काठमाडौं- मुस्ताङको लोमान्थाङमा भेटिएको युरेनियम खानीमा थप अध्ययन गरिने भएको छ। प्रारम्भिक अध्ययनमा ठूलो मात्रामा देखिएको युरेनियमको फैलावट कतिसम्म छ, पत्ता लगाउन थप अध्ययन आवश्यक परेको हो।
प्रारम्भिक अध्ययनकै क्रममा खानीको फैलावट कतिसम्म छ भनेर यकिन गर्न थप अध्ययन गर्न लागेको खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट धर्मराज खड्काले बताए। 'भइरहेकोलाई निरन्तता दिँदै थप अध्ययन गर्न लागिएको छ,' खड्काले भने, 'अहिले युरेनियम कति क्षेत्रफल र मात्रामा छ भनेर प्रारम्भिक अध्ययन गर्न लागिएको हो।'
दोस्रो चरणको अध्ययनको लागि विभागको टोली आगामी जेठमा लोमान्थाङ जाँदैछ। जेठअघि हावा चल्ने र धेरै चिसो हुने हुनाले टोलीले जेठ कुरेको हो। विभागले गत वर्ष जेठमा उक्त क्षेत्रमा पहिलोपटक युरेनियम खानीबारे अध्ययन गरेको थियो। अध्ययनका क्रममा लगभग चार हजार मिटर उचाइको लोमान्थाङ युरेनियमका लागि नयाँ क्षेत्रका रुपमा भेटिएको थियो। उक्त क्षेत्रमा करिब १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइमा बहुमूल्य युरेनियम खानी रहेको प्रारम्भिक अध्ययनले देखाएको थियो।
आउने जेठमा उक्त सम्भावित युरेनियम खानीको थप अध्ययन गर्ने तयारी भएको थियो। वैशाखमा गएको शक्तिशाली भूकम्पका कारण अध्ययन स्थगित भएको विभागले जनाएको छ। 'झन्डै दुई वर्षपछि हामीले अध्ययनलाई निरन्तरता दिँदैछौं,' खड्काले भने, 'फैलावटबारे थाहा भएपछि अन्य विस्तृत अध्ययन अघि बढ्छ।'
युरेनियमको ठूलो सम्भावना भए पनि नेपालमा उक्त अध्ययन र विश्लेषण गर्ने स्रोत साधनको कमी भएको खड्काको भनाइ छ। विशेष प्रविधि, विज्ञ र धेरै लगानी आवश्यक हुने भएकाले सरकारले विशेष कार्यक्रम बनाउनुपर्ने उनको भनाइ छ। अन्य विकसित देशहरूले युरेनियमबाट ऊर्जा उत्पादन गरिहरेका छन्। छिमेकी देश भारतले पनि कुल ऊर्जाको २५ प्रतिशत युरेनियमबाट निकालिरहेको छ।
नेपालको लागि भने धेरै तयारी र क्षमता विकास गर्नुपर्ने अध्ययनकर्ता बताउँछन्। नेपालले उपलब्ध यरेनियम स्रोतलाई प्रयोग गर्ने हो भने उच्च प्रविधि, स्रोत साधान र ...न्युक्लियर ल' बनाएर अघि बढ्नुपर्ने खड्काको भनाइ छ।
युरेनियम भएका चट्टानबाट एक किसिमको किरण निस्किरहेका हुन्छन् जसलाई वैज्ञानिक भाषामा 'गामारेज' भनिन्छ। त्यो गामारेजलाई सिन्टिलेसन काउन्टर नामको मेसिनले रेकर्ड गर्न सक्छ। विभागले सोही मेसिनको प्रयोग गरेर युरेनियम खानीको प्रारम्भिक संकेत पाएको हो।
धेरै अध्ययन गर्न बाँकी भए पनि प्रारम्भिक चरणको अध्ययनले औद्योगिक सम्भावना देखिएको छ। युरेनियम क्षेत्र फैलिएको लम्बाइ, चौडाइ र गहिराइ, परिमाण तथा गुणस्तर पत्ता लगाएपछि ...कमर्सियल भाइब्रेन्ट' कस्तो भनेर थाहा हुने उनी बताउँछन्।
नेपालमा युरेनियम अन्वेषणको काम भने १९८० को दशकमै सुरु भएको थियो। लामो समय अन्वेषण भए पनि यसमा उल्लेख्य प्रगति भने हुन सकेको छैन। मकवानपुरको तीनभंगाले, बैतडी, बझाङको बगाबगर बागकोटमा पनि युरेनियम खानी भेटिएको थियो। यी क्षेत्रमा भने सानो 'डिपोजिट' रहेको विभागले जनाएको छ। मकवानपुरको तीनभंगालेमा भने राम्रो गुणस्तरको युरेनियम भेटिएको थियो।
युरेनियम भण्डारण जोखिमपूर्ण हुने भूगर्भविद बताउँछन्। नेपाल र हिमाली क्षेत्र उच्च भूकम्पीय जोखिम क्षेत्र भएकाले नेपालमै युरेनियमको प्रशोधन, भण्डारण र प्रयोग जोखिमपूर्ण हुन सक्छ। युरेनियम उत्खनन गर्दा विशेषगरी वातावरणमा ख्याल गर्नुपर्ने उनीहरूको भनाइ छ।