प्रधानन्यायाधीशमा कार्की सिफारिस
२८ चैत्र २०७२
•
७ मिनेट पाठ
प्रधानन्यायाधीशमा कार्की सिफारिस
काठमाडौं- संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गरेको छ। संवैधानिक परिषदको सोमबार साँझ बसेको बैठकले कार्कीको नाम सिफारिस गर्दै संसदीय सुनुवाइका लागि पठाउने निर्णय गरेको हो।संसदीय सुनुवाइ समितिले परिषदको सिफारिस अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। सिफारिससँगै सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा महिला नियुक्त हुने पक्का भएको छ।

सभामुख ओनसरी घर्ती बिरामी भएर परिषद बैठकमा अनुपस्थित रहने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमै पुगेर सिफारिसबारे छलफल गरेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार सुमेरु अस्पतालमा उपचार गराइरहेकी सभामुख घर्तीलाई भेटेर ओलीले कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने तयारीबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीसँगको भेटमा सभामुखले कार्कीको नाम सिफारिस गर्ने कुरामा आफ्नो सहमति रहेको बताएकी थिइन्। त्यसपछि बसेको परिषद बैठकले कार्कीको नाम सिफारिस गरेको थियो।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेर हदका कारण बुधबारदेखि अवकाश पाउँदैछन्। संवैधानिक परिषद्ले सिफारिस गर्ने पद रिक्त हुनु एक महिनाअघि नै सिफारिस गर्नुपर्ने संविधानको व्यवस्था छ। तर, परिषद अपूर्ण र संसद नियमावली निर्माणमा दलीय विवादले संसदीय सुनुवाइ समिति गठन हुन नसक्दा प्रधानन्यायाधीश सिफारिस हुन ढिलाइ भएको हो।

प्रधानन्यायाधीश पहिलोपटक महिला

सर्वोच्च अदालतको २६ औं प्रधानन्यायाधीश सिफारिस कार्की देशको इतिहासमै प्रधानन्यायाधीश बन्ने पहिलो महिला हुनेछिन्। उनले उमेरहदका कारण २०७४ जेठ २५ गते अवकाश पाउनुअघिका करिब १४ महिना न्यायालयको नेतृत्व गर्नेछिन्।

२०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त भएकी उनी २०६७ मंसिर २ गतेदेखि स्थायी न्यायाधीश बनेकी थिइन्। उनी अहिले सर्बोच्च अदालतको वरिष्ठतम न्यायाधिशका रूपमा न्याय परिषदको सदस्यसमेत हुन्। सर्वोच्चको संवैधानिक इजलासकी सदस्य कार्की मुद्दा व्यवस्थापन समितिकी अध्यक्ष छिन्।

सर्वोच्चमा नियुक्त हुनुपूर्व उनी वरिष्ठ अधिवक्ता थिइन्। उनले वरिष्ठ अधिवक्ताको उपाधि २०६१ सालमा प्राप्त गरेकी थिइन्। २०३५ सालदेखि अधिवक्ताका रूपमा काम सुरु गरी २०४५ देखि २०४७ सालसम्म कोसी अञ्चल बार अध्यक्षको जिम्मेवारी निभाएकी उनी २०५९ देखि २०६१ सम्म पुनरावेदन बार एसोसिएसन विराटनगरको अध्यक्ष भएकी थिइन्।

२००९ साल जेठ २५ गते विराटनगर–३, शंकरपुरमा जन्मिएकी कार्कीले सन् १९७२ मा महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट स्नातक उत्तीर्ण गरेकी थिइन्। उनले वनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा पोस्ट ग्य्राजुएट (एमए) को पढाइ सन् १९७५ मा पूरा गरिन् भने त्रिभुवन विश्वविद्यालयबाट सन् १९७८ मा कानुनमा स्नातक तहसम्मको अध्ययन पूरा गरिन्। कांग्रेसका पुराना नेता दुर्गा सुवेदीसँग विवाह गरेकी कार्कीका एक छोरा छन्।

