१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

न्यूयोर्कमा ट्रकले किचेर ८ को मृत्यु, ११ घाइते

अमेरिका- न्युयोर्कको लोअर म्यानहटनमा ट्रकले किचेर ८ जनाको मृत्यु भएको छ। ट्रक ड्राइभरले ट्रकलाई फुटपाथ र साइकल लेनमा लगेपछि ८ जनाको मृत्यु भएको छ भने ११ जना घइते भएका छन्।

प्रहरीले यसलाई आतंकवादी हमला भएको बताएको छ। घटनामा संलग्नलाई प्रहरीले हिरासतमा लिएकोछ। ड्राइभरले जानिजानि साइकलमा हिंडिरहेका मानिसलाई ठक्कर दिएका थिए। २९ वर्षका ति ड्राइभरको नाम सेफुलो सापोव हो। उनी २०१० मा अमेरिका आएका थिए।

न्यूर्योर्कका मेयर विल दे व्लाजियोले यस घटनालाई कायरतापूर्ण आतंकवादी हमला भएको बताएका छन्। ट्रकले एक स्कुल बसमा समेत ठक्कर दिएको थियो। ड्राइभरको साथबाट प्रहरीले दुई नाल पेस्तोल बरामद गरेको छ।

प्रकाशित: १५ कार्तिक २०७४ ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App