१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मन्त्रीको घरमा बम विष्फोट

बम विष्फोटबाट पर्खालमा पुगेको क्षति । तस्बिर : टंक क्षेत्री

सर्लाही- पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट भएको छ । शनिबार बिहान ५ बजे सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगञ्जस्थित मन्त्री श्रेष्ठको घरलाई लक्षित गर्दै प्रेसर कुकर बम विष्फोट गराइएको हो ।

बम विष्फोटबाट घरको पछाडिपट्टि कम्पाउण्डको पर्खालमा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गसँगै सटेको मन्त्री श्रेष्ठको घर पछाडि एकान्त स्थानमा झोलामा प्रेसर कुकुर बम राखेर विष्फोट गराइएको प्रहरीले अनुमान गरेको छ । मन्त्री श्रेष्ठ नेपाली कांग्रेसबाट प्रतिनिधिसभा क्षेत्र नं। १ काउम्मेदवार हुन् । विष्फोटका बेला मन्त्री श्रेष्ठ घरमै थिए ।
 

 

प्रकाशित: ९ मंसिर २०७४ ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App