काठमाडौं- आफ्नो स्वामित्वको जनकपुर चुरोट कारखाना बन्द भएको झन्डै ६ वर्षपछि सरकारले व्यापारीसँग भएको कारोबारको हिसाबकिताब गरेको छ। कारखानाका सबै कर्मचारीलाई अवकाश स्वरुप अर्बौं रुपैयाँ तिरेको सरकारले व्यापारीलाई झन्डै ९० करोड रुपैयाँ थप भुक्तानी गर्नुपर्ने भएको छ।कारखाना बन्द भएपछि सरकारले कारखानाका कर्मचारीलाई अवकाश दिँदै एक अर्ब ७२ करोड ३१ लाख ९१ हजार 'पे अफ' गरिसकेको भए पनि व्यापारीसँग भएको कारोबारको हिसाबकिताब भने गरेको थिएन। लामो समयसम्म व्यापारी लगायतको हिसाब नहुँदा लाखौं रकम धरौटी राखेका व्यापारी निराश भएका थिए।
'कारखानामा बाँकी रहेको हिसाबकिताब सकिन लागेको छ,' उक्त कारखानामा महाप्रबन्धक समेत रहेका उद्योग मन्त्रालयका सहचिव ऋषिराज कोइरालाले भने, 'एक महिनाभित्र सम्पूर्ण काम सकिन्छ।' मन्त्रालयबाट भएको सम्पूर्ण लेखापरीक्षणलाई महालेखा परीक्षक कार्यालयलाई पठाएर अन्तिम रुप दिइने छ। आर्थिक वर्ष ०७०/७१ को केही काम बाँकी रहेकाले एक महिनाभित्र सकिने कोइरालाले बताए।
चुरोट कारखाना सञ्चालन हँुदा व्यापारीले राखेको धरौटी, डिलर्स र सप्लायर्ससँग भएको कारोबारको हिसाबकिताब हुन बाँकी थियो। मन्त्रालयले सोही हिसाबकिताबको लेखा परीक्षण गरिरहेको हो। अहिलेसम्म ८० देखि ९० करोड रुपैयाँको हिसाब आएको कोइरालाले बताए। 'अहिलेसम्म ८० देखि ९० करोड जति देखिएको छ,' कोइरालाले भने, 'ब्याज लगायतका अन्य हिसाब पनि थपिन सक्छन्।'
कारखाना सञ्चालनमा रहेका बेला त्यहाँबाट उत्पादित चुरोटको बिक्रेता बन्न व्यापारीले लाखौं धरौटी राखेका थिए। त्यो बेला क्षेत्रअनुसार जसले धेरै धरौटी राख्न सक्यो उसैले डिलर पाउँथे। त्यही धरौटी लगायत अन्य रकम भुक्तानी गर्न उद्योग मन्त्रालयले झन्डै ६ वर्षपछि हिसाबकिताब गरेको हो।
चुरोट कारखाना चलेको बेला चुरोट बेच्नको लागि निश्चित रकम धरौटी राखेर डिलर बन्नु पर्थ्यो। व्यापारीले धरौटीस्वरुप राखेको उक्त रकम कारखाना बन्द भएको लामो समयसम्म पनि पाएका छैनन्। 'अब रकम पाइन्छ कि भन्ने आशा पलाएको छ,' डिलर लिन धेरौटी राखेका पाटन मंगलबजारका हरि श्रेष्ठले भने, 'सरकारले कति रकम हो निवेदन दिनु भनेर दिएका छौं।' उनले धरौटीस्वरुप १० लाख रुपैयाँ राखेका थिए। सरकारले मागेको निवेदन अनुसार उनले हिसाबकिताब दिइसकेका छन्।
उक्त रकममध्ये साँवामात्र पाउने कि ब्याजसहित भन्नेमा अझै अन्योलमा छन्, उनी। महाप्रबन्धक कोइरालाले भने व्यापारीले डिलर दिँदा जे जस्तो सम्झौता भएको छ सोही अनुरुप रकम फिर्ता पाउने बताए। सबै कर्मचारीले अवकाश पाउँदासमेत व्यापारीलाई सम्बोधन नगर्दा धरौटी फिर्ता नआउने हो कि भन्ने चिन्तामा थिए।
२०५९ सालमा एचएम इन्टरप्राइजेजको नामबाट ललितपुर चापागाउँ क्षेत्रको डिलर लिन सफल जगमन कायस्थले पाँच लाख ७५ हजार रुपैयाँ धरौटी राखेका थिए। फर्पिङका गोविन्ददास श्रेष्ठले पाँच लाख रुपैयाँ राखेका थिए। बागमती क्षेत्रीय कार्यालयअर्न्तगत उनीहरू जस्तै डिलर लिन धरौटी बुझाएका दुई दर्जन व्यवसायीले रकम फिर्ता पाएका थिएनन्। उपत्यकाका यी प्रतिनिधिबाहेक बनेपा, धुलिखेल, नौबिसे, त्रिशूली लगायतका व्यापारीले पनि धरौटी राखेका छन्।
सरकारले २०६७ फागुन १८ गतेदेखि उत्पादन बन्द भएको कारखानामा कार्यरत सात सय ५८ कर्मचारीलाई २०७० असार २० गते अनिवार्य अवकाश दिने निर्णय गरेको थियो। कारखानाले तिर्नुपर्ने रकममध्ये कर्मचारी अवकाशको लागि एक अर्ब ७२ करोड ३१ लाख ९१ हजार 'पे अफ' गरिसकेको छ।
व्यापारीले धरौटी राखेपछि कारखानाले यसको ९० प्रतिशतसम्मको सामान १५ दिनका लागि दिन्थ्यो। चलाख व्यापारीले कारखाना बन्द हुने हल्ला चलेपछि सामान ल्याएर रकम कटाइसकेका थिए। आर्थिक वर्ष २०६५/०६६ देखि कारखानाको लेखापरीक्षण हुन सकेको थिए। मन्त्रायलमा कतिजनाको कति रकम धरौटी छ भन्ने तथ्यांकसमेत थिएन्।
सरकारले तत्कालीन सोभियत संघ सरकारको सहयोगमा २०२१ पुस २९ गते जनकपुरधाममा जनकपुर चुरोट कारखाना स्थापना गरेको थियो। कम्पनी ऐन २०२१ अनुसार स्थापित उक्त कारखानाले वार्षिक दुई अर्ब ३६ करोड खिल्ली चुरोट उत्पादन गर्थ्यो।