२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

विद्यार्थीलाई रेखाको छात्रवृत्ति

काठमाडौं- गायिका रेखा शाहले आफ्नो संस्था रेखा शाह फाउन्डेसनमार्फत राजधानीको एक विद्यालयमा विभिन्न कक्षामा पढ्ने १० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरेकी छिन्।

गत शुक्रबार उनले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ मा रहेको जोन एकेडेमी इङ्लिस स्कुलमा एलकेजीदेखि कक्षा १० सम्म अध्ययन गर्दै आएका छात्रछात्राको वार्षिक, मासिक तथा परीक्षा शुल्कसमेत गरी एकमुष्ठ १ लाख ३९ हजार प्रदान गरेकी हुन्। गायिका शाहले एकेडेमीका प्रिन्सिपल घमेन्द्र भट्टराई र सञ्चालक गोपालकृष्ण रिजाललाई चेक हस्तान्तरण गरेकी थिइन्। झोला तथा अन्य पाठ्य सामग्री भने सम्बन्धित विद्यार्थीलाई नै उनले दिइन्।

यस वर्ष छात्रवृत्ति पाउने विद्यार्थीहरूमा एलकेजीका एलिसा सुब्बा र कुुुुसुम तामाङ, कक्षा १, २ र ४ का क्रमशः सागर कार्की, दीपेन भण्डारी र सुमित्रा लामा छन्। यसैगरी कक्षा ८ का बालकृष्ण आचार्य, जेनिसा लिम्बू र दीपा विष्ट तथा ९ र १० का राज खत्री र रविन तिमल्सिना रहेका छन्।

कार्यक्रममा गायिका शाहले चर्चित गीत 'सिमसिमे पानीमा' लगायतका आफ्ना केही गीत गुनगुनाउ“दै विद्यार्थीलाई राम्रोसँग पढ्न र कला साहित्यलाई सधैं माया गर्न आग्रह गरिन्।

विद्यालयका प्रिन्सिपल भट्टराई र सञ्चालक रिजालले आगामी दिनमा पनि यस्ता सत्कार्य जारी राख्न आग्रह गरेका थिए।

प्रकाशित: ४ असार २०७४ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App