चितवन- देशको ठूलामध्येको नदी नारायणीमा माछाको संख्या घट्दै गएको छ। अध्ययन अनुसन्धानमा जुटेका र माछा मारेर गुजारा चलाउनेसम्मको अनुभव यस्तै छ। केही प्रजातिका माछा देख्नै मुस्किल भएको माछा अध्ययनमा लागेका बताउँछन्। नदीमा जोगिन नसक्ने अवस्था आएमा रैथाने माछाको संरक्षणका लागि ताल तलैया बनाउन आवश्यक देखिएको उनीहरुको भनाइ छ।
'नारायणी नदीमा माछाका जति प्रजाति थिए ती सबै हराएरै गएका त खासै छैनन्। तर केही जातिका माछा निकै कम भए,' कृषि तथा वन विश्वविद्यालय रामपुरका मत्स्य विज्ञानका प्राध्यापक दिलिपकुमार झाले भने, 'संख्याको कुरा गर्ने हो भने त सबै प्रजाति अत्यन्त कम छन्।'
त्यस्तै गैंडाकोटका ६० वर्षीय मंगल बोटेले माछा मार्न लागेको ४५ वर्ष भयो। 'पहिला एक क्विन्टलको गोंच माछा पनि समातियो। १०–१५ किलोको सहर माछा त कति समाइयो समाइयो। अहिले स–साना माछा १–२ किलो फेला पार्न पनि गाह्रो छ,' मंगलले भने।
प्राध्यापक झाले सन् २००६ देखि सन् २००९ सम्म चितवनको त्रिशूली, नारायणी नदी क्षेत्रमा रहेका माछाको अध्ययन गरेका थिए। लामो समय लगाएर भएको अध्ययनमा माछाका एक सय आठ प्रजाति फेला परेको झाले बताए। अन्यत्र निकै देखिने माडा र कबै माछा चितवनमा नभेटेको उनले बताए।
नदीमा सबैभन्दा धेरै कार्प जातिका माछा ४९ प्रतिशत भेटिएका थिए। त्यस्तै क्याट फिस प्रजातिका २९ र पर्च हिले भोटी जस्ता प्रजातिका माछा १२ प्रतिशत रहेको प्राध्यापक झाले जानकारी दिए। त्यसअघि सन् १९८६ मा डेभिड आर इड्सले माछाको अध्ययन गरेका थिए। उनले छोटो भए पनि चितवनदेखि त्रिशूलीसम्म अध्ययन गरेका थिए। त्यो बेलामा एक सय ११ प्रजातिका माछा भेटिएको झा बताउँछन्, 'डेभिड र मेरो अध्ययनले माछाको प्रजाति नै घटेको त खासै देखाउँदैन तर माछाको संख्या भने उल्लेख्य कम भएको छ,' झाले भने।
मानव चाप नभएको गोलाघाटदेखि त्रिवेणीसम्मको क्षेत्रमा माछाको संख्या केही राम्रो छ। 'गुडुसिया, कोसिसा त्रिवेणी क्षेत्रमा मात्रै भेटियो। पहिला शिवघाट क्षेत्रमा प्रशस्तै भेटिने राजवाम पनि अहिले त्यहाँ भेट्न गाह्रो छ,' झाले भने। रिभर रहु, सहर र भुना माछाको संख्या पनि कम भएको उनले बताए।
पोषणका दृष्टिले राम्रो मानिएको स्थानीय भाषामा किटकिटिया भनिने माछा पनि त्रिवेणी क्षेत्रमा थोरै मात्रामा देखिएको झाले बताए। माछाको संख्या र प्रजातिमा असर पर्ने खास कारणबारे अध्ययन नगरे पनि मानवीय चाप र प्रदूषणले संकट ल्याएको उनले बताए।
मंगलले माछा मार्न सुरु गर्दा वरपर सहर बजार थिएन। मानव बस्ती निकै कम थियो। हेर्दाहेर्दै नदी वरपर गाउँ र सहर थपिँदै गए। उद्योग, कलकारखाना बढ्दै जादा प्रदूषण पनि बढ्यो। 'पहिला माछा मार्ने धेरै हुन्थे। निस्पि्कक्री माछा पाइन्थ्यो। अहिले त माछा मार्ने पनि कम छन्। जहाँ त्यहीँ जहिलेसुकै माछा मार्न पाइँदैन, यति हुँदा पनि माछा कम भए। अचम्मै लाग्छ,' मंगल बोटेले भने।
अनुसन्धानकर्ता झा रैथाने जातका माछाको संरक्षण जरुरी भएको बताउँछन्। पोषणका दृष्टिले यस्ता माछा निकै उपयोगी छन्। 'नारायणीमा पाइने माछा त्यहाँ जोगिन गाह्रो हुन थालेको हो भने नदीमा मात्रै नभएर अन्य ठाउँमा केही विशेष ताल तलैया बनाएर पनि संरक्षण गर्नु आवश्यक हुन्छ। यसमा सम्बन्धित निकायको चाँडै ध्यान जाओस,' झाले भने।