विश्वका उत्कृष्ट २५ गन्तव्यमा काठमाडौं
०९ चैत्र २०७२
•
९ मिनेट पाठ
विश्वका उत्कृष्ट २५ गन्तव्यमा काठमाडौं
काठमाडौं-विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीबाट 'पीडित' मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ । संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको 'ट्रिप एडभाइजर' ले यो वर्ष (सन् २०१६) का लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ।




यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो । पहिलो स्थानमा भने बेलायतको लन्डन सहर परेको छ । दोस्रोमा टर्कीको इस्तानबुल सहर छ ।

काठमाडौंले अस्ट्रेलियाको सिड्नी र हंगेरीको बुडापेस्टलाई उत्कृष्ट गन्तव्यको सूचीमा पछाडि पारेको छ । ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटपछि संसारका उत्कृष्ट २५ गन्तव्य सूची सार्वजनिक गरेको हो । यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर उसले सूची सार्वजनिक गरेको हो ।

'ट्रिप एडभाइजरको उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं पर्नु हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो,' मुलुकका प्रमुख टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष रामकाजी कोनेले मंगलबार नागरिकसँग भने, 'यसबाट आगामी वर्ष मुलुकको पर्यटक आगमनमा आशालाग्दो प्रभाव देखिने निश्चित छ । हामीले आशा गर्नुपर्ने ठाउँ धेरै छन् । यसबाट हामी उत्साहित छौं ।'

ट्रिप एडभाइजरको सूचीमा पर्नु भनेको भूकम्प र नाकाबन्दीपछि पनि संसारभरका पर्यटकका लागि नेपाल सुरक्षित र घुम्नैपर्ने गन्तव्य रहेको पुष्टि भएको उनले बताए । ट्रिप एडभाइजरको उत्कृष्ट सूचीलाई सम्बद्ध सबैले 'क्यास' गर्नुपर्ने उनले बताए । मुलुकको अन्तर्राष्ट्रिय प्रचार–प्रसार र प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले यसमा बढी काम गर्नुपर्ने उनको भनाइ छ ।

'संसारका ठूला टुर तथा ट्राभल अपरेटरहरूले ट्रिप एडभाइजरको यो सूचीलाई आफ्ना 'ब्रोसर' (जानकारी पुस्तिका) मा राख्ने भएकाले यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्छ,' गण्डकी ट्राभल्सका अध्यक्षसमेत रहेका कोनेले भने, 'त्यहीअनुसार सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले हातेमालो गर्दै गए हाम्रो पर्यटन उद्योगले छलाङ मार्नेमा कुनै शंका छैन ।'

ट्रिप एडभाइजरको उत्कृष्ट सूची, बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण, पोखरामा हालै सम्पन्न सार्क विदेश मन्त्रीस्तरीय बैठक र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्झौताले समग्र पर्यटन उद्योगमा सकारात्मक सन्देश गएको उनले बताए ।

संसारभरका पर्यटकले एक पटक वा धेरै पटक घुमेर काठमाडौंसहित उत्कृष्ट २५ गन्तव्य छनोट गरेका हुन् । ट्रिप एडभाइजर वेबसाइटको सुझाव पछ्याउँदै संसारका लाखौं पर्यटकले आफ्ना भ्रमण गन्तव्य तय गर्ने गरेको कोनेको भनाइ छ ।

'काठमाडौं उत्कृष्टको सूचीमा पर्नुको प्रमुख कारण प्राकृतिकसँगै ऐतिहासिक, धार्मिक र सांस्कृतिक देन हो,' उनले भने, 'त्यसमाथि संसारका अन्य गन्तव्यको दाँजोमा काठमाडौं बस्न र खान सस्तो पनि छ । तर, सस्तोको अर्थ गुणस्तरीय छैन भन्ने होइन, गुणस्तरीय सेवामा पनि हामी कम छैनौं ।' नेपाल वायुसेवा निगमलाई पर्याप्त जहाज खरिद गरी अगाडि बढ्न सके पर्यटन उद्योगले ठूलो राहत पाउने उनले बताए ।

पर्यटन व्यवसायीहरूका अनुसार समूहमा भन्दा एक्लै घुम्न रुचाउने लाखौं पर्यटकले ट्रिप एडभाइजरलाई पछ्याउने गर्छन् । यो वेबसाइट यस्तो हो, जसले विश्व पर्यटन बजारलाई ठूलो प्रभाव पार्न सक्छ ।

'उत्कृष्टको सूचीमा परेको नेपालको राजधानी काठमाडौं ऐतिहासिक सम्पदा, प्राचिन मठमन्दिर तथा चित्त हर्ने गाउँहरूले घेरिएको उपत्यका हो,' ट्रिप एडभाइजरले काठमाडौंबारे आफ्नो उत्कृष्ट सूचीमा लेखेको छ, 'स्थानीयसँगको घुलमिल, विश्व सम्पदा सूचीमा रहेको दरबार स्क्वायर तथा पर्यटक र पदयात्रीले छुटाउनै नहुने ठमेल काठमाडौंका थप विशेषता हुन् ।'

सन् २०१६ मा संसारका विभिन्न गन्तव्य घुम्ने योजना बनाइरहेका पर्यटकलाई यो सूचीले महत्वपूर्ण सहयोग पुर्‍याउने ट्रिप एडभाइजरले जनाएको छ । ट्रिप एडभाइजरको यो सूचीको तेस्रो स्थानमा मोरक्कोको माराकेच, चौथो स्थानमा फ्रान्सको पेरिस, पाँचौमा कम्बोडियाको साएम रिप, छैठौंमा चेक गणतन्त्रको प्राग, सातौंमा इटालीको रोम, आठौं भियतनामको हनोई, नवौं अमेरिकाको न्युयोर्क, दसौं इन्डोनेसियाको उबुड, एघारौं स्पेनको बार्सिलोना र बाह्रौं स्थानमा पोर्चुगलको लिस्बन सहर परेका छन् ।

त्यसैगरी सूचीको तेह्रौं स्थानमा संयुक्त अरब इमिरेट्सको दुबई, चौधौं रुसको सेन्ट पिटर्सबर्ग, पन्ध्रौं थाइल्यान्डको बैंकक, सोह्रौं नेदरल्यान्डको आम्सटर्डम, सत्रौं अर्जेन्टिनाको ब्युनस आयर्स, अठारौं चीनको हङकङ, उन्नाइसौं मेक्सिकोको प्लेया डेल कार्मेन, बीसौं दक्षिण अफ्रिकाको केप टाउन सेन्ट्रल, एक्काइसौं जापानको टोकियो, बाइसौं पेरुको कुस्को, चौबीसौंमा अस्ट्रेलियाको सिड्नी र पच्चीसौं स्थानमा हंगेरीको बुडापेस्ट परेको छ ।

ट्रिप एडभाइजरले संसारकै सबैभन्दा ठूलो ट्राभल समुदाय बनाउन सफल भएको छ । हाल यसका ६ करोड सदस्य छन् । यसको वेबसाइट प्रतिमहिना २८ करोडजनाले हेर्ने गर्छन् । हालसम्म यसमा संसारका ३१ लाख (होटल, रेस्टुरेन्ट, विविधि आकर्षक गन्तव्य) का बारेमा १७ करोडवटा समीक्षा र विचार प्रकाशित भइसकेका छन् ।

