ठगेर फरार थिए ल्हारक्याल
०२ चैत्र २०७२
•
७ मिनेट पाठ
ठगेर फरार थिए ल्हारक्याल
काठमाडौं-बैंकको लकरमा अवैध भेटिएपछि प्रहरी हिरासतमा रहेका एकीकृत माओवादी निलम्बित सांसद ल्हारक्याल लामा वैदेशिक रोजगार ठगीका 'फरार' आरोपीसमेत हुन्।




मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि विभागले लामालाई पक्राउ गरी बुझाउन प्रहरीलाई दुई वर्षअघि नै पत्र पठाएको थियो ।

अपरच्युनिटी म्यानपावर सर्भिसेजका अध्यक्ष केशबहादुर गुरुङले उनीसहित फुर्बा लामा र छिरिङडोल्मा लामाविरुद्ध २०७० भदौमा ठगीको उजुरी दिएपछि विभागले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई भदौ ५ मा यी तीन जनालाई प्रहरी सुरक्षासाथ विभागमा पठाउन पत्र पठाए पनि कार्यान्वयन भएको थिएन ।

गुरुङले निवेदनमा 'ल्हारक्यालकी भान्जी भन्ने खिनाले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको ३ सय २० जनाको कोटा ल्याइदिने भन्दै पटकपटक गरी २ करोड १९ लाख रुपैयाँ ठगी गरेको' दाबी गरेका छन् । कोटा ल्याएबापत कमिसनस्वरुप उनीहरुले सो रकम लिएर आफूलाई ठगेको उनको निवेदनमा छ ।

मकाउबाट कामदारको मागपत्र ल्याएर सोहीअनुसार कामदार छनोटका लागि अन्तर्वार्ता लिएर भिसाका लागि भन्दै आफूसँग पटकपटक उक्त रकम लिई ठगी गरेको गुरुङको दाबी छ ।

खिनाले भिसा लगाइदिने र सोको कमिसनबापत खिनाले बुझेको रकम, भिसा दिलाइदिएबापत कमिसनबाट कटाउने गरी ग्लोबल बैंक, ज्ञानेश्वर शाखामा रहेको घरजग्गा कर्जा तिरिदिएको चेक र खिनालाई वेस्टर्न युनियन मनी ट्रान्सफर हङकङबाट पठाएको रकमको विवरण जाहेरीसँगै प्रमाणका रुपमा पेस गरेका छन् गुरुङले । मकाउ जान रकम बुझाएका युवाले म्यानपावर कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा हालेपछि गुरुङ डिल्लीबजार कारागारमा छन् । उनले सो मुद्दामा आफूसमेत फसेको र ल्हारक्याल लगायतकाले फसाएको दाबी गर्दै दिएको निवेदनअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढे पनि उनी पक्राउ नै नपर्दा मुद्दा टुंगिएन ।

काठमाडौं परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले ल्हारक्यालको वैदेशिक रोजगार ठगी विषयमा जानकारी नभएको बताउँदै यसबारे ा जाँचपडताल गरी फरार भए सो प्रक्रियासमेत अगाडि बढाउने बताए ।

लामाले पोलिग्राफ जाँच्न मानेनन्

ल्हारक्यालले नेपाल इन्भेस्टमेन्ट बैंकको लकरमा फेला परेको १४ राउन्ड गोली भारतमा बस्ने एक परिचितले दिएको दाबी गरे पनि प्रहरीको पोलिग्राफ परीक्षण प्रस्ताव भने अस्वीकार गरे ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै दरबारमार्गको बैंकको लकर खोल्न गएका लामाको लकरबाट पेस्तोलमा लाग्ने गोली फेला परेपछि आयोगले उनलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको थियो ।

पेस्तोलको खोजीमा सोमबार बूढानीलकण्ठमा रहेको उनको घरको तलासीमा महानगरीय प्रहरी परिसरको प्रहरी उपलब्धिविहीन भएपछि मंगलबार उनलाई पोलिग्राफ परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग पु¥याइएको थियो ।

लामाको पोलिग्राफ परीक्षणको सबै तयारी सकिए पनि पोलिग्राफ परीक्षण निर्देशिकाअनुसार प्रहरीले अनुमति माग्दा उनले स्वीकार गरेनन् । निर्देशिकाअनुसार अभियुक्तको लिखित स्वीकृतिबिना पोलिग्राफ परीक्षण गर्न पाइँदैन ।

गोलीसम्बन्धी घटना अनुसन्धान गरिरहेका काठमाडौंका एसपी प्रद्युम्न कार्कीका अनुसार उनले प्रारम्भिक बयानमा भारत बस्ने एक मित्रले दिएको सामान आफूले बैंकको लकरमा लगेर राखेको दाबी गरेका थिए । 'उनको दाबीपछि गोलीका विषयमा प्राविधिक अनुसन्धानका लागि पोलिग्राफ परीक्षण प्रस्ताव ग¥यौं,' कार्कीले नागरिकसँग भने, 'उनले शारीरिक रुपमा अस्वस्थ छु भन्दै अस्वीकार गरेकाले परीक्षण सम्भव भएन ।'

अभियुक्तले बयानमा सत्य बोलेको हो या झुठो, वैज्ञानिक पद्धतिबाट पहिल्याउन आपराधिक अनुसन्धानमा विश्वव्यापी मान्यता पाएको पोलिग्राफ परीक्षण प्रहरीले दुई वर्षअगाडि नेपाल भिœयाएको हो । मुख्य प्रमाण नमाने पनि अदालतले यसलाई सहायक प्रमाणका रुपमा स्विकार्ने गरेको छ ।

पोलिग्राफ परीक्षण अस्वीकार गर्ने अभियुक्तविरुद्ध अदालतले त्यसलाई समेत अपराधमा संलग्नताको सहायक प्रमाणका रुपमा लिने गरेको छ । यसअगाडि कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्तले समेत प्रहरीको पोलिग्राफ परीक्षणको प्रस्ताव अस्वीकार गरेपछि जिल्ला अदालत, चितवनले त्यसलाई घटनामा संलग्नताको सहायक प्रमाणका रुपमा लिएको थियो।

दोस्रो लकर रित्तो

अख्तियारले मंगलबार ल्हारक्यालको स्ट्यान्डर्ड चार्टर्ड बैंक लाजिम्पाटमा रहेको लकरसमेत जाँच गरेको थियो । अख्तियार टोलीले ल्हारक्यालसहित प्रहरी र बैंकको प्रतिनिधि राखेर लकर खोलेको थियो । सो लकर उनले २०१४ जुलाईमा खोलेका थिए । १५ सी नम्बरको उक्त लकरमा भने केही फेला परेन ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस