रयोगका लागि नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको सालिकसहितको पार्क तथा व्यवस्थित उद्यान, स्मारिका पसल, फलफूल पसल, सञ्चार क्षेत्र तथा सर्वसाधारणले प्रयोग गर्न सक्ने सार्वजनिक शौचालयसहितको चमेनागृह दोस्रो पक्ष( साइडवाकर्स) ले खोल्न र चलाउने पाउने उल्लेख छ । तर उसले आफूखुसी गर्दै लग्यो।

सम्झौतामा कुनै कारणबस भत्किए वा बिग्रिए पुननिर्माणको दायित्व साइडवाकर्सकै रहेको उल्लेख भएपनि अहिलेसम्म बनाउँने टुंगो छैन । २०६१ वैशाख ३१ गते महानगरपालिकसँगको सम्झौताले नै उसलाई धरहरा बनाउँने कानुनी दायित्व थुपारेको थियो।

तर नियामक निकाय महानगरपालिका अहिले कानूनी आधार खोजेर मात्र बसिरहेको छ। यो भन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ४ गते जनताको पैसाले धरहरा बनाउने घोषणा गरेपछि भने स्थानीय पनि रिसाएका छन्।

बिना प्रतिस्पर्धा र महानगरपालिका परिषदको स्वीकृति बेगर तत्कालीन मेयर केशव स्थापितले साइडवाकर्सलाई दिएको जिम्मा बिरुद्ध लागेका स्थानीय प्रधानमन्त्रीको घोषणा पछि झ्न दंग छन्। 'केही कारणले भत्किएमा बनाउँने जिम्मा त साइडवाकर्सको हो,' स्थानीय चिनकाजी महर्जन भन्छन्, 'तर प्रधानमन्त्रीज्यूले स्थानीयसँग कुरै नगरी एकोहोरो पाराले कुरा गरिदिनुभो।'
त्यसैले साइडवाकर्सलाई कुनै कारवाही नगरी पुननिर्माणको काम हुन नदिने स्थानीयको भनाइ छ । 'जसले अहिलेसम्म धरहरा–सुन्धारालाई कमाइ खाने भाँडो बनायो उसैलाई फाइदा हुनेगरि सरकारले कसरी धरहरा निर्माण गर्ने ?', उनले प्रश्न गरे ।

भूकम्पको बेला धरहराको कारणले ६० जनाभन्दा बढीको ज्यान गएको स्थाानीयको भनाइ छ । तर अहिलेसम्म सरकारले यसबारेमा छानविन नगर्दा साइडवाकर्स पनि जोगिएको उनले आरोप लगाए। त्यसमाथि सरकारको निर्णयले त झन्ै साइडवाकर्सलाई दोहोरो फाइदा पुग्न लागेको पनि उनले आरोप लगाए ।
२०६१ वैशाख ३१ देखि सम्झौता अवधिभर (२० वर्ष) धरहराको रङरोगन, सुरक्षा र कुनै कारणवश भत्किए सोको पुनर्निर्माण जिम्मा कम्पनीको हुने कानुनी आधार हुदा हुदै पनि सरकारले कुनै निणर्य बेगर जनताको पैसाले धरहरा निर्माणको तयारी गरिरहेको छ ।

२ सय ५० फिट अग्लो धरहरा १९९० को भूकम्पले ढलेपछि तत्कालीन सरकारले २ सय ३ फिट अग्लो धरहरा निर्माण गरेको थियो। सम्झौताअनुसार सुन्धारा क्षेत्रको पुनर्निर्माण, सुन्धाराबाट पानी ल्याई सो क्षेत्रको विकासको जिम्मेवारीसमेत साइडवाकर्सकै हो । तर, उसले यो ११ वर्षको बीचमा केवल धरहरा क्षेत्रको मात्रै दोहन गरिरह्यो । सुन्धारा क्षेत्र उस्तै बिरुपै रह्यो ।
वाकर्सले सम्झौता पालना नगरे पनि महानगरपालिकाका अधिकारी मौन रहे । पुराताTवक क्षेत्रको पूर्ण व्यापारीकरण हुँदासमेत महानगरले हस्तक्षेप त के सम्झौताअनुसार आफूले पाउनुपर्ने रकमसमेत समयमै उठाउन सकेनन् ।

महानगरका अधिकारी मौन रहे पनि स्थानीय पुरातत्विक सम्पदाको चरम व्यापारीकरणको विपक्षमा उभिई रहे । महानगरले विवादित साइडवाकर्सलाई पहिलो सम्झौता पालना गराउनुको साटो २०६९ चैत ५ मा पुरक सम्झौता गर्दैै थप अधिकार दिएपछि स्थानीय आन्दोलित भए । महानगरले उसलाई हनुमानढोका दरबार क्षेत्र घुम्न आएका पर्यटकलाई धरहरा घुमेकोसमेत शुल्क उठाउने अधिकार दिएपछि धरहरा, वसन्तपुर र न्युरोडका स्थानीय १० महिनासम्म आन्दोलित भए । स्थानीयको आन्दोलनसँगै यो मुद्दा सर्वोच्च पुगेपछि अदालतले पुरक सम्झौता खारेज गरिदियो ।

सबै तस्बिर प्रबीण काेइराला