म जगाउन आएको हुँ

शनिबार, ०९ मङि्सर २०७४, ०९ : ०० स्वामी आनन्द अरुण


सन् १९७० को जनवरीमा चार दिनको साधनाको शिविरका लागि ओशोलाई हामीले पटनामा आमन्त्रण गर्‍यौँ । त्यसबेला म पटना विश्वविद्यालयको विद्यार्थी थिएँ । उहाँको प्रवासको तेस्रो दिन अपराह्नको कार्यक्रमपछि ओशो आफ्नो कोठामा विश्राम गरिरहनुभएको थियो । जनवरीको मध्य दिन हल्का चिसोले अधिपत्य कायम गरिसकेको थियो । सूर्यको न्यानोपनको कमी महसुस भइरहेको त्यो क्षण ओशोको उपस्थितिले हृदयमा आह्लादको सञ्चार गराइरहेको थियो । हामी बाल्कोनीमा बसिरहेको थियौँ । एक नवयुवक रिक्साबाट ढोकाको सामुन्ने उत्रिए । उनी कसैलाई खोजिरहेका थिए । उनले हाम्रो बाल्कोनीतिर शिर उठाउ“दै हामीलाई सोधे, ‘के ओशो यहीँ बस्नुहुन्छ ?’ मैले बाल्कोनीबाटै ‘हो यही बस्नुहुन्छ’ भन्ने संकेत गरेँ । ती युवकले हल्का ठूलो स्वरमा आफ्नो कुरा राखे, ‘मेरो गुरु, जो समस्तीपुर कबीर आश्रमको गुरु हुनुहुन्छ, ओशोलाई भेट्ने उहा“को ठूलो इच्छा छ । आज बिहानै ओशो आइपुगेको खबर सुनेर भेट गर्न उहा“ पटना आउनुभएको छ । त्यसैले आजै जसरी भए पनि उहा“लाई ओशोस“ग भेट्ने समय मिलाइदिनुपर्‍यो।’

त्यो बेला ओशो आफ्नो जीवनको रजस्को शिखरमा हुनुहुन्थ्यो । धेरै यात्रा गर्नुहुन्थ्यो, धेरै मानिस भेट्नुहुन्थ्यो र धेरै कार्यक्रम गर्नुहुन्थ्यो । त्यसैले ओशोको विश्रामप्रति म संवेदनशील थिए“ । मैले भनेँ, ‘ओशो अहिले आराम गर्दै हुनुहुन्छ। बेलुका सिन्हा पुस्तकालयमा प्रवचन दिने कार्यक्रम छ, कृपया आफ्ना गुरुलाई त्यही“ लिएर आउनुस् म भेटाइदिन्छु ।’ तर ती नवयुवक अहिले नै भेट्ने कुरामा जोड दिइरहेका थिए । उनी टसमस भएनन् । उनले फेरि आग्रह गरे, ‘मेरो गुरु वृद्ध हुनुहुन्छ, जन्मान्ध हुनुहुन्छ र उहा“लाई आजै बेलुका फर्काएर आफ्नो आश्रममा पुर्‍याउनुपर्छ। बडो कष्ट गरेर उहा“ ओशोको दर्शन गर्न पटनासम्म आइपुग्नुभएको छ । त्यसैले उहा“ बेलुकासम्म पर्खन सक्नुहुन्न । अहिले नै छोटो भेट मिलाइदिनुस् ।’

हाम्रो ऊँचो स्वरको वार्तालाप सुनेर ओशो जाग्नुभयो । उहा“ले भित्रबाट मलाई बोलाउनुभयो, ‘के कुरा भइरहेको छ ?’ मलाई सोध्नुभयो । मैले सबै कुरो बिन्ती गरेँ । ओशोले सबै कुरा सुनिसकेपछि भेट्ने व्यवस्था अहिले नै मिलाउने आज्ञा दिनुभयो ।  

उत्तर भारतका शोषित, पीडित जातिमा सन्त कबीरको ठूलो प्रभाव छ । त्यहा“का केही कबीर आश्रममा सीमान्त जातिका व्यक्तिलाई पनि महन्त र आचार्यका रूपमा भेट्न सकिन्छ । उनीहरूको सन्तलाई साहेबजी भनेर पुकार्ने चलन छ । ओशोलाई भेटन् आउने ती साहेबजी होँचा कदका कालो वर्णका थिए । उनका ती शिष्यले उनलाई बिस्तारै भित्रसम्म ल्याए । उनले जन्मैदेखि आ“खाको ज्योति गुमाएका रहेछन् । आचार्यश्री र साहेबजीका बीच बडो हृदयस्पर्शी वार्तालाप भयो । 

साहेबजीले भने, ‘ओशो, म त अन्धो छु । म तपाईंका किताबहरू पढ्न सक्दिनँ तर मेरा शिष्यले तपाईंका किताब पढेर सुनाउ“छन् र साथै अल इन्डिया रेडियोमा ‘आजका चिन्तन’ कार्यक्रममा प्रसारण गरिने तपाईंका प्रवचन प्रत्येक बिहान मैले सुन्ने गरेको छु । मलाई पूर्ण विश्वास छ कि फेरि कबीर साहेब यस पृथ्वीमा आउनुभयो किनभने कबीर साहेबको हैसियत नभएको व्यक्तिले यस्तो साहसी, स्पष्ट, निर्भीक र विद्रोही कुरा गर्नै सक्दैन ।’ आचार्यश्रीले मुस्काउँदै ती साहेबजीका उद्गार सुन्नुभयो । साहेबजीले भावुक हुँदै भने, ‘मैले तपाईंका वाणीहरू सुन्दा तपाईं धेरै नै सुन्दर हुनुहुन्छ भन्ने महसुस गरेको छु । त्यसैले तपाईंको यो सुन्दर काया त हेर्न सक्दिनँ तर आफ्नै हातले स्पर्श गरेर अनुभव गर्न चाहन्छु । त्यसैले यो दुर्लभ भेटको अनुपम क्षणमा मलाई यो अवसर प्रदान गरिदिनुस् । अन्धो व्यक्तिको स्पर्शशक्ति अत्यन्त सूक्ष्म र शक्तिशाली हुन्छ, म पनि धेरै कुरा स्पर्श गरेरै अनभुव गर्न सक्छु । तपाईंलाई पनि स्पर्श गरेर तपाईंको दिव्यता अनुभव गर्न चाहन्छु ।’ 

साहेबजीको यो भावनापूर्ण आग्रह सुनेर ओशो साहेबजीको नजिकै आउनुभयो र उनको हात समात्नुभयो । साहेबजीले ओशोको मुहारलाई धेरैबेरसम्म बिस्तारै स्पर्श गरे । त्यसपछि उहा“को शरीरलाई खुट्टासम्म हातले स्पर्श गरे । साहेबजी गहन संवेदना र पूर्ण एकाग्रभावले ओशोको भौतिक शरीरलाई महसुस गरिरहेका थिए । उनको त्यो स्पर्शमा एक भौतिक आयाम मात्र थिएन, दुई प्रेमीबीचको सूक्ष्म संवेदना, आत्मीयता र समादर पनि थियो । उनी आफ्नो अन्तःचेतनामा ओशोको गहन उपस्थिति महसुस गरिरहेका थिए । 

‘म जन्मदेखि अन्धो छु । त्यसैले मेरा औँला नै मेरा आँखा हुन् । तपाईं वास्तवमै अति नै सुन्दर हुनुहुन्छ । तपाईंको वाणी र विचार मात्र सुन्दर छैन, शरीर पनि त्यत्तिकै दिव्य छ,’ भन्दै साहेबजीका आ“खा रसाए । त्यहाँ उपस्थित हामी सबै द्रविभूत भयौँ । त्यहा“ एक गहन निःशब्दता छायो । साहेबजीले केही समयपछि मौनता तोड्दै भने, ‘मेरो तपाईंप्रति एउटा गुनासो छ । तपाईंका विचार यति उच्च र विशिष्ट छन् कि हामीजस्ता अनपढ गाउँलेका लागि सबै कुरा बुझ्न गाह्रो छ। त्यसकारण तपाईं हामीजस्ता अज्ञानीले पनि बुझ्ने स्तरमा उत्रिएर बोलिदिनुस्।’ 