संसदीय सुनुवाइको सकस

संवैधानिक परिषदले कार्कीलाई प्रधानन्यायाधिशमा सिफारिस गरे पनि संसदमा सुनुवाइ समिति नहुँदा उनले केही समय सर्वोच्चको नेतृत्व कायममुकायमकै रुपमा गर्नुपर्ने बाध्यता हुनेछ। संसदको नियमावली मस्यौदा समितिमा सुनुवाइ समितिको आकार र कार्यविधिबारे राजनीतिक दलले फरक–फरक अडान राख्दा नियमावली तयार हुन सकेको छैन।

नियमावली तयार भई संसदीय सुनुवाइ समिति गठन हुन समय लाग्ने भएकाले प्रधानन्यायाधीशका रूपमा औपचारिक कार्य प्रारम्भ गर्न कार्कीले अझै केही समय कुर्नुपर्ने अवस्था छ। नियमावली समितिले गत बिहीबारै मतदानबाट विवाद सल्टाउने कार्यक्रम तय गरे पनि नेपाली कांग्रेसले आन्तरिक कारण देखाउँदै अनुपस्थित हुने पत्र पठाएपछि बैठक स्थगित भएको थियो। त्यससँगै संसद नियमावली फेरि अन्योलमा परेको छ।

नियमावली रोकिएपछि प्रधानन्यायाधीश, सर्वोच्च अदालतको न्यायाधीश, संवैधानिक अंगका प्रमुख तथा सदस्य र राजदूतको नियुक्ति प्रक्रिया थप प्रभावित भएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सबैभन्दा बढी प्रभावित हुने भएको छ। संवैधानिक परिषदले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरिसकेको छ तर सुनुवाइ कहिले हुने भन्ने अन्योल यथावत छ। संवैधानिक व्यवस्थाअनुसार उक्त पदमा नियुक्त हुने व्यक्तिलाई संसदीय सुनवाइ अनिवार्य छ।

मुख्यतः सुनवाइ समितिको सदस्य संख्या नयाँ संविधानअनुसार १५ सदस्यीय बनाउने कि पुरानै व्यवस्थाअनुसार ७५ सदस्यीय कायम राख्ने भन्ने सत्तारुढ गठबन्धन र प्रतिपक्षी नेपाली कांग्रेसबीचको विवादमा नियमावली अड्किएको छ। यही विवाद सल्टिन नसक्दा समितिको म्याद पटक–पटक गरी ३ महिनाभन्दा बढी थपिसकिएको छ।
अर्को समाचार
सुशीला कार्की प्रधानन्यायाधीशमा सिफारिस
२८ चैत्र २०७२
•
१ मिनेट पाठ
सुशीला कार्की प्रधानन्यायाधीशमा सिफारिस
काठमाडौं- संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीसमा सुशीला कार्कीलाई सिफारिस गरेको छ। आइतबार साँझ बसेको परिषदले कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।संसदीय सुनुवाई पुरा गरेपछि उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुने छन्। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेर हदका कारण ३० चैतबाट अनिवार्य अवकाश पाउँदै छन्।

संवैधानिक परिषद बैठकमा सभामुख ओनसरी घर्ती उपस्थित थिइनन्। सुमेरु अस्पतालमा उपचार गराइरहेकी घर्तीलाई प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालनै पुगेका थिए।

२००९ जेठ २५ मा जन्मिएकी कार्कीले ६५ बर्षे उमेर हद पुरा गर्दै २०७४ जेठ २५ गते अवकास पाउने छन्। उनले सन् १९७८ मा त्रिभुवन विश्व विद्यालयबाट कानुनमा स्नातक गरेकी छन्। उनी २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीश नियुक्त भएकी थिइन् भने २०६७ मंसिर २ गते स्थायी न्यायाधीश बनेकी थिइन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस