१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दीपकलाई ‘राज्जा रानी’को दुई लाख

काठमाडौं– चार वर्षदेखि घाँटीमा मासु पलाएर अस्वस्थ रहेका अभिनेता दीपक क्षेत्रीलाई फिल्म ‘ राज्जा रानी’ले दुई लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । 

यही फिल्ममा अभिनेत्रीका पिताको भूमिका निर्वाह गरेका कलाकार क्षेत्रीलाई फिल्मका निर्माता एमके पौडेल, निर्देशक यम थापा, अभिनेता नाजिर हुसेन र अभिनेत्री केकी अधिकारीसहितको टोलीले क्षेत्रीको डिल्लीबजारस्थित डेरामै पुगेर उक्त रकम प्रदान गरेको हो । 

५६ वर्षे क्षेत्रीको उपचारका लागि गत फागुन १८ गते फिल्मले नेपालगञ्ज सेटमै रकम संकलन थालनी गरेको थियो । ‘डबिङमा उहाँको वास्तविक आवाज रेकर्ड होस् भन्ने हामी चाहन्छौं,’ निर्माता पौडेलले भने ।
दीपकले टोलीसँग निजी क्षेत्रबाट सक्दो सहयोग भए पनि सरकारले आफ्नो उपचारमा वास्ता नगरेको भन्दै दुःखेसो पोखेका थिए ।

२०४१ मा फिल्म ‘विश्वास’बाट अभिनय थालेका क्षेत्रीले डेढ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनकी अभिनेत्री पत्नी विपना बस्नेतले शल्यक्रियाका लागि आफूहरु जुट्ने जानकारी दिइन् । 

घाँटीको समस्याले कलाकार क्षेत्रीको स्वर सुकिसकेको छ । सुकेको स्वरमै उनले केही फिल्ममा समेत अभिनय गरेका छन् ।

कलाकार क्षेत्रीलाई यसअघि अमेरिकामा बस्दै आएका फिल्मकर्मीको समूहबाट ५ लाख र यूकेका नेपाली समुदाय तथा क्षेत्री समाज यूकेबाट ३ लाख रुपैंयाँ सहयोग प्राप्त भएको छ ।

प्रकाशित: ६ वैशाख २०७४ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App