सिआइबी राडरका व्यापारी बेपत्ता
१८ साउन २०८०
•
८ मिनेट पाठ
सिआइबी राडरका व्यापारी बेपत्ता
बालुवाटारस्थित चर्चित ललिता निवास। फाइल तस्बीर
बालुवाटारस्थित चर्चित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरी किनबेचमा संलग्न व्यावसायिक घरानाका व्यक्तिहरू बेपत्ता भएका छन्। सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी छाप दस्तखत किर्ते तथा संगठित अपराधमा पक्राउ गरी अनुसन्धान सुरु गरेपछि उनीहरू बेपत्ता भएका हुन्।

उनीहरूले भूमाफिया शोभाकान्त ढकाल, रामकुमार सुवेदी तथा अर्का व्यापारी मीनबहादुर गुरुङसँगको सेटिङमार्फत जग्गा किनेका हुन्। सोही आरोपमा प्रहरीले पक्राउ अनुमति लिएको तर उनीहरू भने अहिले मोबाइल अफ गरेर अन्य सबै प्रकारका सञ्चार सम्पर्कबाट विच्छेद भएको प्रहरीले जनाएको छ। ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हत्याउने क्रममा प्रत्यक्ष संलग्न नभए पनि सरकारी जग्गा हो भन्ने थाहा हुँदाहुँदै उनीहरूले सेटिङमार्फत जग्गा खरिद गरेका कारण अनुसन्धानको दायरामा तानिएको सिआइबीका एक उच्च अधिकारीले बताए।

सिआइबीका अनुसार ललिता निवास जग्गा प्रकरणमा तानिएका व्यापारीहरू हाल फरार रहेकाले उनीहरूको खोजीकार्य जारी छ। सिआइबी स्रोतका अनुसार विदेशी मदिराका व्यापारी सन्दीप सारडा, श्रीराम दूधका मालिक तथा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, हेभी इक्विपमेन्ट इम्पोर्टर श्रवण गोयल यतिबेला सिआइबीको पक्राउ सूचीमा छन्। उनीहरू अहिले नेपालमा नभएका कारण प्रहरीले पक्राउ गर्न सकेको छैन। गोयल सनराइज बैंकको संस्थापक सेयर सदस्य हुन्। गोविन्द संघाई, कैलाश गोयल, संगीता बोथरा पनि फरार छन्। उनीहरूलाई नेपाल फर्काउन दिल्ली प्रहरी र दुबई प्रहरीसँग सहकार्य भइरहेको स्रोतले जानएको छ।

सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्दा सरकारी दस्तखत तथा कागजात किर्ते प्रकरणमा अनुसन्धान सुरु गरेको सिआइबीले ४०६ जनालाई पक्राउ गर्न अनुमति लिएको थियो। तीमध्ये २१ जना पक्राउ परेका छन्।  
ललिता निवासको जग्गामा यसअघि अख्तियारले १७६ जनाविरुद्ध मुद्दा दायर गरेकोमा ६५ जनालाई भने जग्गा फिर्ताका लागि मात्रै प्रतिवादी बनाइएको थियो। मन्ती गोर्खाली, निर्मलादेवी गोयल, निकिता तुलाधर, उमा प्रसाईं, युरिशोभा तुलाधर, रेणुका बज्राचार्य, सुबिस्ता तुलाधर, अञ्जना तुलाधर, चन्द्रिका कंसाकार, सानुछोरी बज्राचार्यलगायतलाई जग्गा फिर्ता गर्न सुझाइएको थियो। तर उनीहरूले जग्गा फिर्ताको प्रक्रिया अघि बढाएका छैनन्। सुष्मा बज्राचार्य, सन्ध्या शाक्य, संगीता राखेचा, नुतन श्रेष्ठ, धर्मशोभा शाक्य, डिम्पल वंशल, सरिता मानन्धर श्रेष्ठ, गीता गौतम खनाल, नितु गुरुङ, रीता गौतम खनाल, रत्नहिरा बज्राचार्य, प्रवीण ताम्राकार, विजय ताम्राकार, माया शेर्पा गौचनका नाममा रहेको जग्गा पनि फिर्ता गर्नुपर्ने अख्तियारको दाबी छ। उनीहरू सबै मौन छन्। तर सिआइबीले जग्गा फिर्ता भए पनि नभए पनि उनीहरूविरुद्ध अनुसन्धान गरेर मुद्दा लगाउन सिफारिससहितको प्रतिवेदन तयार गरिरहेको बताइएको छ। सिपिका खेतानलाई भने प्रहरीले पक्राउ गरेर जग्गा फिर्ता गर्ने सर्तमा हाजिरजमानीमा छाडेको छ।  

महेशराज तुलाधर, द्वारिकादेवी श्रेष्ठ, इन्द्रदेव गुरुङ, इन्दु शर्मा, सन्दीप ढकाल, भवानी जोशी, भारती पाण्डे, विवेककुमार सुवेदी, केशव तुलाधर, अनितादेवी कंसाकार, अम्बिरमान ताम्राकार, अनिलमान ताम्राकार, गायत्री श्रेष्ठ, पञ्चनारायण महर्जन, राधा सिग्देल, मचाबाबु प्रजापति, रूपेशकुमार सुवेदी, सरोज ढकाल, पहलमान गुरुङ, पुरुषोत्तम पौडेल, विजेन्द्र जोशीलगायत यी जग्गाधनीविरुद्ध पनि अनुसन्धान गरी मुद्दा चलाउन सिफारिसको तयारी गरेको छ।

यतिबेला केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक तथा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडियालाई प्रहरीले पक्राउ गर्न सकेको छैन। ललिता निवासको सरकारी जग्गा केडियाका नाममा रहेको पाइएपछि सिआइबीले यस विषयमा अहिले अनुसन्धान गरिरहेको र त्यो थाहा पाएकाले उनी फरार छन्। केडिया तथा उनका आफन्तका नाममा ललिता निवासको जग्गा रहेको पाए पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा चलाएको थिएन। अख्तियारले केडियासहित व्यक्तिका नाममा रहेको जग्गा सरकारका नाममा ल्याउनुपर्ने भन्दै मुद्दा चलाएको थिएन।

नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल संघाई पनि फरार छन्। ललिता निवासको सरकारी जग्गा रहेको खुलेपछि प्रहरीले खोजी सूचीमा राखेकाले उनी फरार भएका हुन्।

संघाईले ललिता निवासको सिट नम्बर १०२५–१५ मा कित्ता नम्बर ५०१, ४५७, ५००, ४९७ र ४८९ का जग्गा आफ्नो नाममा किनेका थिए। उनलाई पनि जग्गा फिर्ता गर्ने सर्तमा अख्तियारले मुद्दा चलाएको थिएन। उनी यतिबेला देशबाहिर रहेको प्रहरीको दाबी छ। संघाई यसअघि नक्कली कर चुक्ता प्रमाणपत्र पेस गरेको अभियोगमा पक्राउ परेका थिए।नेपालमा किया गाडीका बिक्रेता पुरुषोत्तम पौडेल पनि सिआइबीको खोजी सूचीमा हुन्। कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष र कार्यकारी निर्देशकसमेत रहेका पौडेल अहिले फरार छन्। काठमाडौं रहेका पौडेलका नाममा सिट नम्बर १०२५–२० मा कित्ता नम्बर ९२ को जग्गा छ। उनी पनि देशबाहिर रहेको प्रहरीको दाबी छ। इन्दु शर्माका नाममा पनि ललिता निवासको जग्गा भेटिएको छ। इन्दुका नाममा सिट नम्बर १०२५–२० को कित्ता नम्बर ९६, १०५, १०७, १०९, १११, ७३, सिट नम्बर १०२५–१९ को ७२, ७६, १९ र २१ नम्बर कित्ताका करिब १३ रोपनी जग्गा रहेको देखिन्छ।

गोयल समूहका अध्यक्ष तथा सनराइज बैंकका संस्थापक सेयरधनी कैलाशचन्द्र गोयल पनि ललिता निवास प्रकरणमा मुछिएपछि फरार छन्। कैलाशचन्द्र गोयलको डिएलएफ डेभलपर्सका नाममा ललिता निवासको १९ रोपनी जग्गा देखिएको छ। गोयल समूहले बैंकदेखि निर्माण कम्पनीहरूसमेत सञ्चालन गर्दै आएको छ। सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा पनि प्रहरीको खोजी सूचीमा छन्। विराटनगरको औद्योगिक घराना सारडा ग्रुपमा सञ्चालक शिवरतन प्रहरीले खोजी गरेपछि भारततर्फ भागेको दाबी गरिएको छ। सारडा दाजुभाइले व्यापारी मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल, रामकुमार सुवेदीसँग जग्गा खरिद गरेका थिए। प्रहरीले पक्राउ गर्ने थाहा पाएपछि विराटनगरका व्यापारीहरूले सारडा ग्रुपका अध्यक्ष र सदस्यलाई पक्राउ नगर्न सरकारसँग लबिङ नै गरेका थिए। सिआइबीले खोजी गरेपछि विराटनगरमा रहेका शिवरतन सारडा, उनका छोरा सन्दीपकुमार, भाइ श्रीनिवास, राधेश्याम, पवनकुमार फरार भएका छन्। सञ्जयकुमार चाचन, प्रमोद गुरुङलगायत व्यापारी पनि फरार रहेको प्रहरीले जनाएको छ।  

अनुसन्धान भइरहेकाले यस प्रकरणमा मुछिएका जोकोही जुनसुकै बेला पनि पक्राउ पर्न सक्छन्।– किरण बज्राचार्य, प्रमुख, सिआइबी

सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्दा सरकारी दस्तखत तथा कागजात किर्ते प्रकरणमा अनुसन्धान सुरु गरेको सिआइबीले ४०६ जनालाई पक्राउ गर्न अनुमति लिएको थियो। तीमध्ये २१ जना पक्राउ परेका छन्। सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले अनुसन्धान भइरहेकाले सो जग्गामा मुछिएका जोकोही जुनसुकै बेला पक्राउ पर्न सक्ने बताइन्। ‘प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धान नसकिएसम्म फरार सूचीमा रहेका पक्राउ पर्न सक्छन्, हामीले अनुसन्धानको सूचीमा रहेका सबैलाई अनुसन्धानको दायरामा ल्याउने कोसिस हुनेछ,’ एआइजी बज्राचार्यले भनिन्।  

बयानमा कसले के भने ?

देवान्सी गोयल

मेरो नाममा बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र कित्ता नं. ७४२ क्षेत्रफल २५४ –३२ वर्ग मिटर जग्गा छ। मैले उक्त जग्गा मनोज कुमार गौतमसँग मिति २०७१ कात्तिक १४ गते २४ लाखमा सज्जनकुमार चाचनसँग मिली संयुक्त रूपमा खरिद गरेकी हुँ। उक्त जग्गा सरकारी हो भनी मलाई थाहा थिएन।

सज्जनकुमार चाचन

मैले खरिद गरेको कि.नं. ७४२ को जग्गा ललिता निवासभित्रको जग्गा हो भन्ने थाहा थिएन। उक्त जग्गा मनोजकुमार गौतमसँग मिति २०७१ कात्तिक १४ गते मालपोत कार्यालयबाट राजीनामा रजिस्ट्रेसन पास गरी रू. २४ लाखमा म र छोरी देवान्सी गोयलका नाममा संयुक्त रूपमा खरिद गरिएको हो।

निर्मलादेवी गोयल

बालुवाटारमा मेरो नाममा भएका कित्ता नं. ५४०, २१२, २५७, ५४४, ५५८ र ५७८ का जग्गाहरू छन्। ती जग्गाहरू सरकारी भएको जानकारी मलाई भएन, त्यस्तो जानकारी भएको भए सो जग्गा म किन्ने नै थिइनँ। मैले ती जग्गाहरू शोभाकान्त ढकाल तथा रामकुमार सुवेदी र रजनी पनेरूबाट नेपाल सरकारको कानुनबमोजिम रजिस्ट्रेसन शुल्क बुझाई खरिद गरेको हुँ।

सिपिका खेतान

बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र मेरा नाममा कायम रहेका जग्गाहरू मेरो पति नवीन खेतानले भनेपछि १२ वर्षअगाडि मीनबहादुर गुरुङसँग किनेको हुँ।

