१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्याङजामा वामगठबन्धनको तेस्रो जित

स्याङजा – प्रदेशसभा सदस्य पदका लागि स्याङजा क्षेत्र नम्बर २ ‘क’ बाट चुनावी प्रतिस्पर्धामा उत्रेका वामगठबन्धनका नेता मोहन रेग्मी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार विष्णु पौडेललाई भारी मतान्तरले हराएका हुन्। जितसँगै वामगठबन्धनहरूबाट स्याङजामा तेस्रो जित हासिल गरेका छन् । स्याङजा क्षेत्र नम्बर १ क र ख मा वामगठबन्धनका दीपक थापा र मिनप्रसाद गुरुङ निर्वाचित भैसकेका छन् । 

रेग्मीले १६ हजार ६ सय १३ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी पौडेलले १३ हजार १ सय ४० मत ल्याए । रेग्मी र पौडेलबीच ३ हजार ४ सय ७३ मतको भारी मतान्तर रहेको छ।

त्यसैगरी राप्रपाका उम्मेदवार भिम बहादुर गोदार ९९, राष्ट्रिय जनमोर्चा मेनुका सार्की १ सय १३, राष्ट्रिय जनमुक्ति कृष्ण माया सार्की १ सय २३, नयाँ शक्ति रबिन पाठक १ सय ६० र मंगोल नेशनल अर्गनाइजेशनका राजु गुरुङले १ सय ६५ मत प्राप्त गरे।

४७ हजार २ सय ४ जना मतदाता रहेका उक्त क्षेत्रमा ३१ हजार २ सय ४६ मत खसेको थियो । जस मध्ये ३० हजार ४ सय १३ मत सदर र ८ सय ३३ मत बदर भएको निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठले बताए। 

प्रकाशित: २६ मंसिर २०७४ १०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App