काठमाडौं- ऋण तथा अनुदान दिएर सघाउँदै आएका दाता राष्ट्र तथा विकास साझेदार निकायको सहयोगमा बन्ने सडकको भुक्तानी कारोबार अपारदर्शी हुने गरेको पाइएको छ। दाताबाट अनुदानमा आउने रकम सोझै ठेकेदार वा निर्माण व्यवसायीलाई भुक्तानी गरी लेखापरीक्षण नगराउने गरेको पाइएको हो। तर, सार्वजनिक खरिद ऐनअनुसार कुनै पनि आयोजनामा गरेको सहयोग तथा भुक्तानीको लेखापरीक्षण गर्नुपर्छ।महालेखापरीक्षकको कार्यलयले सार्वजनिक गरेको प्रतिवेदनमा विदेशी राष्ट्र तथा साझेदार निकायले अनुदानमा दिएको रकम लेखापरीक्षण नगरी खर्च गरेको उल्लेख छ। प्रतिवेदनअनुसार बनेपा–सिन्धुली–बर्दिबास, चक्रपथ विस्तार, तीनकुने–सूर्यविनायक, हुलाकी राजमार्गअन्तर्गतको कैलाली सडक खण्डको निर्माणमा खर्च भएको रकम लेखापरीक्षण गरिएको छैन।
बनेपा–सिन्धुली–बर्दिबास र तीनकुने–सूर्यविनायकमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), चक्रपथ विस्तारमा चीन, हुलाकी राजमार्ग भारतको सहयोगमा निर्माण भएका हुन्। तिनको क्रमशः दुई अर्ब एक करोड २२ लाख, एक अर्ब ५२ करोड ५६ लाख र ५२ करोड ४७ लाख रुपैयाँको लेखापरीक्षण भएको छैन। यस्तै, भारतको सहयोगमा सडक सुधार योजनाअन्तर्गतको २१ करोड ५७ लाख र बक्यौता २८ करोड ३१ लाख गरी करिब ४ अर्ब ६७ करोड रुपैयाँको लेखापरीक्षण नगरेको महालेखाले औंल्याएको छ।
लेखापरीक्षणको विवरण पटक–पटक माग्दा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुझाउन नसकेको महालेखाका प्रवक्ता बाबुराम गौतमले बताए। 'हामीले पटक–पटक चिठी लेखेर विवरण मागेका हौं,' उनले बिहीबार नागरिकसँग भने, 'अनुदानमा आएको रकमको लेखापरीक्षण नहुने हुँदा उपलब्ध गराउन नसकिएको भन्ने सम्बन्धित निकायबाट जानकारी गराइएको थियो।' विवरण प्राप्त नभएपछि महालेखाले यस्ता आयोजनामा भएको भुक्तानीको लेखारीक्षण समेट्न नसकेको गौतमले प्रस्ट्याए।
सडक विभागअन्तर्गत आयोजना निर्देशनालयका प्रमुख केशवकुमार शर्माले दाता राष्ट्र वा विकास साझेदार निकायबाट आउने अनुदान सहयोग रकमको लेखापरीक्षण नहुने जानकारी दिए। 'दातृ निकायबाट आउने बजेटरी सहयोगको लेखापरीक्षण हुन्छ तर 'टर्न की' आयोजना (अनुदानमा बन्ने सडक) को हुँदैन,' उनले भने, 'जुन देश वा निकायको अनुदान हो उसैले सोझै भुक्तानी गर्ने हुँदा यहाँ सरोकारवाला निकायले लेखापरीक्षण राख्दैन।'
निर्माण सामग्रीको दररेट, मेसिन भाडा, ज्याला, ढुवानी आदि आइटममा जिल्ला दररेट तथा नियमभन्दा बढी समावेश गरी लागत अनुमान स्वीकृत गर्ने कार्यमा नियन्त्रण हुनुपर्छ। तर, यो वर्ष पनि छनोटमा परेका चार एकाइले २३ ठेक्कामा दुई करोड ४२ लाख रुपैयाँ बढी हुने गरी लागत अनुमान स्वीकृत गरेको पाइएको ठहर गरिएको छ। सडक बोर्डले सर्वोच्च अदालतबाट सडक मर्मत सम्भार दस्तुरबापत असुल गर्नुपर्ने एक करोड ३२ लाख रुपैयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्रालयले असुल नगरेको महालेखाले औंल्याएको छ।
सडक विभागले मातहत निकायलाई पुँजीगततर्फ ३६ अर्ब ४६ करोड ३३ लाख रुपैयाँको अख्तियारी मध्ये २०७२ असारमा ३ अर्ब ५४ करोड ५९ लाख र २०७२ असार २८ मा दुई अर्ब १३ करोड रुपैयाँको अख्तियारी दिएको छ। समयमा अख्तियारी नदिएकाले वर्षको अन्तमा हतारमा बजेट खर्च गर्दा प्रभावकारी व्यवस्थापन हुन नसकेको पनि महालेखाले औंल्याएको छ।
पुल सुधार तथा मर्मत कार्यक्रमअन्तर्गत आठ व्यक्तिगत परामर्शदातासँग नौ करोड २१ लाख रुपैयाँको खरिद सम्झौता गरी तीन करोड ४८ लाख रुपैयाँ भुक्तानी दिएको छ। पुल निर्माण तथा मर्मतसँग सम्बन्धित खरिद प्याकेज तयार गर्ने, खरिद गर्न,े पुलको लागत अनुमान तयार गर्ने लगायत कामका लागि ३६ महिना तोकिएको छ। तर, परामर्शदाताले सम्पादन गर्नुपर्ने कामको परिमाण उल्लेख नगरी विकास क्षेत्र र समयावधि तोकिएको र उसले सम्पादन गरेको काम र यसबाट विभागलाई सहयोग नभएको महालेखाको ठहर छ।