विष्णु पोखरेल, काठमाडौं, भदौ १५- उपत्याकाबासीले प्रयोग गर्ने दैनिक उपभोग्य खाद्यान्न, पानी, दूधलगायतमा हुने मिसावट बढ्दो क्रममा रहेको पाइएको छ। सरकारी निकायले अनुगमन र कारबाही तिव्र पारेको दाबी गरिरहेका बेला मिसावट र उपभोक्ता ठगी भने बढिरहेको पाइएको हो।
खाद्य वस्तुको गुणस्तर कायम गर्ने जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार गएको तीनवर्षदेखि मिसावट बढिरहेको हो।
विभागले उपत्याकामा संकलन गरेका खाद्य वस्तुका नमुना परीक्षणले मिसावटयुक्त र गुणस्तरहीनको संख्या बढेको देखाएको छ। 'उपत्याकाभित्र मिसावट र गुणस्तरहीन खाद्य वस्तुको संख्या बढिरहेको देखिएको छ,' विभागकी महानिर्देशक जीवनप्रभा लामाले भनिन्, 'हाम्रा खाद्य वस्तुको अवस्था विकराल देखिएको छ।'
विभागका अनुसार तीनवर्ष अघि राजधानीमा संकलित खाद्य वस्तुका नमुनामध्ये १५.६ प्रतिशत नमुना गुणस्तरहीन र मिसावयुक्त भेटिएका थिए। दुइवर्ष अघि यो संख्या बढेर १९.३ भयो। गएको वर्ष भने बढेर २०.८ प्रतिशत पुगेको छ।
'हामीले मिसावट गर्ने र न्यून गुणस्तर उत्पादन गर्नेलाई कारबाही अघि बढाएका छौ,' लामाले भनिन्, 'धेरैले उद्योग दर्ता नै नगराई, अनुज्ञापत्र नै नलिई चलाएकाले समस्या बढेको हो।' खाद्य ऐन अनुसार खाद्य र पेय उद्योग चलाउनेले विभागबाट अनुज्ञापत्र लिनुपर्ने हुन्छ। तर, उपत्याकाभित्रै धेरै अनुज्ञापत्र नलिएका उद्योगले गुणस्तरहीन उत्पादन गरिरहेका छन्।
विभागका अनुसार पाँचवर्ष अघि यस्तो समस्या हालसम्मकै उच्च भएको थियो। त्यसबेला संकलित नमुनामध्ये २५ प्रतिशतको गुणस्तर कमजोर देखिएको थियो। चारवर्ष अघि घटेर २३.७ प्रतिशतमा झरेको थियो। चारवर्ष अघि केही कम भएको समस्या फेरि बढ्दो क्रममा छ।
पानी, दूध, दही, घिउ र तेलमा मिसावटको समस्या बढी छ। यस्ता पेय खाद्यमा मिसावट मात्र होइन, गुणस्तर पनि कमजोर पाइएको छ। कतिपयमा त सरुवा रोग फैलाउने 'कोलिफार्म'लगायतका जीवाणु समेत भेटिएको छ। 'काठमाडौंमा पानीमा मिसावट र न्यून गुणस्तरको समस्या बढी छ,' उनले भनिन्, 'यसले गर्दा समग्रमा खाद्य वस्तुको गुणस्तर कमजोर देखिएको हो।'
विभागका अनुसार राजधानीभित्र अनुशन्धान गरिएका खाद्य वस्तुमध्ये पानी, दूध, घिउ, दही, तेल, चिनी, मह, चक्लेट, बिस्कुट, पिठो, मसला, जुस, दाल, तरकारी, फलफूललगायतका वस्तुमा मिसावट धेरै देखिएको छ। ठोसमा भन्दा तरलमा यस्तो समस्या बढी छ।
विभागका अनुसार उत्पादक र बिक्रेताले उपभोक्तालाई गुणस्तरमा धेरै ठग्ने गरेका छन्। कतिपय खाद्य वस्तु भने कुहिएको र दुषित भएको अवस्थामा पनि बिक्री गरेको पाइएको छ। विभागले नमुना विश्लेषण गर्दा दूध र पानीमा सरुवा रोग लगाउने जीवाणु समेत भेटिएको छ। यसैगरी दूधमा चिल्लो पदार्थ कम राख्ने, दहिमा दूधको मात्रा कम गर्ने, घिउमा वनस्पती घिउ मिसाउने, तोरी र सूर्यमुखी तेलमा भटमासको तेल मिसाउने जस्ता समस्या देखिएका छन्।
कतिपय खाद्य वस्तुमा 'अल्कोहल'को मात्रा अत्यधिक पाइएको छ। यस्तो समस्या पिठो, दाललगायतमा छ। सडेका वस्तुमा 'अल्कोहल'को मात्रा बढी हुने गर्छ। यस्ता खाद्य वस्तुको प्रयोगले सरुवा रोग लगाउन सक्ने खाद्यविज्ञहरु बताउछन्।
'दिसामा हुने जीवाणु कोलिफार्म समेत भेटिनु भनेको एकदमै खतरनाक अवस्था हो,' खाद्यविज्ञ दिलिप सुब्बाले भने, 'यस्ता खाद्य वस्तुको प्रयोगले झाडापखाला, हैजा, जन्डिसलगायतका रोग लगाउँछ।' उनले उपभोग वृद्धिसँगै नाफाखोर व्यापारीले गलत ढङ्गले उत्पादन गर्न थालेको बताए।
कतिपय अवस्थामा अज्ञानताले पनि उत्पादन प्रकृया नमिल्दा मिसावट र गुणस्तर कमजोर देखिने सुब्बाले जानकारी दिए। 'यहा जसले जे गरेपनि हुन्छ, कारबाही हुन्न भनेर मुनाफाखोरहरुले जनस्वास्थ्यमा खेलबाड गरेका हुन्,' उनले भने।
उपभोक्ताअधिकारकर्मी ज्योती बानियाँले राज्यले कडा कारबाही नगर्दा खाद्य वस्तुमा मिसावट बढेको बताए। 'यो राज्यको अव्यवस्था, दण्डहीनता, जिम्मेवार निकायको इच्छाशक्ति अभावको उपज हो,' उनले भने, 'मिसावट गर्नेलाई थुन्नुपर्नेमा माला लगाएर स्वागत गरेकाले यस्तो भएको हो।'
सबै क्षेत्रमा अस्थिरता र अपराधीकारण बढेका बेला खाद्य क्षेत्रमा पनि त्यसको प्रभाव परेको उनले बताए। 'राज्यले समयमा नै कडा कदम नचाले उपभोक्ताले खानेकुरा हैन, विष मात्र खानुपर्ने अवस्था आउछ,' उनले भने।