ओशोले दिएको उत्तर म उहा“कै शब्दमा राख्न चाहन्छु, ‘नही साहबजी, मैं आपके तल पर उतरकर कभी नहीं बोलुंगा। अगर मैं लोगों के तल पर उतरकर बोल्ने लगुं तो शीघ्र ही बहुत लोकप्रिय बन जाउंगा, पर फिर उनके किसी कामका नही रह जाउंगा । मैं आप के समझ और सामथ्र्यको चुनौती देना चाहता हुं । लोगोंकी अन्तप्र्रज्ञा जगे और लोग उचाइ पर उठकर चिजों को नयी परिवेश ओर नयीं दृष्टि से देखे यही मेरा उद्देश्य है । मैं तो उचाइ से ही आपको पुकारुंगा ताकि आप उपर देखें और अपने पंख खोल मेरे साथ उड सकें । हर व्यक्ति के अन्दर उपर उडनेके पंख होते है पर जब तक उन्हे कोइ उपर से आह्वान न करे वे सोये पडे होते हैं । इसिलिए मै कभी जनमानस के सामान्य तल पर नही उत्रुगां । मै तो लोगोंको शिखरों से ही बुलाता रहुंगा । लोकप्रिय होने कला मुझे पता है । जो लोगों मिठा लगें और चुनैतीपूर्ण ना लगे एसी बातें सुनकर लोग प्रशन्न हो जाते हैं । लेकिन इससे लोगों मे कोइ रूपान्तरण नही होता है । मुझे लोकप्रिय नही बनना है । मुझे तो सोए हुए लोगोंको जगाना है । लोगोको जगाना एक कष्टप्रद कार्य है । लोगोका मुझसे नाराज होना स्वाभाविक है । मै लोगोका मनोरञ्जन नही मनोभञ्जन करना चाहता हुं । इसिलिए मैं लोगों के तलपर कभी नही उत्रुंगा । मुझे एसी बाते करनी पडेगी कि लोग नाराज हो । मुझे लोगोंका भोट नहीं चाहिए । उनका रूपान्तरण चाहिए । मै सिखाने नहीं जगाने आया हुं।’ 

जबजब ओशोलाई मानिसहरूले बुझ्दैनन् र चुनौतीपूर्ण विद्रोही उहाँका विचारको आलोचना गर्छन्, उहाँका यी आग्नेय महावाक्यले मलाई झकझक्याउँछन्। 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

मिस नेपाल इन्टरनेशनल २०१८को पहिलो भिडियो सार्वजनिक

मिस नेपाल इन्टरनेशनल २०१८को पहिलो भिडियो सार्वजनिक

मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्य अभिनित म्युजिक भिडियो ‘सुन’ सार्वजनिक भएको छ।  र्‍यापर निर्णय श्रेष्ठको एल्बम ‘एक नेपाल’ समावेश...

राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

राजधानीमा बुधबारबाट ‘आठौं राष्ट्रिय ललितकला प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा...

‘लिलिबिली’लाई चार करोड

‘लिलिबिली’लाई चार करोड

नायक प्रदीप खड्का र नवनायिका जसिता गुरुङ अभिनित प्रेमकथाको फिल्म ‘लिलि बिली’को पाँच दिने कलेक्सन सार्वजनिक भएको छ । फिल्म...

प्रेमलाई लाइफटाइम अचिभमेन्ट

प्रेमलाई लाइफटाइम अचिभमेन्ट

लिम्बु भाषा र संस्कृतिमा बनेका फिल्म तथा संगीतमा पुर्‍याएको योगदानको कदर गर्दै संगीतकार प्रेम पन्धाकलाई ‘एफएलएफ लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान...

Fixed Ad