काठमाडाैं-नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत निर्वाचन मत गणना जारी छ। बुधबारदेखि सुरू केन्द्रीय सदस्यको मत गणनाले शनिबार एकैदिनमा २१ जना केन्द्रीय सदस्यका विजेताको टुंगो लगाएको छ। मत गणना प्रकृयामा भएको सुस्तता चिर्दै शनिबार बेलुका अारक्षण तर्फका विजयी उम्मेदवार घोषणा भएका छन्। आरक्षण कोटा अन्तर्गत महिला, जनजाति, दलित र मधेसी तर्फका विजयी उम्मेदवारको घोषणा गरिएको छ।महिला अारक्षणतर्फ डिला संग्राैला, पुष्पा भुषाल, कमला पन्त, इश्वरि न्यौपाने, सरिता प्रसाईं र अ्म्बिका बस्नेत विजयी भएका छन्।
आदिवासी जनजाती अारक्षण तर्फको पुरूष कोटामा चिनकाजी श्रेष्ठ, बहादुर लामा, कल्याण गुरुङ विजयी भएका छन्। महिला तर्फ सीता गुरुङ र रत्ना शेरचन विजयी भए।
दलित अारक्षण तर्फको सिटमा पुरूष तर्फ जीवन परियार, मान बहादुर विश्वकर्मा, मीन विश्वकर्मा विजयी भएका छन्। महिला तर्फ सुजाता परियार र लक्ष्मी परियार विजयी भएका छन्।
मधेसी पुरूष तर्फ अजय चौरसिया, महेन्द्र यादब, राम कृष्ण यादव विजयी भएका छन्। त्यस्तै मधेसी महिला तर्फ किरण यादब र पार्बता डि सि चौधरी विजयी भएका छन्।
मुस्लिम तर्फको एक सिटमा फरमुल्ला मन्सुर यसअघिनै विजयी भएका थिए। यो सँगै समावेसी अारक्षण तर्फ २२ जना केन्द्रीय सदस्य विजयी भएका छन्।
खुल्ला केन्द्रीय सदस्य तर्फ लगातार चार दिनदेखि मत गणना जारी छ। २५ पदका लागि ९० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। उम्मेदवार संख्या ठूलो, ठूलो मत पत्र र गणनास्थलमा धेरै प्रतिनिधि संख्याकाकारण खुल्ला केन्द्रीय सदस्य तर्फको मत गणना निकै पट्यारलाग्दो बनेको निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेको तर्क छ। उनले बढीमा चैत २ गते सबै परिणाम अाउने बताए।
खुल्ला तर्फका केन्द्रीय सदस्यको शनिबार रातिको पछिल्लो अपडेट अनुसार अनुसार पहिलो, दोस्रो र तेस्रोमा क्रमशः खुमबहादुर खड्का, शेखर कोइराला र प्रकाशमान सिंह छन्।
मत गणनाको निरन्तर अपडेट थाहा पाउन नागरिकन्युज हेर्दै रहनुहोला।