१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारी वकिल सम्मेलन भोलि

काठमाडौं- राजधानीमा सरकारी वकिलहरूको पहिलो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु हुँदैछ। तीनदिनसम्म हुने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। सरकारी वकिलले बुधबार पत्रकार सम्मेलन गरी 'प्रभावकारी अभियोजन सुदृढ प्रतिरक्षा, व्यावसायिक सरकारी वकिल हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ संविधानले प्रत्याभूत गरेको मानवअधिकार संरक्षणमा साझा धारणा तय गर्न सम्मेलन गर्न लागिएको जानकारी गराएका हुन्।

नायब महान्यायाधिवक्ता राजेन्द्र सुवेदीले भने, 'सरकारको निगाहामा हामी निकै पछाडि छौं। सरकारको प्राथमिकतामा सरकारी वकिल पर्न सकेका छैनन्।'

महान्यायधिवक्ता रमन श्रेष्ठले प्रहरी र सरकारी वकिलबीचमा रहेको इगो कम गर्न पनि सम्मेलनले सघाउने बताए। उनले भने, 'सरकारी वकिल र प्रहरीबीच इगो छ। प्रहरी प्रमुख हाम्रोमा नआउने, हामी उनीहरूकहाँ नजाने, यस्तो द्वन्द्वलाई समाधान गर्नुपर्ने भएको छ।' दुवै सरकारी निकाय भए पनि एकरुपता हुन नसकेको श्रेष्ठले बताए।

सरकारका लागि सरकारी वकील कार्यालय महत्वपूर्ण हुन नसकेको उनले बताए। उनले भने, 'सरकारको ध्यान पुग्न सकेको छैन। त्यसैले हामीले सम्मेलनमार्फत पनि ध्यानाकर्षण गराउने एउटा आधार बन्नेछ भन्ने आशा लिएका छौं।'

सम्मेलनमा ३५२ जना सरकारी वकिलको सहभागिता रहनेछ। सम्मेलनमा ३० वटा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ।

प्रकाशित: ७ पुस २०७३ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App