१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रविधि

जेडटिईले सर्वसााधरणको रोजाइमा आगामी स्मार्टफोन बजारमा ल्याउने

सानचेन— चाइनिज मोबाइल कम्पनी जेडटीर्ईले आफ्नो आगामी स्मार्टफोनका लागि सर्वसाधरणको राय तथा सुझाव लिन चाहेको बताएको छ। कम्पनीले सर्वसाधरणकै रोजाइमा अब बजारमा आउने नयाँ स्मार्टफोनको डिजाइन निर्धारण गरिने बताएको छ।

यसका लागि कम्पनीले अगस्ट ३ बाट आफ्नो आधिकारिक वेभसाइटसमेत संचालनमा ल्याएको छ। उक्त वेभसाइटमार्फत सर्वसाधरणले आफूले चाहेको डिजाइन उल्लेख गर्न सक्नेछन्।

जेडटीर्ईले उक्त वेभसाइटमार्फत प्रारम्भिक धारणा आउने क्रम जारी रहेको बताएको छ। जसअनुसार उनीहरुले सोलार प्यानल केश जडान भएको, ३६० डिग्रीमा घुमाउन मिल्ने स्क्रिन तथा किबोर्ड र अन्य गेम कन्ट्रोलर जोड्न मिल्ने मोडुलर डिजाइनको कनेक्ट राख्न सुझाव दिएका छन्। जेडटीईले लस भेगासमा सम्पन्न विद्युतीय प्रर्दशनका क्रममा सन् २०१७ सम्ममा क्राउड सोर्सड नामक स्मार्टफोन बजारमा ल्याइसक्ने जनाएको थियो।

त्यसका लागि पोजेक्ट सिएसएक्स सुरु गरेको पनि उसले जनाएको थियो। जेडटीईका उपाध्यक्ष जेफ इले भने, ‘सबै कुराका लागि पनि कुनै निश्चित नियम लागु हुन्छ, सर्वसाधरणको हकमा पनि त्यो लागु हन्छ । हामी सर्वसाधरणको रोजाइलाई ध्यानमा राख्दै जेडटीईको मिसन अनुसार आगामी वर्षको जनवरी सम्ममा नयाँ माोडलको स्मार्टफोन बजारमा ल्याइसक्ने छौं।

उनले आगामी स्मार्टफोन निकै आर्कषक हुने र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले सर्वसाधरणको रोजाइमा पर्ने दाबी गरे।

जेडटीर्ईले ह्वाइपछि चाइनाको दोस्रो ठूलो मोबाइल कम्पनी हो।

 

प्रकाशित: २१ श्रावण २०७३ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App