नेपालगन्ज- खडेरीसँगै बाक्लो तुँवालो लाग्दा कर्णालीको हवाई सेवा ठप्प भएको छ। नेपालगन्ज र सुर्खेतबाट कर्णालीमा उडान भर्ने जहाजहरु त्यतातिर जान सकेका छैनन्। यसले अत्यावश्यकीय कामका लागि कर्णालीबाट तलतिर आउने र यताबाट कर्णाली जाने यात्रु अलपत्र परेका छन्।कर्णालीको प्रमुख हवाई ढोका रहेको नेपालगन्जस्थित राँझा विमानस्थलमा करिब दुई हजार यात्रु अलपत्र छन्। हुम्ला, डोल्पा, जुम्ला, मुगु र बाजुरा जानका लागि उनीहरु एक सातादेखि जहाज हेर्दै बसिरहेका छन्।
भारतको दिल्लीबाट नेपालगन्ज हुँदै मानसरोवर दर्शनका लागि वैशाख १२ गते नेपालगन्ज आएका मुकेश पेटलसहितको एक सय १५ जनाको टोली नेपालगन्जमा अलपत्र छ। नेपालगन्जमा एक दिन बसेर हुम्ला हुँदै मानसरोवर जाने तयारीमा रहेको उनको टोली पाँच दिनसम्म होटलमा बस्यो। जहाज चल्ने सम्भावना कम भएपछि उनीहरु शनिबार बिहान यात्रुबसमा पोखरा गए। 'अब मानसरोवर जान नपाए पनि पोखरा हुँदै मुक्तिनाथ दर्शन जाने योजना छ,' उनले भने, 'यहाँ बसेर खर्च सक्नुभन्दा उता पुगेर दर्शन गर्न सकिन्छ।' मुक्तिनाथ दर्शन सकेर फर्कंदासम्म मौसम सफा भए मानसरोवर जाने योजना रहेको उनले सुनाए।
नेपालगन्जमा कार्गो व्यवसाय गर्दै आएका हुम्लाका विष्णु खत्रीले हुम्ला जाने तयारीमा रहेका करिब पाँच सय यात्रु यहीँ अलपत्र परिरहेका बताए। 'तुवाँलोले पाँच दिनदेखि जहाज उडेकै छैन,' उनले भने, 'सरकारी तथा गैरसरकारी निकायका कर्मचारी, सेना, प्रहरी, विद्यार्थी, व्यापारी र पर्यटकहरु विमानस्थलमै अलपत्र छन्।'
डोल्पाका डिल्ली रेग्मी नेपालगन्ज र राँझा विमानस्थलका होटलमा एक दिन बस्दा करिब दुई हजार रुपैयाँ खर्च हुने गरेको बताउँछन्। आर्थिक बोझ पनि थपिएपछि झन् तनाब बढेको उनले बताए।
अहिले नेपालगन्जबाट काठमाडौंमा मात्र उडान हुन्छ। कर्णालीका एयरपोर्टमा एक सय मिटर पनि भिजिबिलिटी नरहेको एयरलाइन्स सञ्चालकहरु बताउँछन्।
जहाज नउड्दा वैशाख २० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा छुट्न सक्ने चिन्ताले विद्यार्थीलाई सताएको छ। नेपालगन्ज एयरपोर्टमा परीक्षा दिन जाने तयारीमा रहेका करिब एक दर्जन विद्यार्थी छन्। डोल्पा र हुम्लामा हवाई यातायातको विकल्प छैन।
एयरलाइन्सलाई लाखौं नोक्सान
मकालु एयरका सिंगल इन्जिनवाला दुई जहाजले कर्णालीका जिल्लामा दैनिक एक दर्जन उडान भर्छन्। तर, पाँच दिनदेखि दुईवटा जहाज ठप्प छन्। यसले दैनिक १० लाख रुपैयाँसम्म नोक्सान भइरहेको एयरलाइन्सका नेपालगन्ज प्रमुख चक्र रोकाया बताउँछन्।
नेपालगन्जबाट गोमाका दुई, मकालुका दुई र काष्ठमाण्डपका एकसहित पाँचवटा सिंगल इन्जिनका जहाजले कार्गो उडान भर्छन्। डबल इन्जिन भएका ताराको ट्वीनअटर एक र सिमि्रकको डोर्नियर एक जहाजले यात्रु ओसार्छन्। नेपाल वायु सेवाले हप्तामा एकपटक उडान भर्छ।
