प्रतिव्यक्ति नेपालीको आम्दानी साढे २ लाख
१८ चैत्र २०७२
•
७ मिनेट पाठ
प्रतिव्यक्ति नेपालीको आम्दानी साढे २ लाख
काठमाडौं- सरकारले आगामी १५ वर्षभित्र नेपालीको वार्षिक प्रतिव्यक्ति आय साढे २ लाख रुपैयाँ (२ हजार ५ सय अमेरिकी डलर) पुर्याउने लक्ष्य सार्वजनिक गरेको छ। सन् २०१६ देखि कार्यान्वयनमा आएको 'दिगो विकास लक्ष्य (२०१६–२०३०)' अनुसार सरकारले प्रतिव्यक्ति आय अहिलेको तुलनामा चार गुणा बढी पुर्यायउने 'महत्वाकांक्षी' लक्ष्य निर्धारण गरेको हो। हालको औसत प्रतिव्यक्ति आय करिब ७० हजार रुपैयाँ छ। पूर्वाधार आयोजनामा लगानी बढाएर रोजगारी सिर्जना गर्ने र हरेक वर्ष गरिबी घटाउने सरकारी योजना छ।पछिल्ला वर्ष विकास खर्च ७० प्रतिशतभन्दा कम र आर्थिक वृद्धि औसत ४ प्रतिशत रहेको अवस्थामा सरकारको लक्ष्य महत्वाकांक्षी देखिएको हो। तर, अहिलेकै प्रवृत्तिअनुसार काम भए उक्त लक्ष्य हासिल हुन नसक्ने आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्री बताउँछन्। 'सबैभन्दा बढी श्रमशक्ति निर्यात गर्ने मुलुकमा जनशक्ति अभाव छ, कृषि, उद्योग र सडक पूर्वाधारमा काम गर्ने मान्छे छैनन्,' उनले बिहीबार नागरिकसँग भने, 'आवश्यकताभन्दा बढी परनिर्भर हुने प्रवृत्ति बढ्दै गएको छ, यसमा सुधार आउन सके मात्र सकारात्मक परिवर्तन सम्भव छ।' नियम, कानुन र नैतिकता अनुसरण गर्ने जनशक्ति आउन सके लक्ष्य पूरा हुने उनको भनाइ छ।




'सरकारले हरेक वर्ष ७–८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ, यो सकारात्मक पक्ष हो,' उनले भने, 'चालु आर्थिक वर्षमा १.५ प्रतिशत मात्र वृद्धि हुने प्रक्षेपण भइसक्यो, वर्षको अन्त्यसम्म यो नकारात्मक हुने सम्भावना पनि छ।' भ्रष्टाचार कम गर्दै हरेक क्षेत्र र निकायले पहल गरे दिगो विकास लक्ष्यअनुसारको प्रक्षेपण भेट्न समस्या नहुने क्षत्रीले दोहोर्यााए।

राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०३० भित्र जोखिम अवस्थाका सबै नागरिकको आर्थिक स्रोतमा समान अधिकार कायम गर्ने जनाएको छ। त्यति बेलासम्म हाल कायम प्रतिदिन प्रतिव्यक्ति आय करिब २ अमेरिकी डलर हुने व्यक्तिको संख्या शून्यमा झारिनेछ।

प्रतिवेदनअनुसार सन् २०१७ सम्म १ हजार २६, २०२० सम्म १ हजार ३ सय ६३, २०२२ सम्म १ हजार ६ सय ४६ र २०२५ सम्म १ हजार २९ अमेरिकी डलर वार्षिक आम्दानीको लक्ष्य छ। उक्त आम्दानीका सूचक प्राप्त गर्न गरिबी क्रमशः २०.३, १६.८, १४.४ र १०.९ मा झार्ने लक्ष्य छ। सन् २०३० मा गरिबी ५ प्रतिशतमा झार्ने प्रतिवेदनमा उल्लेख छ।

सन् २००० देखि लागू 'सहस्राब्दी विकास लक्ष्य' ले निर्धारण गरेका उद्देश्य पूरा भए पनि विकास–निर्माणले गति लिन नसकेको आयोग उपाध्यक्ष युवराज खतिवडाले बताए। 'कृषि उत्पादनमा जोड दिइनेछ, यससँगै रोजगार, शिक्षा, स्वास्थ्य र गरिबी निवारण कार्यक्रम विशेष प्राथमिकता दिएर अघि बढाइनेछ,' उनले भने, 'यी रणनीति कार्यान्वयन गर्न कार्यनीति बनाइन्छ, हरेक पाँच वर्षमा उपलब्धिको अनुगमन तथा मूल्यांकन गरिनेछ।'

मुलुक संघीयतामा गइसकेकाले केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारले समेत यही मापदण्डका आधारमा काम गर्न सक्ने उपाध्यक्ष खतिवडाले बताए। उनका अनुसार गरिबी घट्दा काम गर्ने व्यक्तिको संख्या बढ्दै जानेछ। मुलुकमा अभाव हुँदै गएको श्रमशक्ति विकासमा गरिबी निवारणले ठूलो भूमिका खेल्ने उनको तर्क छ।

'संसारका विकसित मुलुकमा पनि गरिबी शून्य हुँदैन, हामीले पनि त्यो लक्ष्य राखेका छैनौं तर सन् २०३० सम्म ५ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य पूरा हुनेछ,' उनले भने। नेपालमा हाल गरिबी रेखामुनिका नेपालीको संख्या करिब ३४ प्रतिशत छ। दिगो विकास लक्ष्यलाई सहयोग पुग्ने गरी आगामी आर्थिक वर्ष र तीनवर्षीय आवधिक योजना तयार भइरहेको पनि उनले जानकारी दिए।

सरकारले २००० देखि २०१५ सम्म राखेको सहस्राब्दी विकास लक्ष्य करिब पूरा गरिसकेको छ। गरिबी, शिक्षा र स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार भएकाले दिगो विकास लक्ष्यमा आर्थिक विकासका एजेन्डाले प्राथमिकता पाउने खतिवडाले बताए। आयोगले तयार गरेको प्रतिवेदनमा सामाजिक, आर्थिक र वातावरणीय मुद्दामा केन्द्रित रहेर निर्धारित लक्ष्यका कार्यक्रम अघि बढाइनेछ।

तीव्र आर्थिक विकासमा ध्यान दिँदै लक्षित आम्दानी पुर्याबउन जलाशय जलविद्युत आयोजना, काठमाडौं–तराई फास्टट्र्याक र अन्तर्राष्ट्रिय विमानस्थललाई आयोजना बैंकका रूपमा अघि बढाउने सरकारको योजना छ। 'आयोजना निर्माण गर्न आयोजना बैंक नै चाहिन्छ भन्ने छैन, प्राथमिकता दिएर काम गरे पुग्छ,' उनले भने।

पूर्वाधार आयोजना, कृषि, शिक्षा, स्वास्थ्य, वातावरणलगायत क्षेत्रमा विकसित देशले प्रयोग गरिसकेका प्रविधि भित्याउन 'प्रविधि बैंक' को अवधारणा अघि सारिएको छ। विश्वव्यापीकरणको समयमा पनि सामान्य भइसकेका प्रविधि किनेर उपयोग गर्नुपर्ने अवस्था आए अल्पविकसित मुलुक सधैं पछि पर्ने उपाध्यक्ष खतिवडाको भनाइ छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस