१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

विमानस्थलमा चरेश सहित पक्राउ परेका टर्किस नागरिक ओजगुर टान।

काठमाडौं – लागूऔषध नियन्त्रण ब्युरोका अधिकारी सोमबार अपरान्हदेखि ठमेलमा चरेश बेच्ने प्रहरीको खोजीमा सक्रिय छन्। ब्युरोले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका टर्कीस नागरिकको बयानको आधार आफुलाई प्रहरी बताउने चरेश विक्रेताको खोजी तिब्र पारेको हो।

ब्युरोका अनुसार सोमबार अपरान्ह १२:५५ को फ्लाईटबाट  टर्कीको इस्तानबुल जान हिडेका राहदानी नम्बर यु ०२३७३७०५  बाहक बर्ष ४४ का टर्किस  ओजगुर टानले बयानमा आफुलाई प्रहरी बताउने ब्यक्तीले चरेश बेचेको बताएका हुन्। ब्युरोले टर्कीस एयरको  फ्लाईट नंम्बर टिके सात दुई सातमा उड्ने तयारीमा रहेका टानलाई ६ किलोग्राम चरेश सहित पक्राउ गरेको थियो। टानले सुटकेशको पिधमा फल्स बटम बनाएर चरेश लुकाएका थिए। विमानस्थलको प्रस्थान कक्षमा रहेको एक्सरेमा शंकास्पद बस्तु देखिएपछि ब्युरोका अधिकारीले टानलाई नियन्त्रणमा लिएर सुटकेश जाँच गर्दा चरेश फेला पारेको हो।

‘ठमेलबाट चरेश खरिद गरि सोही स्थानमा सुटकेशमा फल्स बटम बनाएर लुकाएको बयानमा बताएका छन, आरोपीलाई सघाउनेले आफुलाई प्रहरी बताएको बयानका आधारमा मुख्य विक्रेताको खोजी भै रहेको छ,’ ब्युरोका प्रमुख डिआईजी जयबहादुर चन्दले भने। उनका अनुसार चरेश विक्रेताले टानलाई आफु प्रहरी भएको र विमानस्थलमा रहेको एक्सरे मेशिनले पत्ता लगाउन नसक्ने भन्दै विक्री तथा ब्यवस्थापन गर्न सहयोग गरेका थिए।

ब्युरोका एसएसपी गणेश केसीका अनुसार पक्राउ परेका टान चरेशका दुब्र्यसनी र पर्यटक पथ प्रर्दशक हुन। उनले चरेश टर्कीमा औषधी हुने भन्दै लैजान लागेको बताएका छन।

‘युरोप र एशिया दुबैलाई छोएको टर्कीमा लागुऔषधको बजार राम्रो छ, पक्राउ आरोपी बाहेक ब्युरोले बराबर टर्कीसलाई पक्राउ गर्दै आएको छ’ एसएसपी केसीले भने।

 

प्रकाशित: २१ मंसिर २०७३ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App