१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'रक एन्ड रोल' पिताको निधन

‘रक एन्ड रोल’ संगीत जेनराका पिता चाल्र्स एडवार्ड एन्डरसन बेरी सिनियर (चक बेरी)

सिकागो–अमेरिकी प्रसिद्ध संगीतकार एंव ‘रक एन्ड रोल’ संगीत जेनराका पिता चाल्र्स एडवार्ड एन्डरसन बेरी सिनियर (चक बेरी) को सेन्ट लुइस, मिसोउरीस्थित आफ्नै घरमा शनिबार मृत्यु भएको छ।

गीतकारका रुपमा उदाएका बेरी रक एन्ड रोल संगीतअन्तर्गत ‘जोनी वि गुड’, ‘स्वीट लिटल सिक्सटिन’ र ‘रोल ओभर विथोवन’ जस्ता विश्व प्रसिद्ध गीतका लेखक तथा गायका थिए।

सन् १९५० को दशकमा पहिलो प्रसिद्ध अमेरिकी गितारबादक र गीतकारका रुपमा उदाएका बेरी रक एन्ड रोल संगीतअन्तर्गत ‘जोनी वि गुड’, ‘स्वीट लिटल सिक्सटिन’ र ‘रोल ओभर विथोवन’ जस्ता विश्व प्रसिद्ध गीतका लेखक तथा गायका थिए। सात दशक लामो सांगितिक यात्रा बिताएका बेरीले ९० वर्षेका थिए।

उनले सन् १९८४ मा ग्रामी लाइफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका थिए । उनी रक एन्ड रोल संगीतलाई विश्वप्रसिद्ध बनाउने मध्येका एक थिए। अमेरिकाको मिसौरी राज्यका प्रहरीले उनको मृत्युको पुष्टि गरेको छ।

 ‘बेरीको मृत्युको खबर बाहिर ल्याउने एक प्रत्यक्षदर्शीले बताएअनुसार शनिबार दिउँसो बेरीलाई भेट्दा उनले कुनै प्रतिक्रिया नजनाएपछि उनका सहयोगीले उनलाई होसमा ल्याउन प्रयास गरेका थिए तर प्रयास विफल भएन र अन्ततः उनलाई दिउँसो १ बजेर २६ मिनेटमा मृत घोषणा गरियो ।’ प्रहरीको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्रकाशित: ७ चैत्र २०७३ ०७:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App