१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेलले ल्यायो नयाँ अफर, २५० रुपैयाँमा १.२ जिबी डाटा

काठमाडौं— देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ। यो अफर अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्नेछन्। 

३०० एमबी, ६०० एमबि र १२०० एमबीका प्याकहरुको समयावधि ३० दिन रहेको छ र २५ एमबी र ६० एमबी का प्याकको समयावधि ३ दिनको रहनेछ। 

नयाँ डेटा प्याकहरु यही बिहीबार  (वैशाख ०७ ) देखि लागू भएको छ। इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत यस अघि ल्याइएको अफर सकिएपछि एनसेलले फेरि नयाँ अफर ल्याएको हो। यो योजना अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब न्युनतम ६ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको पाउनेछन्।

ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र राति ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार जति पटक पनि खरिद गर्न सक्छन्। 

अल टाइम डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकले रु १० मा २५ एमबी, रु २० मा ६० एमबि, रु १०० मा ३०० एमबी, रु १५० मा ६०० एमबी र मात्र रु २५० मा १२०० एमबी डेटा खरिद गर्न सक्नेछन्।

डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन्। अर्थात् डे डेटा प्याक अन्तर्गत ग्राहकले मात्र रु २५० मा २४०० एमबी डेटाको मजा लिन सक्नेछन्। त्यस्तै नाइट प्याक अन्तर्गत ग्राहकले रु २५० मा ४८०० एमबी डेटाको मजा लिन सक्नेछन्। 

यसरी डे डेटा प्याक अन्तर्गत ग्राहकले न्युनतम ११ पैसा प्रति एमबीसम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ६ पैसा प्रति एमबीसम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन्। ३०० एमबी, ६०० एमबि र १२०० एमबीका प्याकहरुको समयावधि ३० दिन रहेको छ र २५ एमबी र ६० एमबी का प्याकको समयावधि ३ दिनको रहनेछ। 

‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप हामीले डेटा शुल्कलाई थप परिमार्जित गर्दै र अझ सुलभ बनाउँदै यो अफर ल्याएका छौं। यो अफरले बढी भन्दा बढी ग्राहकमा इन्टरनेट सेवाको पहुच पुर्‍याइ त्यसबाट लाभ लिन मद्दत पुर्याउने विश्वास छ,’ एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भने। 

एनसेल ग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन्। उल्लेखित शुल्कहरु सबै कर सहित हुन्। यो अफर ९० दिनको लागि मान्य हुनेछ।

 

प्रकाशित: ८ वैशाख २०७४ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App