१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको फराकिलो हार

काठमाडौं- पाकिस्तानका ओपनर मती उल्लाह र रिसत खानले शुक्रबार अविजित शतकीय साझेदारी गरेपछि नयाँ दिल्लीमा जारी दृष्टीविहिन ट्वान्टी–२० विश्वकपमा नेपाल १० विकेटले पराजित भएको छ। नयाँ दिल्लीमा टस हारेर ब्याटिङलाई निम्त्याइएको नेपालले ८ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो। नेपालका लागि सुनील रानामगरले सबैभन्दा धेरै ४० रन बनाए। ४० बल सामना गरेका सुनीलले ७ चौका प्रहार गरेका थिए। ओनपर रमेशबहादुर बानियाले १५ रन जोडे। लोकबहादुर थापाले १० र कप्तान कृतन श्रेष्ठ दुवालले ७ रन बनाउनुवाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन्। पाकिस्तानका सना उल्लाह खानले २ विकेट लिए भने रिसत र मोहम्मद आएजले १/१ विकेट लिए।

१ सय १७ रनको लक्ष्य पाकिस्तानले ७.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो। पाकिस्तानका लागि मतीले ३५ बलमा ९ चौका सहित अविजित ५० रन बनाए भने रिसतले २० बलमा १ चौका र १ छक्का सहित अविजित ५६ रन बनाए।

नेपाललाई कप्तान कृतनको ओभर महंगो सावित भयो। ५ बल फालेका कृतनले ३१ रन दिएका थिए। उनले ४ नोबल र १ वाइड फालेका थिए। प्रतियोगितामा नेपालको यो तेस्रो हार हो। पहिलो खेलमा अस्ट्रेलियसँग १० विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ५९ रनले पराजित भएको थियो। तेस्रो खेलमा भने नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो। पाँच खेल खेलेको पाकिस्तान सतप्रतिशत नजित निकाल्दै शीर्ष स्थानमा छ। नेपाल छैटौं स्थानमा छ। नेपालले शनिबार वेस्ट इन्डिजविरुद्ध खेल्नेछ।

प्रकाशित: २२ माघ २०७३ ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App