coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टाेले गुण्डा योगेन्द्र लामा 'वाला' पक्राउ, प्रहरीले बनायाे १२२ जनाकाे सूचि

काठमाडाैं– महानगरीय प्रहरी अपराध महाशाखाले योगेन्द्र लामा 'वाला'लाई पक्राउ गरेको छ। व्यवसायीसँग जवर्जस्ती रकम असुलीको आरोपमा शुक्रबार महाशाखाले उनलाई लाजिम्पाटमा पक्राउ गरेको  हो।

महाशाखाका अनुसार वाला उपत्यकामा विभिन्न अपराधमा संलग्न छन् । २०७० मा सीताराम श्रेष्ठ र सुवास राउतलाई खुकुरी हानेको र २०६७ मा बौद्धमा लुटपाट गरेको अभियोग छ।

महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले अपराधमा संलग्न उपत्यकाका १ सय २२ जनाको सूचि बनाएर खोजी शुरु गरेको छ।

प्रहरीको 'ए' सूचिमा सूचिमा दीपक मनाङ्गे,समिरमान बस्नेत,चक्रे मिलन, राजु गोर्खाली, गणेश लामा, रोज राणा लगायत १२ जनाको नाम छ।

'बी'मा रमेश सुनुवार संजीव लामासहित ३०, 'सी' मा ४७ र 'डी' समूहमा ३३ जनाको नाम छ ।

परिसरले कुमार गोले, मीन लामा, नानीबाबु थापा, सागर थापा,कर्मा घले, ज्याक गुरुङ, कोते गुरुङ, पुनम कार्की, सशांक श्रेष्ठ र मुन लामालाई पक्रेर हिरासतमा राखेको छ।

प्रकाशित: २५ चैत्र २०७३ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App