काठमाडाैं-रसुवाको लाङटाङबाट धुन्चेकालागि उड्न लाग्दा फिस्टेल एयरको हेलिकप्टर सामान्य दुर्घटनामा परेको छ। जमिन छाडेर उड्नै लाग्दा हेलिकप्टर असन्तुलित भएर जमिनमै पल्टेको फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले जानकारी दिए।सो हेलिकप्टर धुन्चेबाट राहात सामाग्री लिएर लाङटाङ गएको थियो।

लाङटाङमा सामाग्री छाडेर फर्किने क्रममा दुर्घटना भएको हो। कल साइन ९ एन ए जे अाइ भएको उक्त हेलिकप्टरमा स्विडिस क्याप्टेन निकोलस एक्लै थिए। उनी सामान्य घाइते भएका छन्।

लाङटाङमा सामाग्री छाडेर फर्किने क्रममा दुर्घटना भएको हो। कल साइन ९ एन ए जे अाइ भएको उक्त हेलिकप्टरमा स्विडिस क्याप्टेन निकोलस एक्लै थिए। उनी सामान्य घाइते भएका छन्।