सन् २००० मा अमेरिकामा स्थापना भएको ट्रिप एडभाइजर पब्लिक कम्पनी हो । यसले अमेरिका, एसिया, अफ्रिका, मध्यपूर्व, युरोप, एसिया प्रशान्त क्षेत्रलाई समेटेको छ । २ हजार ७ सय ९३ जनालाई रोजगारी दिएको यसले २०१४ मा १ अर्ब २४ करोड ६० लाख अमेरिकी डलर (१ खर्ब ३२ अर्ब ७ करोड ६० लाख रुपैयाँ) आम्दानी गरेको थियो ।
अर्को समाचार
विश्वका उत्कृष्ट २५ गन्तव्यमा काठमाडौं
११ चैत्र २०७१
•
८ मिनेट पाठ
विश्वका उत्कृष्ट २५ गन्तव्यमा काठमाडौं
काठमाडौं-मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट ‘टि्रप एडभाइजर' ले यो वर्षका लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं १९ नम्बरमा परेको छ। यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो। पहिलो स्थानमा भने मोरक्ककोको माराकेच सहर परेको छ। दोस्रोमा कम्बोडियाको साएम रिप सहर छ।काठमाडौंले ग्रिसको एथेन्स, हंगेरीको बुडापेस्ट, न्युजिल्यान्डको क्विन्सटाउन, चीनको हङकङ, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई र अस्ट्रेलियाको सिड्नीलाई सूचीमा पछाडि पारेको छ।
ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटपछि संसारका उत्कृष्ट २५ गन्तव्य सूची सार्वजनिक गरेको हो। यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर टि्रप एडभाइजरले सूची सार्वजनिक गरेको हो।
‘ट्रिप एडभाइजरको उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं पर्नु खुसीको कुरा हो र हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि पनि हो,' मुलुकका प्रमुख टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष रामकाजी कोनेले बुधबार नागरिकसँग भने, ‘यसबाट आगामी वर्ष मुलुकको पर्यटक आगमनमा आशालाग्दो प्रभाव देखिने निश्चित छ। हामीले आशा गर्नुपर्ने ठाउँ धेरै छन्। यसबाट हामी उत्साहित छौं।'
टि्रप एडभाइजरको उत्कृष्ट सूचीलाई सम्बद्ध सबैले ‘क्यास' गर्नुपर्ने उनले बताए। मुलुकको अन्तर्राष्ट्रिय प्रचार–प्रसार र प्रवर्द्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले यसमा बढी काम गर्नुपर्ने उनको भनाइ छ। बोर्डसँग निजी पर्यटन क्षेत्रको सहकार्य निरन्तर रहने उनले बताए।
‘संसारका ठूला टुर तथा ट्राभल अपरेटरहरूले टि्रप एडभाइजरको यो सूचीलाई आफ्ना ‘ब्रोसर' (जानकारी पुस्तिका) मा राख्ने भएकाले यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्छ,' गण्डकी ट्राभल्सका अध्यक्षसमेत रहेका कोनेले भने, ‘त्यहीअनुसार सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले हातेमालो गर्दै गए हाम्रो पर्यटन उद्योगले छलाङ मार्नेमा कुनै शंका छैन।'




