१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एनआरएन नेता थापा ७ करोड ठगीमा पक्राउ

अनुज थापा

काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएनए) का आइसीसी सदस्य अनुज थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको छ। एनआरएनएको आठौं ग्लोबल सम्बेलनमा सहभागी हुन काठमाडाैं आएका उनलाई ७ करोड रुपैयाँ ठगी अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो। 

एनअारएन जापानकाे पछिल्लाे निर्वाचनमा उनी सहमतिबाट अाइसीसी सदस्य चयन भएका थिए। गैरअावासीय नेपाली संघमा अाइसीसी सदस्य भनेको केन्द्रीय सदस्यको पद हो।

एनआरएन सम्मेलनमा थापा नेपाल आएको जानकारी पाएपछि उनी पनि नेपाल आएर थापाविरुद्ध नेपाल प्रहरीमा उजुरी दिएका थिए। महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकका अनुसार उनीविरुद्ध ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी अभियोगमा अनुसन्धान भइरहेको छ।

थापाले जापानमा रहेको एउटा विश्व विद्यालयको शाखा नेपालमा खोल्छु भनेर एक प्रोफेसरसँग ७ करोड नेपाली रुपैयाँ लिएका थिए। सो रकम नेपालमा विश्वविद्यालयको शाखा नखोली उनले निजी घर र गाडी किन्न प्रयोग गरेका थिए। त्यही घर धितो राखेर थापाले बैंकबाट ऋण निकालेका थिए। २०७२ को भूकम्पले उनको घर चर्किएपछि फेरि मर्मतका लागि भन्दै बैंकबाट अर्को किस्ता ऋण झिकेका थिए।

नेपालमा विश्वविद्यालयको शाखा खोल्न पैसा दिएको वर्षौं बितिसक्दा पनि कुनै प्रगति भएको नेदेखेपछि उनलाई पैसा उपलब्ध गराउने जापानी प्राध्यापकले थापासँग पैसा फिर्ता मागेका थिए। जापानमा पैसा फिर्ता मागेपछि उनी लामो समय नेपालमै बस्न थालेका थिए। अाफू नेपाल बस्न थालेपछि उनले टाेकियको रेष्टुराँ ठेक्कामा लगाएका थिए। गैरअावासीय नेपाली संघ जापानकाे पछिल्लाे निर्वाचनमा थापा अध्यक्ष प्रत्यासी बनेका थिए।  धेरै समय नेपालमा बस्ने मान्छे नेतृत्वमा रहँदा काममा असर पर्ने भन्ने अावाज उठेपछि सहमतिमा नेतृत्व चयन गर्दा उनी अाइसीसी सदस्य निर्विराेध निर्वाचित भएका थिए। त्यस अघि उनी एनअारएन जापानकाे महासचिव पदमा थिए।

पक्राउ परेका थापा नेपाल पर्यटन बाेर्डका जापानस्थित पर्यटन प्रतिनिधि पनि हुन्। 

एनआरएन सम्मेलनका लागि थापा नेपाल आएको जानकारी पाएपछि जापानी प्राेफेसर काठमाडाैं अाएर प्रहरीमा ठगी उजुरी दर्ता गराएका थिए। महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकका अनुसार उनीविरुद्ध ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी अभियोगमा अनुसन्धान भइरहेको छ। 'ठगी अभियोगमा बिहीबार पक्राउ परेका थापालाइ अदालतबाट म्याद लिएर थुनामा राखिएको छ। उनको ठगीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ', एसएसपी धानुकले भने।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार थापाले ठगी धन्दाकाे अनुसन्धानमा  प्रहरीलाइ असहयोग गरिरहेका छन्। आफू नेपाली सेनाको कर्नेलको छोरा भएको र माथिसम्मै पहुँच भएको बताउँदै उनले प्रहरीलाई धम्क्याउने गरेका ती प्रहरी अधिकृतले नागरिकन्युजलाइ बताए।

 

प्रकाशित: २८ आश्विन २०७४ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App