१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

श्रीलंकाको कप्तानमा थरांगा

कोलम्बो- श्रीलंकाले यसै साताको अन्त्यमा दक्षिण अफ्रिकाविरुद्ध सुरु हुने एक दिवसीय शृंखलाका लागि उपुल थरांगालाई बुधबार कप्तानको जिम्मेवारी दिएको जनाएको छ। नियमित कप्तान एन्जेलो म्याथ्युज घाइते भएपछि उनको स्थानमा थरांगालाई कप्तानीको जिम्मेवारी दिइएको हो।

श्रीलंकाले घरेलु टोलीविरुद्ध ५ एक दिवसीय शृंखला खेल्नेछ। शृंखलाको पहिलो खेल शनिबार पोर्ट एलिजाबेथमा हुनेछ।

आइतबार जोहान्सबर्गमा  सम्पन्न दोस्रो ट्वान्टी–२० का दौरान  म्याथ्युजको कुर्कुच्चामा चोट लागेपछि स्वदेश फर्किएका थिए।  

प्रकाशित: १३ माघ २०७३ ०४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App