पुनर्निर्माणको प्राथमिकतामा परेन ऊर्जा
११ वैशाख २०७३
•
१८ मिनेट पाठ
पुनर्निर्माणको प्राथमिकतामा परेन ऊर्जा
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २६ मा काठमाडौंको एक सार्वजनिक कार्यक्रममा उत्साहित हुँदै बोले– 'एक वर्षभित्र प्रारम्भिक लोडसेडिङ अन्त्य हुन्छ । २ वर्षमा चाहिएजति आयात गरेर पूरै हटाइनेछ र ३ वर्षमा उत्पादन गरी निर्यात गरिनेछ ।'ओलीले बोलेर सर्वसाधारणमा जति उत्साह भरेका छन्, व्यवहारमा त्यति नै निराश खन्याउँदै गएका छन् । उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीको बोलीको भाका पनि ओलीको भन्दा फरक छैन ।
समग्र मुलुक भुकम्पपछिको पुनर्निर्माणतिर लाग्ने जमर्को गर्दा ऊर्जा क्षेत्रले पनि त्यतिकै प्राथमिकता पाउनुपथ्र्यो । तर, तीव्र आर्थिक विकास र वृद्धिदरको भाषण गरे पनि सरकारले यो पक्षलाई भने चासो दिएन । एक दसकदेखि रोकिएको विद्युत ऐन, विद्युत नियमन आयोग ऐनलगायत कानुन ल्याउने कामले गति लिएको छैन । ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, जल तथा शक्ति आयोगको पुनर्संरचनाको काम सुरु भएको छैन । उल्लेखित ऐन र संस्थागत पुनर्संरचना आर्थिक पुनर्निर्माणको बलियो जग हो तर कामभन्दा बढी गफ हुँदै आयो । यसले निरन्तरता पाएकै छ ।




ऊर्जा संकट हटाउन 'ऊर्जा संकट निवारण तथा विद्युत विकास दसक, २०७२' घोषणा गरियो । तर, मन्त्रालय र प्राधिकरणबीच समन्वय छैन । २ वर्षमा विद्युत संकट निमिट्यान्न पार्ने ओली सरकारको बोली नागरिकलाई किस्सै किस्साको उत्पादनगृह लाग्न थालेको छ । काम पुरानै शैलीले संकट हट्छ भन्नेमा सर्वसाधारण रत्तिभर विश्वस्त छैनन् । अहिले दैनिक १२ घन्टा विद्युत कटौती गर्दै आएको प्राधिकरण आफैं विश्वस्त छैन ।

हिजोका योजना तथा लक्ष्य नराम्रा थिएनन् तर त्यसले कार्यान्वयनको गति समात्न सकेन । यो घोषणा पनि कार्यान्वयन हुने आधार देखिँदैन । ऊर्जा मन्त्रालय र प्राधिकरण नै दुई वर्षमा लोडसेडिङ हट्नेमा विश्वस्त छैनन् भने सर्वसाधारण हुने कुरै भएन । योजना बनाउने र कार्यान्वयनकर्ताबीच कामको तालमेल र समन्वय छैन । गर्नै नसक्ने कुरा बोलेर सरकार सर्वसाधारणलाई ढाटिरहेको छ तर गर्न सकिने काम गरेको छैन । आवश्यक बिजुलीको परिमाण, प्रसारण तथा वितरणको आधार र भारतबाट आयात गर्न पर्याप्त पूर्वाधार छैन ।

उत्पादनका योजना छन्, काम सुरु हुँदैन । संकट पूरै हटाउन नसके पनि कम गर्ने उपाय छन् । सरकार कार्यान्वयन गर्दैन । देशमा अहिलेसम्म ८ सय २९ मेगावाट बिजुली जडित छ तर माग करिब १ हजार ४ मेगावाटभन्दा बढी छ । ९२ मेगावाटको कुलेखानी जलाशय र ५३ मेगावाटको थर्मल प्लान्ट बाहेक गर्दा जडित क्षमता जम्मा ६ सय ८४ मेगावाट हुन्छ तर हिउँदमा २ सय २८ मेगावाटमात्र उत्पादन हुन्छ । जलाशय र थर्मल प्लान्ट जोड्दा हिउँदको आपूर्ति पुगनपुग ४ सय मेगावाट हुन्छ ।

आगामी हिउँदको माग भेट्टाउन उक्त परिमाणको उत्पादन बढाएर झन्डै १ हजार ५ सय पु¥याउन चुनौतीमात्र होइन असम्भव देखिन्छ । यद्यपि, स्वदेशी उत्पादन, व्यवस्थापन र भारतबाट आयात गरेर सर्वसाधारणलाई राहत दिने आधार छ । यति गर्नलाई आक्रामक कार्यशैली चाहिन्छ । यो गर्न सरकार तयार छैन । यसकारण पनि आउँदो हिउँदमा आधारभूतरुपमा संकट निमिट्यान्न पार्ने सरकारी योजनाले हावा खाने देखिन्छ ।

आर्थिक वर्ष २०७३/७४ (चालु हिउँदमा)

चालु आवमा निजी आयोजनाबाट २ सय मेगावाट थपिने अपेक्षा गरे पनि प्राधिकरणले ७० मेगावाटमात्र थपिने दाबी गरेको छ । आगामी आवको अन्तसम्म मात्र २ सय मेगावाट प्रणालीमा जोडिन सक्ने प्राधिकरण अधिकारी बताउँछन् । नदी प्रवाही, कुलेखानी र थर्मल प्लान्ट समेट्दा आगामी हिउँदमा ४ सय ४० मेगावाट पुग्छ । भारतबाट ६ सय मेगावाट किन्ने लक्ष्य रहे पनि अन्तरदेशीय लाइन ४ सय वा २२० केभीमा चार्ज गर्न मिल्ने गरी बनेको छैन । यसैले आगामी आवमा चालु वर्ष (३१५ मेगावाट) भन्दा बढी आउने आधार छैन ।

दसकदेखि रुग्ण १४ मेगावाटको कुलेखानी र ३० मेगावाटको चमेलिया यो वर्ष पूरा नहुने प्राधिकरणले जनाएको छ । माथिल्लो त्रिशूली–३ 'ए' अझै तीन वर्ष बन्ने सम्भावना छैन । यसैले अझै ५ वर्षसम्म हिउँदको लोडसेडिङ खासै घट्ने अवस्था देखिँदैन । संकट कम गर्न त्यतिबेलासम्म भारतबाट आयात गर्नुको विकल्प पनि छैन ।

प्राधिकरणले आगामी हिउँदको उच्च माग १ हजार ५ सय ४२ मेगावाट प्रक्षेपण गरेको छ । जडित क्षमता १ हजार ३ सय ४४ मेगावाट पुग्ने सम्भावना छ तर आपूर्ति भने जम्मा ७ सय ५५ मेगावाट हुन्छ । मागको आधारमा ७ सय ८७ मेगावाट अपुग हुँदा लोडसेडिङ चालु आव (दैनिक १२ घन्टा) कै हाराहारीमा रहने देखिन्छ । हिउँदसम्म भारतबाट थप ३०० मेगावाट किनेर अभाव पूरा गर्ने योजना रहे पनि अन्तरदेशीय लाइन तयारी अवस्थामा नहुँदा त्यो सम्भव छैन ।

आव २०७४/७५ पनि खासै उत्साहजनक हुँदैन । यो वर्ष प्राधिकरण र निजी आयोजनाबाट १ सय ५० मेगावाट बिजुली थपिने अनुमान छ । ढल्ेकबर–मुजफ्फरपुर लाइन २२० केभीमा चार्ज भए सरकारी योजनाअनुसार थप २०० मेगावाट किन्न सकिन्छ । आयात र आन्तरिक उत्पादन गरी यस वर्ष प्रणालीमा ३ सय ५० मेगावाट बिजुली थपिन सक्छ । विद्युतको उच्च माग १ हजार ६ सय ५४ मेगावाट, जडित क्षमता १ हजार ६ सय ५ मेगावाट र आपूर्ति १ हजार १२ मेगावाट हुने प्रक्षेपण छ । माग र आपूर्तिबीच करिब ६ सय ४२ मेगावाट बिजुली अभाव हुँदा दैनिक करिब ६ घन्टासम्म लोडसेडिङ हुने प्राधिकरणको अनुमान छ ।

भारतबाट आयात

नेपालले सन् १९७२ देखि भारतबाट बिजुली किन्न सुरु गरेको हो । त्यतिबेला आदानप्रदानका रुपमा बिजुली किनिन्थ्यो । यो सीमा क्षेत्रका सहरमा मात्र सीमित थियो । नेपाल–भारत विद्युत आदानप्रदान संयन्त्रले यसलाई व्यवस्थित गथ्र्यो । यही संयन्त्रबाट अहिलेसम्म बिजुली आइरहेको छ । त्यतिबेला खाँचो टार्न सुरु भएको विद्युत आयात अहिले बाध्यता भएको छ ।

कम्तिमा आगामी ५ वर्षसम्म देशमा ठूला आयोजना बन्ने अवस्था नरहेकाले आयात बढाउनुको विकल्प नरहेको प्राधिकरण विद्युत व्यापार विभागका प्रमुख प्रबल अधिकारी बताउँछन् । 'हिउँदको संकट हटाउन जलाशय आयोजना बन्नैपर्छ र त्यो नहुँदासम्म आयात गर्नु बाध्यता हो,' उनी भन्छन्, 'अन्तरदेशीय प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालन नभएकाले माग पूरा गर्ने गरी किन्न सक्ने अवस्था पनि छैन ।' यही कारणले आगामी एक÷दुई वर्षमै लोडसेडिङ हट्ने सम्भावना नरहेको उनको तर्क छ ।

ढल्केबर–मुजफ्फरपुर ४ सय वा २ सय केभीमा चार्च गर्न नसक्दा गत फागुन पहिलो सातादेखि १३२ केभीमै चार्ज गरिएको छ । त्यहाँबाट असार दोस्रो सातासम्म ८० मेगावाट आयात गर्ने सम्झौता भएको छ । उक्त नाकाबाट त्यसपछि विद्युत किन्ने सम्झौता सकिन्छ । असार दोस्रो सातापछि त्यहाँबाट बिजुली किन्ने नकिन्नेबारे केही तयारी नभएको अधिकारी बताउँछन् । तर, आवश्यक परे सम्झौता थप गर्ने सक्ने आधार छ ।

नेपाल–भारतको ग्रिड जोडिएको छैन । किनिएको बिजुली पनि नेपालका विद्युत अभाव भएका ठाउँमा पु¥याउन सक्ने अवस्था छैन । 'प्रसारण लाइन 'बोटल नेक' कै कारण भएको बिजुली पनि प्रसारण र वितरण गर्न सक्ने अवस्था छैन,' उनले भने । बर्खा सुरु हुन लागेकाले आयातित बिजुली पु¥याउन सकिने ठाउँमा पनि यो काम लागदैन, स्वदेशी उत्पादनले नै माग धान्छ । यही कारण दुई वर्षमा भारतबाट किनेर संकट हटाउने सरकारी योजना घोषणामै सीमित हुने देखिन्छ ।

'बोटल नेक' प्रसारण लाइन

डेढ दसकसम्म थानकोट–हरिसिद्धि–भक्तपुर १३२ केभी प्रसारण लाइन बन्न सकेको छैन । एक दसक नाघ्यो तर खिम्ती–ढल्केबर २२० केभी लाइनको अवस्था रुग्ण छ । कुलेखानी–मातातिर्थ १३२ केभी डबल सर्किट, हेटौं–भरतपुर २२० केभी, त्रिशूली–काठमाडौं २२० केभी, मस्र्याङ्दी–काठमाडौं २२० केभी बन्न नसकेको वर्षौं भयो । वर्षौं वर्षसम्म हुन नसकेको काम जादुको छडीभैmँ काम एक÷दुई वर्षमै भएर संकट हट्छ भन्नु सर्वसाधारणलाई ढाट्नु हो । आगामी पुसभित्र ढल्केबरमा २२० केभी सबस्टेसन निर्माण गर्ने र अन्तरदेशीय प्रसारण लाइन २२० केभीमै चार्ज गर्ने अवस्था देखिन्न । तर, प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले पुसम्म यी दुवै काम सकिने दाबी गर्छन् ।

'पुस÷माघसम्म भारतबाट ६ मेगावाट आयात गर्न सकिन्छ, निजी क्षेत्रबाट करिब १ सय ५० थपिन्छ,' उनले भने, 'यति भएपछि हिउँदको लोडसेडिङ नगण्य नै हुन्छ ।' प्रसारण लाइन निर्माणमा वन, वातावरण भूमिसुधारलगायत निकाय जोडिएका हुन्छन् । त्यसमाथि जग्गाधनी तथा स्थानीयको अर्को समस्या हुन्छ । सरकारले स्पष्ट नीति ल्याउन नसक्दा जग्गा अधिग्रहण, मुआब्जा वितरणकजस्ता समस्या सल्टिन सकेका छैनन् । यी कारणले पनि एक/दुई वर्षमै संकट हट्ने संकेत छैन ।

मस्र्याङ्दी कोरिडोर २२० केभी, चिलिमे–त्रिशूली–समुन्द्रटार–काठमाडौं २२० केभीलगायत दर्जन आयोजना बन्नुपर्छ । उक्त क्षेत्रमा आयोजना निर्माण भइरहेका छन् । प्रसारण लाइन नबन्ने हो भने बिजुली उत्पादन हुनुको कुनै अर्थ हुँदैन । तर, ती प्रसारण लाइन बनाउन सरकारले चासो देखाएको छैन, न कुनै बलियो संयन्त्र परिचालन गरिएको छ ।

देशभर खपत हुने विद्युतको ५० प्रतिशत काठमाडौं उपत्यकामै हुन्छ । प्रसारण लाइन नबन्दा भारतबाट किनेको र वाहिर उत्पादित बिजुली काठमाडौं ल्याउन समस्या देखिन्छ । त्योभन्दा ठूलो जेलिएको समस्या उपत्यकाको वितरण प्रणालीमा छ । भूकम्प र नाकाबन्दीका समयमा बिजुलीको माग बढ्दा प्रसारण लाइन र ट्रान्सफर्मरले लोड धान्न सकेनन् । ट्रान्सफर्मर पड्केर तार चुडेर प्रणाली नै ध्वस्त हुने अवस्था देखियो । प्रसारण र वितरणको यो भयावह अवस्था एकै वर्षमा निमिट्यान्न हुने संकेत छैन ।

सोलार योजना

ऊर्जा निवारण घोषणामा आगामी आवमा १ सय मेगावाट सोलार जडान गर्ने लक्ष्य छ । यसमध्ये २५ मेगावाट प्राधिकरणले देवीघाट जलविद्युत आयोजना नजिक राख्ने प्रक्रिया अघि बढाएको छ । बाँकी निजी क्षेत्रबाट कनेक्सन गर्ने भनिएको छ । तर, यो सम्भव नहुने प्राधिकरण बताउँछ । सरकार जति आशावादी भए पनि सोलारमा प्रवद्र्धकको चासो कम छ । कम्पनी खोल्ने र कमिसन खाने दाउमा बढी लागेका छन् ।

उपत्यका तथा सहरी क्षेत्रमा यसरी सोलार जडान गरे बिहान १० देखि साँझ ५ बजेसम्म लोडसेडिङको समस्या हुँदैन । तर, यसतर्फ सरकारको ध्यान छैन । विद्युत विकास विभागले पनि सोलारका लागि त्यहीअनुसार अनुमतिपत्र दिएको छैन । विद्युत ऐन, २०४९ अनुसार अनुमति नलिइ निर्माण वा जडान गर्न पाइँदैन, कि सरकारले सोही ऐनको दफा ३५ अनुसार करार सम्झौता गनुृपर्छ ।

प्रतिस्पर्धाबाट जडान गर्ने भनिएको छ । यसका लागि प्रतियुनिट आधार दर ९.६१ रुपैयाँ कायम गरिएको छ । यो मूल्य निजी क्षेत्रका लागि उपयोगी नहुन सक्छ । अर्को कुरा सबस्टेसन वा लोड सेन्टर नजिक सोलार राख्नुपर्छ । सरकारले जग्गा किनेर दिन सक्दैन, यसका लागि पर्याप्त जग्गा चाहिन्छ । संरचना विस्तार र पुनर्निमाण गर्नुपर्ने हुँदा प्राधिकरणले सबस्टेसनको जग्गा भाडामा दिन पनि सक्दैन । यो कारणले पनि सोलारबाट बिजुली उत्पादन कल्पनामात्र हुने प्राधिकरण अधिकारीको धारणा छ ।

प्राविधिकले १ मेगावाट सोलार राख्न कम्तिमा १२ विघा जग्गा आवश्यक पर्ने सुझाएका छन् । १ सय मेगावाट सोलार राख्न १ हजार २ सय विघा जग्गा चाहिन्छ । पहाडका डाँडा वा बिजुलीको माग नभएका ठाउँमा सोलार राख्नुको औचित्य हुँदैन । लोड सेन्टरमा यो परिमाणको जग्गा पाउन सम्भव छैन । सोलारबारे अहिलेसम्म पर्याप्त सामाजिक, वातावरणीय र प्राविधिक अध्धयन पनि भएको छैन । जसका कारण यो सरकारको कल्पना बाहेक अरु हुन सक्दैन । सर्वसाधारणमा यसले भ्रममात्र सिर्जना गर्ने दृष्टता गरेको छ ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस