१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'रुद्र'मा 'नेगेटिभ' निखिल

काठमाडौं- अभिनेता तथा निर्देशक निखिल उप्रेतीलाई पहिलोपटक खलपात्रको भूमिकामा प्रस्तुत गरिएको फिल्म 'रु›'को ट्रेलर सार्वजनिक भएको छ। फिल्म युनिटले राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरेको हो।

आफ्नै ब्यानर निखिल उप्रेती प्रोडक्सनबाट फिल्म निर्माण गरेका निखिलले फिल्म रोचक प्रेमकथामा निर्माण भएको बताए।

'अलि फरक खालको प्रेमकथा पस्कने प्रयास गरेका छौं। सारा र विश्वको प्रेमलाई डिस्टर्ब गर्ने चरित्रमा छु। उनीहरुलाई मैंले दिएको दुःखमा दर्शकले पीडा महसुस गर्नुहुन्छ भन्ने विश्वास छ,' निखिलले भने, ' संसारमा सबैजसो युद्ध प्रेमकै कारणले हुन्छन्। फिल्म पनि हर हालमा युवतीको प्रेम प्राप्त गर्ने जोडीको केन्द्रमा रहेर तयार गरिएको छ।' कार्यक्रममा निखिलले आफूले फिल्ममा समावेश गरेका द्वन्द्वका दृश्य भने अरु फिल्मबाट साभार गरेको स्वीकार गरेका थिए।

'फिल्ममा रहेका द्वन्द्वका दृश्य हामीले अरु फिल्मबाट ग्रहण गरेका छौं। तर, कथा हाम्रै हो। यो सबै हाम्रो दर्शकलाई नयाँपन दिने प्रयास हो,' निखिलले भने।

रामजी लामिछाने निर्देशित फिल्मबाट विश्व शर्मा र साराले डेब्यु गरेका छन्। उनीहरूबाहेक रोय दीप, „ुव कोइराला, ज्याक श्रेष्ठ, भाष्कर ओली, अनिल पाण्डेको पनि अभिनय छ। फिल्ममा विश्व प्रोडक्सनको पनि सहकार्य छ।

फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन छ। फिल्म साउन १३ गतेबाट रिलिज हुँदैछ।

प्रकाशित: ४ असार २०७४ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App