१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

केडिया अपहरणका 'मास्टरमाइन्ड' बब्लुको अदालतमै गोली हानी हत्या

नेपाल प्रहरीले चार वर्षअघि पक्राउ गरेका बब्लु दुवे। फाइल तस्विर

काठमाडौं—वीरगञ्जका व्यापारी सुरेश केडियाको अपहरणका मुख्य योजनाकार भारतीय अपराधी बब्लु दुबे अदालत परिसरमै मारिएका हुन्। गत वर्ष भएको विरगञ्जका व्यापारी केडियाको अपहरणको अनुसन्धानमा दुबे मुख्य योजनाकार रहेको खुलेको थियो। उनी बिहीबार भारत विहारको बेतिया कोर्ट परिसरमै मारिएका हुन्।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार २ वटा बाइकमा आएका हतियारधारी समूहले उनलाई बेतिया अदालत परिसरमै गोली हानेर मारेका हुन्। उनलाई पाँच राउण्ड गोली लागेको र घटनास्थलमै उनको मृत्यु भएको थियो।

२ वटा बाइकमा आएका हतियारधारी समूहले उनलाई बेतिया अदालत परिसरमै गोली हानेर मारेका हुन्। उनलाई पाँच राउण्ड गोली लागेको र घटनास्थलमै उनको मृत्यु भएको थियो।

नेपालमा लुकेर बसेका उनलाई चार वर्ष अगाडि काठमाडौंको सितापाइलामा पक्राउ गरी भारत बुझाइएको थियो। उनले भारतको कारागारबाट समूह परिचालन गरेर वीरगञ्जका व्यापारी केडियाको अपहरण गरेर भारत पुर्‍याएका थिए। २०७३ जेठमा अपहरणका परेका केडियालाई नेपाल र भारत प्रहरीको संयुक्त प्रयासमा भारतमै अपहरणमुक्त गरेर नेपाल ल्याइएको थियो।

अनुसन्धानमा चञ्चला पाण्डे, वीरेन्द्र यादव, जियालाल यादव लगायत पाँच जना पक्राउ परेपछि बब्लुको योजनामा चञ्चलाले केडियाको अपहरण गरेर भारत पुर्‍याएर बन्धक बनाएको खुलेको थियो। बब्लु भारतीय जेलमा रहेकाले उनी अनुसन्धानको दायरामा आएनन्।

रोचक के छ भने भारत पूर्वी चम्पारण मोतिहारीका बब्लु ४ वर्ष अगाडि नेपालमै पक्राउ परेका अपराधी हुन्। भारतीय सुरक्षा अधिकारीको मोष्ट वान्डेट सूचीमा रहेका उनी नेपालमा लुकेर बसेको भारतीय सुरक्षा अधिकारीको सूचनाको आधारमा अञ्चल प्रहरी कार्यालय नारायणीको प्रहरी टोली काठमाडौं आएर उनलाई पक्राउ गरेको थियो।

विहारको कुख्यात अपराधी भारतीय कुख्यात अपराधी शन्तोष झाका मुख्य सहयोगी बब्लुमाथि भारतमा हत्या, अपहरण र रकम असुलीका ३६ घटना दर्ता थियो। भारतीय प्रहरीले खोजी शुरु गरेपछि नेपालको वीरगञ्जमा आएर बसेका उनी २०७० जेठ १५ मा सितापाइलाको एक अर्पाटमेन्टबाट पक्राउ परेका थिए।

नेपालमा रहँदा उनले वीरगञ्जका व्यापारीहरुलाई फोनमार्फत धम्क्याएर रकम माग्ने गरेको दावी गरिए पनि पक्राउ लगत्तै उनलाई भारत लगिएको थियो। प्रहरीले उनीविरुद्ध नेपालमा आपराधिक घटना दर्ता नभएको भन्दै सार्वजनिक अपराधमा केही दिन बारा प्रहरीको हिरासतमा राखेर अनौपचारिक रुपमा भारतीय प्रहरीलाई बुझाएको थियो।

हिन्दुस्तान टाइम्सका अनुसार उनीविरुद्ध विहारमा ७० आपराधिक मुद्दा थिए। नेपालले बुझाएपछि विहार प्रहरीले उनीविरुद्ध जवाहर साहको हत्या मुद्दा अघि बढाएको थियो। अदालतमा सो मुद्दामा सुनुवाई चलिरहेको थियो। बिहीबार सुरक्षा घेरामा उनलाई अदालत पुर्‍याइएको थियो।

अदालत परिसरमा गोली लागेर उनी ढलेपछि उपचारका लागि महारानी जानकारी कुँवर अस्पताल पुर्‍याए पनि चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए। उनको हत्यामा प्रतिष्पर्धी समूह संलग्न रहेको भारतीय सुरक्षा अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

 

प्रकाशित: २८ वैशाख २०७४ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App