१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सेमिफाइनल पुग्यो बालुवाटार

काठमाडौं- मञ्जित श्रेष्ठको अर्धशतकप्रेरित सुरक्षा क्रिकेट क्लबले बिहीबार नेपाल क्रिकेट स्कुललाई ४० रनले पराजित गर्दै खुकुरी च्यालेन्जर्स कप क्रिकेटको अन्तिम ४ मा स्थान बनाएको छ। मञ्जितले ३२ बलमा ४ छक्का र ३ चौकासहित ५७ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको सुरक्षा क्रिकेटले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो। मञ्जितले २८ बलमा अर्धशतक पूरा गरेका थिए। अभिनाष कर्णले ३० र प्रेम तामाङले २० रन बनाए।

नेपाल क्रिकेटका पार्थिव यादवले ३ विकेट लिए। बोबिन शर्माले २ विकेट लिदाँ रिजन ढकाल र अनिल शाहको नाममा १/१ विकेट रह्यो।

१ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल क्रिकेटले ९ विकेट गुमाएर १ सय १८ रन मात्र बनाउन सक्यो। नेपाल क्रिकेटका लागि सौरभ पेलाले सबैभन्दा बढी २२ रन बनाए। अनिलले २१, जितेन्द्र ठकुरीले १४, दीपेशदासले १३, सुनिल थापाले १२ तथा रुपेश श्रेष्ठले १० रन बनाए।

सुरक्षा क्रिकेटका रामनरेश गिरी, प्रेम तामाङ र योगेन्द्र कार्कीले समान २/२ विकेट लिए भने नवीन थापा र बुद्धि द्वारुयाले १/१ विकेट लिए।

बिहीबारै बालुवाटार क्रिकेट क्लबले काठमाडौं क्रिकेट टे्रनिङ सेन्टर (केसिटिसी)को ‘बी’ टोलीलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। भक्तपुर सल्लाघारीस्थित विरेन्द्र सैनिक आवासीय महाविद्यालयको मैदानमा टस जितेर ब्याटिङ गरेको केसिटिसी ‘बी’ले १९.५ ओभरमा सबै विकेट गुमाएर ८४ रन बनाएको थियो। ८५ रनको लक्ष्य बालुवाटारले १३.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो।

केसिटिसी ‘बी’का अस्चल चौधरीले २८, सुवास खत्रीले १६ र भर्तेन्दुले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। बालुवाटारका रिकेश लामाले ४ विकेट लिए।

बालुवाटारका शैशभ केसीले अविजित ३७ रन बनाए भने रोहित पौडेलले २३ रन बनाए। नवीन ठकुरी १० रनमा अविजित रहे। केसिटिसीका भोज भट्ट र शंकर पौडेलले १/१ विकेट लिए।

प्रकाशित: १४ माघ २०७३ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App