एकपटकमा १६ जनासम्म यात्रु बोक्दा पनि जहाजले एक लाख ७० हजार आम्दानी गर्छन्। यस हिसाबले एउटा जहाजले दैनिक पाँचवटा उडान गर्दा करिब साढे १७ लाख रुपैयाँ आम्दानी हुन्छ। 'तुवाँलोले एकातिर यात्रुको बिचल्ली भएको छ भने अर्कोतिर एयरलाइन्सहरुको आम्दानी पनि गुमेको छ,' नेपाल एयरलाइन्सका नेपालगन्ज प्रमुख तुल्सी उपाध्यायले भने।
हुम्लामा नेपालगन्ज र सुर्खेतबाट उडान भर्ने गरेका निजी र सरकारी कम्पनीका जहाजले ६ दिनदेखि उडान भरेका छैनन्। हुम्लामा यातायातको एकमात्र साधन हवाईजहाज हो। सदरमुकाम सिमकोटमा बाक्लो हुस्सुका कारण एक सय मिटरभन्दा ढाटा देखिँदैन। हिउँदमा तराईमा लाग्ने हुस्सुजस्तै अवस्था छ।
स्थानीय धनसर कामी हुम्लामा पहिलोपटक यस्तो हुस्सु लागेको बताउँछन्। 'पहिला चैत–वैशाख महिनामा हावा चल्ने गरेको भए पनि हुस्सु लाग्दैनथ्यो,' उनले भने, 'यो साल त अचम्मको तुवाँलो लाग्यो।'
हवाई सेवा ठप्प हुँदा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ। बजारमा स्टक रहेको सामानको मूल्य अकासिएको छ। बिरामी र अत्यावश्यकीय काम बोकेका व्यक्ति सदरमुकाममै अलपत्र परेका छन्। हुस्सुका कारण हुम्लाको तापक्रम पाँच डिग्रीमा झरेको छ। यसले गर्दा बर्खामा पनि अत्यधिक चिसो बढेको छ। यसले गर्दा रुघाखोकीका बिरामी पनि बढेका छन्। जहाज नआउँदा शनिबार सञ्चालन हुने नायब सुब्बा र कक्षा १२ को परीक्षा प्रश्नपत्र हेलिकोप्टर चार्टर गरेर ल्याइयो।
तुवाँलोले ढाकिएपछि जुम्ला, मुगु र डोल्पामा पनि चार दिनदेखि हवाई यातायात ठप्प छ। स्थानीय यात्रुको दैनिकी एयरपोर्ट जाने र निराश भएर फर्किंदै बित्ने गरेको छ। मुगु, गमगढीका कविराज कार्कीले यस्तो सास्ती त हिउँ परेको बेला पनि नभएको बताए। मुगु सदरमुकाममा सडक पुगे पनि यात्रुहरु असजिलो बसयात्रा गर्न रुचाउँदैनन्। मुगुका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको कारण जहाज नआउँदा यात्रुको बिचल्ली भएको बताए। 'एयरपोर्टमा खाने, बस्ने ठाउँ छैन, गमढीबाट दुई घन्टा हिँडेर जान्छन्, अनि फर्केर यहीं आउँछन्,' उनले भने।
जुम्लामा चन्दननाथ र कर्णाली यातायातको विवादको कारण बस सेवा पनि ठप्प छ। त्यसमाथि जहाज पनि नचल्दा यात्रुको बिचल्ली भएको छ। स्थानीय सूर्योदय प्राविका शिक्षक भुवन रोकाया एक हप्तादेखि जहाज कुरिरहेको बताउँछन्। 'बस चल्दैनन्, जहाज पनि आउँदैन,' उनले भने, 'तुवाँलोले दिनुसम्म दुःख दियो।'
जुम्ला विमानस्थलका वरिष्ठ अधिकृत सुखद मानन्धरले जुम्लाको इतिहासमा पहिलोपटक तुवाँलोले हवाई सेवा रद्द भएको बताए। उनका अनुसार तुवाँलोले ढाकिरहँदा कर्मचारीसमेत विमानस्थलमा बस्दैनन्। 'आकाश नखुल्दासम्म जहाज चलाउन अनुमति दिन सकिँदैन,' उनले भने, 'पानी नपर्दासम्म यहाँको आकाश खुल्लाजस्तो छैन।'
नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका वरिष्ठ अधिकृत महेन्द्रबहादुर सिंहले एक सातादेखि कर्णालीको हवाई ढोका बन्द रहेको बताए। उनका अनुसार कर्णाली, तारा, गोमा, मकालु, नेपाल एयरलाइन्स, सिमि्रक, काष्ठमण्डप एयरले उडान भर्दै आएका छन्।
(कोहलपुर– टेकेन्द्र बस्याल, जुम्ला– डिबी बुढा, हुम्ला– जनक शाही)