डिम्पल वंशल

मेरो नाममा काठमाडौं जिल्ला बालुवाटारमा कित्ता नं. ४७२ को जग्गा रहेको छ। यो जग्गा मैले मीनबहादुर गुरुङसँग एनडिइपी बैंकबाट लोन गरेर लिएको हो। उक्त जग्गा मैले डोर कार्यालयमार्फत लिखत गरी ७ लाख रूपैयाँ आनाको दरले लिएको थिएँ। जग्गा बिक्रीमा छ भनेर मैले नवीन खेतानबाट थाहा पाएको हुँ। उक्त जग्गा सरकारी हो भनेर मलाई कुनै जानकारी थिएन।

गोविन्दलाल संघाई

मेरो नाममा बालुवाटारस्थित ललिता निवास क्याम्पमा कित्ता नं. ४५७ र कि.नं. ५०० का दुई कित्ता जग्गा अगम ढुंगानाबाट रु. १ लाखमा खरिद गरेको र ऐ.ऐ.मा रहेको कि.नं. ४९७ र कित्ता.नं. ४८९ का जग्गा चमेली श्रेष्ठको अ.वा. मीनबहादुर गुरुङबाट मिति २०६४ भदौ ६ मा खरिद गरेको हुँ। ऐ.ऐ. को कि.नं. ५०१ क्षेत्र जग्गा सरस्वती घले गुरुङबाट २५ लाख ३१ हजार रूपैयाँमा खरिद गरेको हुँ। ती जग्गाहरू सरकारी हो भन्ने मलाई जानकारी थिएन।

मनोजकुमार केडिया

मेरो नाममा बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र कित्ता नं. २२५, ४०६, ५२३, ५२१, ६३१, ६३३, ६३४, ६३७ का जग्गाहरू छन्। मैले ती जग्गा सरोज ढकाल र रूपेशकुमार सुवेदीबाट म मनोजकुमार केडिया, शोभाकान्त ढकाल र रामकुमार सुवेदीले मिली २०६५ मंसिर ११ मा खरिद गरी तथा शोभाकान्त ढकाल र रामकुमार सुवेदीसमेत दुईजनाको हकहिस्सा जम्मा रु. ३ करोड ३६ लाख ८० हजारमा पटकपटक गरी किनेको हुँ। जग्गाका काम गर्ने मान्छेहरूले बालुवाटारमा जग्गा रहेको भनी शोभाकान्त र रामकुमार सुवेदीलाई भेट्टाइदिनुभएको थियो। ती जग्गाहरू मालपोत कार्यालय डिल्लीबजारबाट पास गरेको हुँ।
अर्को समाचार
ललिता निवास फैसला: गृहमन्त्रीले दिए अदालत र न्यायाधीशहरूलाई धन्यवाद
०४ फागुन २०८०
•
१ मिनेट पाठ
ललिता निवास फैसला: गृहमन्त्रीले दिए अदालत र न्यायाधीशहरूलाई धन्यवाद
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गरेको भन्दै धन्यवाद दिएका छन्।

उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन। गृहमन्त्री श्रेष्ठले फैसला गर्ने अदालत र न्यायाधीशहरूप्रति आधार व्यक्त गर्दै धन्यवाद दिएका हुन्।

उनले भनेका छन्, ‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ।

जालसाजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्‍यो। विशेष अदालत र न्यायाधीशहरूप्रति हार्दिक आभार र धन्यवाद।’

विशेष अदालतले बिहीबार विशिष्ट व्यक्तिहरू जोडिएको र ७० को दशकमै चर्चित मुद्दा ललिता निवास जग्गा प्रकरणको फैसला सुनाएको छ। फैसलामा राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिँदै पूर्व कर्मचारी, बिचौलिया र जग्गा खरिदकर्तालाई दोषी ठहर गरिएको छ।

अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले १७५ जना जोडिएको भ्रष्टाचार मुद्दामा जग्गा जफत गर्ने निर्णयसहित बढीमा प्रतिव्यक्ति दुई वर्ष कैद र ८० लाख रुपैयाँसम्म जरिवाना ठहर गरेको हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस