काठमाडौं- सरकारी नियम लत्याउँदै आयल निगमका इन्धन बोक्ने ट्यांकरले क्यालिब्रेसन इन्धन ओसारिरहेको पाइएको छ। ट्यांकरले बोक्ने इन्धनको परिमाण ठिक भए, नभएको परीक्षण गर्न हरेक वर्ष क्यालिब्रेसन गर्नुपर्ने भए पनि उक्त नियम पालना नगरी ढुवानी भइरहेको छ।बर्सेनि गर्नुपर्ने क्यालिब्रेसन दुई वर्षमा ४१ ट्यांकरले मात्र गरेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ। हाल नेपाल आयल निगमको इन्धन बोक्ने १५ सयभन्दा धेरै ट्यांकर छन्। 'दुई वर्षमा ४१ ट्यांकरले क्यालिब्रेसन गरेको हाम्रोमा अभिलेख छ,' विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, 'नियमअनुसार सबैले गर्नुपर्छ।'
आयल निगमले भने सार्वजनिक विज्ञप्ति जारी गर्दै सबै ट्यांकरको क्यालिब्रेसन गरेको दाबी गरेको छ। निगमले विज्ञप्तिमा भनेको छ, 'निगमका बिक्रेताले निजी ट्यांकरमार्फत तेल लोड गरी लैजाँदा नेपाल सरकार, नेपाल गुणस्तर तथा नापतौल विभागले मापन गरी प्रमाणपत्र दिएको क्यालिब्रेसन चार्टबमोजिम तेल भरेर सम्बन्धित बिक्रेताको प्रतिनिधिले चेकजाँच गरी, हेरी, बुझी लिएर जाने गरेका छन्।'
निगमले सबै ट्यांकर क्यालिब्रेसन गरेको भने पनि विभागको अभिलेख अनुसार दुई वर्षको अवधिमा काठमाडौंबाट २०, अमलेखगन्जबाट ६ र बुटबलको क्यालिब्रेसन पु्रविङ टावरबाट १५ वटा ट्यांकरले मात्र नापतौल जँचाएका छन्। बाँकी सबैले सरकारी नियम लत्याएका छन्। क्यालिब्रेसन नगरी सञ्चालन भएका ट्यांकरले सही मात्रामा इन्धन उपलब्ध गराए, नगराएको यकिन हुँदैन।
केही दिनअघि नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले आयल निगमबाट डिलरले खरिद गरेको प्रति १२ हजार लिटर (एक ट्यांकर) पेट्रोलियममा दुई सय लिटर कम हुने गरेको लिखित पत्र आपूर्ति मन्त्रालय र आयल निगममा पेस गरेको छ। क्यालिब्रेसन नहुँदा हरेक सबै ट्यांकरले उपलब्ध गराउने तेलको मात्रा सही छ, छैनमा शंका छ।
क्यालिब्रेसन भनेको व्यावसायिक रुपमा प्रयोग गर्ने नापतौल (मेजरमेन्ट) ठिक अवस्थामा छ, छैन भनेर राज्यको मानक नापतौलसँग दाँजेर परीक्षण गर्ने प्रक्रिया हो। व्यावसायिक रुपमा प्रयोग हुने जुनसुकै नापतौललाई हरेक वर्ष नेपाल गुणस्तर तथा नापतौल विभागअर्न्तगत रहेको प्रुविङ टावरबाट क्यालिब्रेसन गर्नुपर्ने नियम छ। 'स्ट्यान्डर्ड नापतौल ऐन २०२५ अनुसार व्यावसायिक रुपमा सञ्चालन भएका सबै नापतौललाई क्यालिब्रेसन गर्नुपर्छ,' महानिर्देशक पुडासैनीले भने, 'क्यालिब्रेसन नगर्ने व्यवसायी कारबाहीमा पर्छन्।'
निगम प्रवक्ता मुकुन्द घिमिरेले भने सबै ट्यांकरको क्यालिब्रेसन भएको बताए। 'अहिलेको समस्या क्यालिब्रेसनमा होइन,' घिमिरेले भने, 'नेपाल सरकारले गरेको क्यालिब्रेसन भारतले नमान्ने भएकाले भारतकै क्यालिब्रेसनबाट सबै ट्यांकर सञ्चालन भइरहेका छन्।' उनका अनुसार भारतको क्यालिब्रेसनमा समस्या रहेको भन्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भनाइ छ। भारतकै क्यालिब्रेसनबाट सबै ट्यांकर सञ्चालन भइरहेको उनले बताए।
आयल निगम अर्न्तगत सञ्चालन हुने १५ सयभन्दा धेरै ट्यांकरको क्यालिब्रेसन गर्ने जिम्मा निगमकै हो। निगमले भारतको आयल निगमबाट तेल किनेर ट्यांकरमार्फत पेट्रोल पम्पलाई बेच्ने गरेको छ। नियमअनुसार नाफा कमाउन सञ्चालित ट्यांकरको क्यालिब्रेसन निगमले गर्नुपर्छ। 'हामीले धेरैपटक क्यालिब्रेसन गर्न अनुरोध गरिसकेका छौं,' पुडासैनीले भने, 'सरकारी निकाय भएकाले निगमले नै यो नियम पूरा गर्नुपर्छ।' उपभोक्तालाई आफ्नो सेवा सुविधा गणस्तरीय र सही मापनमा छ भनेर विश्वास बढाउन हरेक व्यवसायीले क्यालिब्रेसन गर्ने गर्छन्।
नाफामुखी व्यवसाय सञ्चालन गर्नेलाई क्यालिब्रेसन अनिवार्य हो भने गैरनाफामुखी सेवा गर्नेले पनि विश्वास बढाउन यो नियम पालना गर्छन्। विभागले क्यालिब्रेसन गर्ने पु्रविङ टावर देशका चार ठाउँमा राखेको छ। काठमाडौंको थानकोट र ऐयरपोर्ट, अमलेखगन्ज र बुटबलमा क्यालिब्रेसन गर्ने पु्रविङ टावर राखिएको छ।
आयल निगम र डिलरबीच मासिक नौ करोड लिटर डिजेल र अढाइ करोड लिटर पेट्रोल गरी करिब ११ करोड ५० लिटर इन्धन किनबेच हुन्छ। कागजमा यही परिमाण उल्लेख भए पनि निगमले मासिक १९ लाख १६ हजार ६ सय लिटर कम पेट्रोल/डिजेल दिने गरेको एसोसिएसनको दाबी छ। यसअनुसार पम्प व्यवसायीले निगमबाट प्रतिट्यांकर दुई सय लिटर कम तेल पाउँछन्। यसको अर्थ पम्पवालाले १२ हजार लिटरकै रकम भुक्तानी गरे पनि निगमले ११ हजार आठ सय लिटरमात्र तेल खन्याइदिन्छ।
निगमबाटै कम तेल आएको दाबी गर्ने व्यवसायीले उल्लिखित परिमाण पेट्रोलियम पदार्थबापत वार्षिक एक अर्ब ८४ करोड ४४ लाख रुपैयाँ आयल निगमलाई बुझाउँछन्। उक्त रकम व्यवसायीले खल्तीबाट नभई उपभोक्ताबाटै असुलिरहेका हुन्छन्।