काठमाडाैं- टेलिफोन मार्फत ‘बम थ्रेट’ अाएपछि दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा रोकिएको नेपाल एयरलाइन्सको जहाजको उडान अाजका लागि स्थगित गरिएको छ। दिउसो १२ः४० मा काठमाडाैंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्ने ‘सेड्युल’मा रहेको जहाज दिल्लीबाट उड्नैलाग्दा बम रहेको सूचना पाएपछि रोकिएको थियो।नेपाल एयरलाइन्सको फ्लाइट नम्बर २०६ को उक्त जहाजका सबै यात्रु झारेर उड्यन अधिकारी र सुरक्षाकर्मीले जहाजमा खोजतलास गरेका थिए। बम वा सुरक्षा खताराका कुनै वस्तु नभेटिएको बताइएपछि उड्ने तयारी रहेको भनिए पनि अन्ततः उडान स्थगित गरिएको र अाफूहरूलाई होटलतर्फ लगिएको जहाजका यात्रु मध्येका एक रूपेश रावलले बताए। ‘हामीलाई भोली बिहान ७ बजे उड्ने बताइएको छ।’ रवलले भने।
‘पहिले चारबजे उड्ने सूचना अायो, पछि पाँच बजे उड्छ भन्ने खबर अायो’, त्रिभुवन विमानस्थलस्थित नेपाल एयरलाइन्सको कार्यालयका एक अधिकारीले नागरिकन्युजसँग भने ‘अहिलेसम्म जहाज उड्न सकेको छैन, सुरक्षा खतरा नभएको खबर त अायो तर जहाज किन उड्न सकेको छैन त्यो स्पष्ट खुलाएका छैनन्।’ उनले अाधिकारिक उडान स्थगितको सूचना नअाएको बताए।
मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव र महन्थ ठाकुर पनि सोहि जहाजमा छन्। दिउसो १२ः४० बजे अोर्लने समयमा विमानस्थल अाफ्ना नेता लिन पुगेका महन्थ ठाकुर नेतृत्वको तराइ-मधेस लोकतान्त्रीक पार्टीसम्बद्ध विद्यार्थी फ्रन्टका केन्द्रीय महासचिव मनिष कुमार मिश्रले पटक-पटक उडान ढिलो भएको खबर पाएको बताए।