महत्वाकांक्षी दस्तावेजमा सबैलाई उधारो वाचा
२६ वैशाख २०७३
•
९ मिनेट पाठ
महत्वाकांक्षी दस्तावेजमा सबैलाई उधारो वाचा
काठमाडौं- सरकारले आइतबार सबैलाई खुसी पार्ने नीति तथा कार्यक्रम ल्याएको छ। सबैलाई केही न केही दिने वाचा गरेको महत्वाकांक्षी नीति तथा कार्यक्रम संवैधानिक प्रचलनअनुसार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेकी हुन्। तर वाचा पूरा गर्न सक्ने संरचना र क्षमताबिना नै आएको महत्वाकांक्षी नीति तथा कार्यक्रमको कार्यान्वयन भने विगतमा झैँ अन्योल नै छ।




अर्थविद तथा व्यवसायीका अनुसार पनि छोटो आयु भएको सरकारको दीर्घकालीन रणनीति सहितको योजना कागजमै सीमित रहने पक्का छ।

नेपाल गणतन्त्रमा प्रवेश गरेपछिको यो पहिलो नीति तथा कार्यक्रम हो। तर अर्थविद मदनकुमार दाहालका अनुसार तरल राजनीति तथा नीतिगत अस्थिरताबीच आएको यो पपुलिस्ट नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षको लागि योजना तय गर्नुपर्नेमा आगामी दशककै योजना गरेकोमा दाहालले व्यवहारिक नभएको टिप्पणी गरे।

उनका अनुसार नीति तथा कार्यक्रम विकास बजेट खर्च कसरी बढाउने भन्नेमा मौन बसेकोले पनि आर्थिक वृद्धि तथा समृद्धिको लक्ष्य कागजमै सीमित रहन जाने देखिन्छ।

अर्थविद विश्वम्भर प्याकुरेल पनि महत्वाकांक्षी नीतिले धेरै आश्वासन बाँडेके तर पूरा गर्न सक्ने क्षमता भने नभएको बताउँछन्। यो कर्मकाण्डी नीति तथा कार्यक्रमले कार्यान्वयनको आधारबिनै धेरै वाचा गरको भन्दै वर्तमान कर्मचारीतन्त्र तथा संरचनाले कार्यान्वयन गर्न नसक्ने नीति ल्याएकोमा आलोचना गरे।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य चन्द्रमणि अधिकारीका अनुसार पनि आधारभूत पूर्वाधारबिना नै सरकारले महत्वाकांक्षी नीति तथा कार्यक्रम ल्याएको छ। उनी राजनीतिक संक्रमणको बेला सरकारले नागरिकलाई सेवा प्रवाह गर्नमा जोड दिनुपर्नेमा दस्तावेजमै भए पनि खुसी पार्न खोजेको बताउँछन्। तर यसले नागरिकमा झनै निराशा छाउन सक्ने उनको विचार छ।

महत्वाकांक्षी नीति तथा कार्यक्रमलाई सरकारले बजेटमा कसरी स्रोत जुटाउँछ, अर्को चासोको विषय रहेको अर्थविदको धारणा छ। सरकारले बजेटमा संख्यात्मक अथवा गुणात्मक कस्ता योजना ल्याउँछ त्यसले सरकारको नीति तथा कार्यक्रमको भविष्य बताउने अधिकारीको विचार छ। 'बजेटमा कस्ता कार्यक्रम समावेश हुन्छन् त्यसले नै नीति तथा कार्यक्रमको कार्यान्वयन पक्ष स्पष्ट देखिन्छ,' उनले भने।

यसको कार्यान्वयन निजीले क्षेत्र पनि चनाखो भएर हेरिरहेको छ। सर्सर्ति पढ्दा नीति तथा कार्यक्रम राम्रै लाग्छ तर कार्यान्वयन कसरी हुन्छ त्यसले मात्र यसको मूल्यांकन गर्न सकिने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए। निजी क्षेत्रको भूमिका रहने, प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र रहने तथा विद्युत दिने नीति तथा कार्यक्रमले खुसी भए पनि त्यसको कार्यान्वयन नहेरी केही भन्न नसक्ने निजी क्षेत्रको राय छ। 'यसअघि पनि धेरै राम्रा कार्यक्रम आएका थिए तर ती सबै कागजमै छन्,' एक व्यवसायीले नागरिकसँग भने।

नीति तथा कार्यक्रममा सरकारले हरेक प्रदेशमा १–१ वटा जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने गरी अध्ययन सुरु गर्ने कार्यक्रम ल्याएको छ। देश संघीयतामा गइसकेकाले त्यस क्षेत्रको आर्थिक विकास गर्ने लक्ष्यले यस्तो कार्यक्रम ल्याइएको हो भन्दै प्राकृतिक रूपमा सम्भव सबै प्रदेशमा कम्तीमा १–१ जलाशय आयोजना निर्माण गर्न विस्तृत अध्ययन सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै, लोडसेडिङ अन्त्य गर्न १० वर्षमा पाँच हजार मेगावाट बिजुली जलाशययुक्त आयोजनाबाट उत्पादन गर्ने लक्ष्य राख्दै ऊर्जा मन्त्रालयले यसअघि 'ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक, २०७२' ल्याएको थियो।

यस्तै, सरकारी कार्यक्रमअनुसार एकीकृत जलस्रोत विकास व्यवस्थापनमार्फत पर्यावरणीय सन्तुलन र दिगो हुने गरी सिँचाइ, ऊर्जा र खानेपानीको विकास गर्न बहुउद्देश्यीय जलाशययुक्त आयोजना कार्यान्वयनमा जोड दिइने उल्लेख छ।

सरकारले काठमाडौं–तराई फास्ट ट्र्याक आयोजना सरकारी स्रोतबाटै निर्माण गर्ने योजना पनि ल्याएको छ। प्रतिस्पर्धामा विदेशी कम्पनीलाई दिँदा विवाद तथा अनियमितताका खेल हुन थालेपछि यस्तो योजना ल्याइएको नीति तथा कार्यक्रमको आशय छ ।

नीति तथा कार्यक्रममा सबैभन्दा धेरै कृषि क्षेत्रको कुरा गरिएको छ। नेपालमा उत्पादित खाद्यान्न र पशुजन्य उत्पादनले घरेलु माग नधानेर विदेशबाट अर्बौंको खाद्यान्न र मासु आयात भइरहेको बेला सरकारले दुई वर्षभित्र खाद्यान्न र मासुमा आत्मनिर्भर बन्ने महत्वाकांक्षी योजना नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ।

मुलुकमा खाद्य असुरक्षा रहेको बेला दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने भन्दै आर्थिक वर्ष ०७३/७४ को नीति तथा कार्यक्रममा सरकारले कृषिमा लगानी बढाएर खाद्य सुरक्षा प्रमुख प्राथमिकता राख्ने जनाएको छ।

कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण गर्न आर्थिक वर्ष ०७३/७४ को बजेटमा कृषिमा लगानी बढाउने योजना सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रममा बजेट बढाउने प्रतिबद्धता सार्वजनिक गरे पनि कृषि मन्त्रालयले प्राप्त गरेको सिलिङमा बजेट बढाइएको छैन।

यस्तै एक घर एक रोजगारीको कार्यक्रम सरकारको अर्को 'पपुलिस्ट' कार्यक्रम हो

'नीति तथा कार्यक्रममा उल्लेख गरिएका अधिकांश घोषणा कार्यान्वयन गर्न यो सरकारले हैसियत नराख्ने, छोटो समयावधिको सरकारले युवालाई रोजगारी दिने कुरा भाषणमै सीमित रहने यसअघिका अर्थमन्त्रीका कार्यक्रमले पनि प्रमाणित गरिसकेका छन्।

सरकारले भूकम्पपीडितलाई जमानीमा ऋण, प्रत्येक नेपालीको बैंक खाता, नागरिकता तथा शैक्षिक प्रमाणपत्र धितोमा सहुलियत ऋणजस्ता 'पपुलिस्ट' कार्यक्रम पनि ल्याएको छ।

चाँडै नै सरकार परिवर्तन हुने हल्लाबीच आएको नीति तथा कार्यक्रमले चुनावि नारामात्र बोकेको अर्थविदको भनाइ छ। सरकारले गत वैशाखमा गएको भूकम्पले घरबार गुमाएका पीडितलाई नयाँ घर बनाउन बैंक, वित्तीय संस्थामार्फत दुई प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउने निर्णयलाई निरन्तरता र त्यसमाथि थप तीन लाखसम्म सामूहिक जमानीमा सहुलियत दरमा कर्जा उपलब्ध गराउने जनाएको छ। 
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस