१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्वाचन विरोधी गतिविधि गर्ने १६ जना पक्राउ

चितवन – निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

पार्टीका जिल्ला इन्चार्ज लालबहादुर विसीदेखि सामान्य कार्यकर्तासम्म पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थ ओसारपसारलगायतका मुद्दा लगाइएको छ। 

उम्मेदवारी मनोनयनपछिका दिनमा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको थापाले बताए। निर्वाचन विरोधी गतिविधि बढ्न सक्ने भन्दै सो पार्टीका नेता कार्यकर्तामाथि कडा निगरानी राखिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ८ मंसिर २०७४ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App