काठमाडौं-नयाँ संविधानप्रति बिमति जनाउँदै आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुटनीतिक निकायसँग छलफल गर्ने भएको छ।बिहीबर छलफल आयोजना गर्ने तयारीसहित मोर्चाले नेपाल भित्र रहेका बिदेशी राजदूत, कुटनीतिक निकाय, दातृ संस्थाहरुसँग सामुहिक छलफल गर्ने तयारी गरेको जनाएको छ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले उक्त कार्यक्रमका लागि औपचारिक रुपमा निम्तो दिइसकेको जानकारी दिए। 'नेपालको पछिल्लो राजनीतिक परीस्थितिका बारेमा जानकारी दिन र अन्तराष्ट्र्रिय समर्थन जुटाउनका लागि छलफल र संवादको कार्यक्रम आयोजना गरेका हौं', झाले नागरिकन्युजसँग भने, 'सो संवाद तथा छलफल कार्यक्रममा बिदेशी कुटनीतिक निकायका करिब १०० जना उपस्थित हुने अपेक्षा गरेका छौं।' उनकाअनुसार नयाँ संविधानमा तराई–मधेस केन्द्रित दलको धारणासहित भूकम्प पीडितकाबारेमा आएको अनुदानको सदुपयोग बारेमा छलफल केन्द्रित हुनेछ।
लाजिम्पाटस्थित र्याडीसन होटलमा कार्यक्रम हुने तय भएको छ। मोर्चाले आयोजना गरेको कार्यक्रममा संघीय गठबन्धनले समर्थन जनाउने बताइएको छ।