१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौँ–बेग्लाबेग्लै दुर्घटनामा मंगलबार तीनजनाकाे मृत्यु भएकाे छ।

चितवन रत्ननगर नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा बुधबार पर्सा मटिहानी–५ बस्ने ३५ बर्षीय  रामेश्वर मुखिया बिनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा उनको मृत्यु भएको छ। गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।    

सुर्खेत बिरेन्द्रनगर नगरपालिका–१ स्थित सोलीघोप्टेबाट टेप्पोपार्कतर्फ आउदै गरेको भे.६ प २२४५ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने कर्ण बहादुर सुनारको ३ बर्षीय छोरा अनुपण सुनारलाई ठक्कर दिँदा गम्भीर घाइते भएकोले उपचारको लागि क्षेत्रीय अस्पताल सुर्खेत पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

झापा घेराबारी–३ स्थित लक्ष्मिपुर घेराबारी सडक खण्डमा मंगलबार मे.१ त २७९७ नम्बरको गिटी बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट अंदाजी ७ मिटर तल खाल्टोमा पल्टेर दुर्घटना हुँदा ट्याक्टरमा काम गर्ने केचना– १ बस्ने ३२ बर्षीय रुपलाल माझीको गिटीले थिचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २१ मंसिर २०७३ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App