काठमाडौं — गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले सोही पदमा निरन्तरता दिनेगरी चुनाबी अभियान सुरु गरेका छन् । जर्मनीको फ्रेकफर्ट आधारित होटल व्यवसायी उनले संस्थाभित्र मौलाएको ध्रुवीकरणलाई रोक्न र सबैलाई समेटेर अघि बढ्न आफूले उपाध्यक्ष पदमै निरन्तरता दिन चाहेको बताएका छन् ।
‘कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एनआरएनलाई एक ढिक्का बनाइ अघि बढ्नु जिम्मेवार ठहर्ने भएकाले मैले उपाध्यक्ष पदमै निरन्तरताका लागि सोही पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’, उपाध्यक्ष पन्तले मंगलबार विज्ञप्ती जारी गर्दै भनेका छन्।
अग्रगामी र गतिशील सोच भएको नेतृत्वले मात्र गैरआवासीय नेपाली संघलाई अघि बढाउन सक्षम हुने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘संस्थाभित्र पछिल्लो समय देखिएका आयामले गैरआवासीय नेपालीको यो साझा संगठनलाई विभिन्न कोणमा ध्रुवीकृत गर्दै लगेको छ। यस्तो अवस्थामा कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एक ढिक्का भइ अघि बढ्नु जिम्मेवार ठहर्छ । त्यही कर्तव्यलाई सम्मान गर्दै विश्वभरिका धेरै एनआरएन साथीहरूको अन्तक्र्रियापछि मैले आगामी १४ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमै उम्मेदवारी दिने निर्णय गरेको छु’ विहीबार जारी विज्ञप्तिमा उल्लेख छ।
अग्रज एनआरएनहरूको समर्पण एवं मैत्री भाव र कार्यकुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै आफ्नो समय संगठनको उचाइ र श्रीवृद्धिमा लगाउनुलाई कर्तव्य ठानेको उल्लेख गरेका छन्।
‘सन् २०१५—२०१७ को कार्यकाल मेरा लागि विश्वका सबै अन्र्तराष्ट्रिय समन्वय समितिका साथीहरूसम्म पुग्ने, सम्पूर्ण गैरआवासीय नेपालीका भावना, समस्या र आकांक्षाहरू बुझ्ने मौकाको रुपमा रह्यो’, विज्ञप्तिमा भनिएको छ, ‘उपाध्यक्ष पदलाई निरन्तरता दिँदै सबै विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीलाई संयुक्त लगानीको एउटै मालामा जोड्न चाहन्छु।’
जर्मनीमा एक दर्जभन्दा बढी होटल र आधा दर्जनभन्दा बढी रेष्टुराँका लगानीकर्ता पन्त एनआरएन स्थापनाकालदेखि नै संस्थामा सक्रिय व्यक्ति हुन्। यूरोप क्षेत्र संयोजक हुनुभन्दा अघि उनले अन्र्तराष्ट्रिय समन्वय परिषद सदस्य एवं एनआरएन जर्मनीमा रहेर काम गरेका थिए । शेष घले पहिलो कार्यकालका लागि निर्वाचित हुँदा पन्त गैर आवासीय नेपाली संघका महासचिव भए । घले २०१५–२०१७ को दोश्रो कार्यकालमा पन्त उपाध्यक्षमा निर्वाचित भएका थिए।
नेपालमा गएको विनाशकारी भूकम्पपछि गैरआवासीय नेपाली संघले सुरु गरेको राहत तथा पुनःनिर्माणको कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने थोरै गैरआवासीय नेताहरुमध्ये उनी पर्छन्। संस्थाको आफ्नै भवन निर्माण एवं शंखमुलस्थित एनआरएन पार्क निर्माणमा समेत उनले योगदान पु¥याएका छन्। संविधानमा नेपाली नागरिकताको व्यवस्था गर्ने तथा त्यससम्बन्धी कानुनी र नीतिगत व्यवस्थाहरूको पहलकदमी र परामर्शमा पन्तको महत्वपूर्ण योगदान रहँदै आएको छ।
पन्तले संघको आगामी २ वर्षे कार्यकालको लागि पूर्णकार्ययोजना छिट्टै सार्वजानिक गर्ने उल्लेख गरेका छन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...
घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।
फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...
मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्य अभिनित म्युजिक भिडियो ‘सुन’ सार्वजनिक भएको छ। र्यापर निर्णय श्रेष्ठको एल्बम ‘एक नेपाल’ समावेश...
राजधानीमा बुधबारबाट ‘आठौं राष्ट्रिय ललितकला प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा...
नायक प्रदीप खड्का र नवनायिका जसिता गुरुङ अभिनित प्रेमकथाको फिल्म ‘लिलि बिली’को पाँच दिने कलेक्सन सार्वजनिक भएको छ । फिल्म...
लिम्बु भाषा र संस्कृतिमा बनेका फिल्म तथा संगीतमा पुर्याएको योगदानको कदर गर्दै संगीतकार प्रेम पन्धाकलाई ‘एफएलएफ लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान...
यसमा तपाईको मत