६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेस एक भोटले विजयी, माओवादीद्वारा पुनः मतगणनाको माग

रौतहट- रौतहटको गरुडा नगरपालिका-३ मा नेपाली कांग्रेसले वडाध्यक्षमा १ भोटले विजय हासिल गरेको छ। कांग्रेसका उम्मेदवार कृष्णकुमार सहनीले ३०८ मत प्राप्त गरी वडाध्यक्षमा विजय हासिल गरेको हुन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार शैलदेवी सहनीले ३०७ मत प्राप्त गरेको नगरपालिकाका मुख्य निर्वाचन अधिकृत नवीनकुमार जोशीले बताएका छन्।

कांग्रेसको तर्फबाट उम्मेदवार बनेका कृष्णकुमार सहनीले एक भोटले विजय हासिल गरेको घोषणा गरिएपछि माओवादी केन्द्रको तर्फबाट पुनः मतगणनाको माग गर्दै निवेदन परेको निर्वाचन अधिकृत जोशीले बताएका छन्।

निवेदन दिने पक्षले आफूले जितेको दाबी गर्दै आएका छन्। माओवादी केन्द्रबाट मेयरका उम्मेदवार विपिनकुमार जयसवालले आफूहरुले चुनाव जितेको भए पनि झेल गरेर कांग्रेसलाई जिताएकोले पुनः मतगणनाको माग गरेको बताएका छन्।

गरुडा नगरपालिकाको वार्ड नम्बर १,२ र ३ को मतगणना सकिएको छ। वार्ड नम्बर १ मा संघीय समाजवादी फोरम नेपालले जित हात पारेको छ भने वार्ड नम्बर २ मा नेपाली काँग्रेसले जित हासिल पारेको छ।

प्रकाशित: ४ आश्विन २०७४ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App