१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी – मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

पूर्व पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्ग निस्कने क्रममा को १ त ५३४९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको थियो । 

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक मोरङ, केराबारी गाउँपालिका–९ बस्ने ३२ वर्षीय श्याम कार्कीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए। 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय निलम विष्ट घाइते भएका छन् । उनको धरानमै उपचार भइरहेको छ । ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई इप्रका बेलबारीले नियन्त्रणमा लिएको छ । रासस 

प्रकाशित: ५ असार २०७४ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App