संसारभरका पर्यटकले एक पटक वा धेरै पटक घुमेर काठमाडौंसहित उत्कृष्ट २५ उदीयमान गन्तव्य छनोट गरेका हुन्। टि्रप एडभाइजर वेबसाइटको सुझाव पछ्याउँदै संसारका लाखौं पर्यटकले आफ्ना भ्रमण गन्तव्य तय गर्ने गरेको कोनेको भनाइ छ।
 ‘काठमाडौं उत्कृष्टको सूचीमा पर्नुको प्रमुख कारण प्राकृतिकसँगै ऐतिहासिक, धार्मिक र सांस्कृतिक देन हो,' उनले भने, ‘त्यसमाथि संसारका अन्य गन्तव्यको दाँजोमा काठमाडौं बस्न र खान सस्तो पनि छ। तर, सस्तोको अर्थ गुणस्तरी य छैन भन्ने होइन, गुणस्तरीय सेवामा पनि हामी कम छैनौं।' नेपाल वायुसेवा निगमलाई पर्याप्त जहाज र पर्यटन बोर्डमा प्रमुख कार्यकारी नियुक्ति गरी अगाडि बढ्न सके पर्यटन उद्योगले ठूलो राहत पाउने उनको भनाइ छ।
पर्यटन व्यवसायीहरूका अनुसार समूहमा भन्दा एक्लै घुम्न रुचाउने लाखौं पर्यटकले टि्रप एडभाइजरलाई पछ्याउने गर्छन्। यो वेबसाइट यस्तो हो, जसले विश्व पर्यटन बजारलाई ठूलो प्रभाव पार्न सक्छ।
‘उत्कृष्टको सूचीमा परेको नेपालको राजधानी काठमाडौं ऐतिहासिक सम्पदा, प्राचिन मठमन्दिर तथा चित्तहर्ने गाउँहरूले घेरिएको उपत्यका हो,' टि्रप एडभाइजरले काठमाडौंबारे आफ्नो उत्कृष्टको सूचीमा लेखेको छ, ‘स्थानीयसँगको घुलमिल, विश्व सम्पदा सूचीमा रहेको दरबार स्क्वायर तथा पर्यटक र पदयात्रीले छुटाउनै नहुने ठमेल काठमाडौंका थप विशेषता हुन्।'
सन् २०१५ मा संसारका विभिन्न गन्तव्य घुम्ने योजना बनाइरहेका पर्यटकलाई यो सूचीले महत्वपूर्ण सहयोग पुर्या उने टि्रप एडभाइजरले जनाएको छ। टि्रप एडभाइजरको यो सूचीको तेस्रो स्थानमा टर्कीको इस्तानबुल, चौथो स्थानमा भियतनामको हनोइ, पाँचौमा चेक गणतन्त्रको प्राग, छैठौंमा बेलायतको लन्डन, सातौंमा इटालीको रोम, आठौं अर्जेन्टिनाको ब्युनस आयर्स, नवौं फ्रान्सको पेरिस, दसौं दक्षिण अफ्रिकाको केप टाउन सेन्ट्रल, एघारौं अमेरिकाको न्युयोक र बाह्रौं स्थानमा स्वीट्जरल्यान्डको जर्माट सहर परेका छन्।
त्यसैगरी सूचीको तेह्रौं स्थानमा स्पेनको बार्सिलोना, चौधौं टर्कीको गोरेमी, पन्ध्रौं इन्डोनेसियाको उबुड, सोह्रौं पेरुको कुस्को, सत्रौं रुसको सेन्ट पिटर्सबर्ग, अठारौं थाइल्यान्डको बैंकक, बीसौं ग्रिसको एथेन्स, एक्काइसौं हंगेरीको बुडापेस्ट, बाइसौं न्युजिल्यान्डको क्विन्स्टाउन, तेइसौं चीनको हङकङ, चौबीसौंमा युएईको दुबई र पच्चीसौं स्थानमा अस्ट्रेलियाको सिड्नी परेको छ।  
टि्प एडभाइजरले संसारकै सबैभन्दा ठूलो ट्राभल समुदाय बनाउन सफल भएको छ। हाल यसका ६ करोड सदस्य छन्। यसको वेबसाइट प्रतिमहिना २८ करोडजनाले हेर्ने गर्छन्। हालसम्म यसमा संसारका ३१ लाख (होटल, रेस्टुरेन्ट, विविधि आकर्षक गन्तव्य) का बारेमा १७ करोडवटा समीक्षा र विचार समेटिइसकेका छन्।

सन् २००० मा अमेरिकामा स्थापना भएको टि्रप एडभाइजर पब्लिक कम्पनी हो। यसले अमेरिका, एसिया, अफ्रिका, मध्यपूर्व, युरोप, एसिया प्रशान्त क्षेत्रलाई समेटेको छ। २ हजार ७ सय ९३ जनालाई रोजगारी दिएको यसले २०१३ मा ९४ करोड ४७ लाख अमेरिकी डलर (९४ अर्ब ४७ करोड रुपैयाँ) आम्दानी गरेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस