एनआरएनद्वारा अमेरिकी सरकारकाउच्च पदाधिकारीसँग भेट

शनिबार, ०१ पुष २०७४, १३ : ४० होमप्रसाद लम्साल


अमेरिका– नेपालीहरुका लागि टेम्पोररी प्रोटेक्ट स्टाटस (टिपिएस) नवीकरणका लागि अमेरिकामा नेपाली समुदाय जुट्न थालेका छन् । एनआरएनअमेरिकाले पहल सुरु गर्दै अमेरिकी सरकारका होमल्याण्ड सिक्युरिटी, स्टेट डिपार्टमेन्ट र कंग्रेस अफिसरहरुसंग भेट गरी नवीकरणका लागि प्रयास सुरु गरेको छ । गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा गएको टोलीले अमेरिकी कंग्रेसस्थित नेपाल ककसका प्रमुख जेरड पोलिस, नेपाल ककसका सदस्यद्धय श्याम ग्रेभ्स र सुजन डेल्बेने तथा न्युयोर्कका कंग्रेसम्यान ग्रेस मेङ्गका प्रतिनिधिहरुसँग भेट गरेका छन् । सो भेटका क्रममा अमेरिकामा अस्थायीरुपले बसिरहेका नेपालीहरुलाई अमेरिकन सरकारद्धारा प्रदान गरिएको टिपिएस सुविधा नवीकरणका लागि छलफल गर्नुका साथै लिखित ज्ञापनपत्र समेत बुझाएको जानकारी एनआरएन अमेरिकाका मिडिया कोअडिनेटर बालजोशीले नागरिकन्युजलाई बताए ।

गैरआवासीय नेपाली संघका प्रतिनिधिको टोलीले अमेरिकाको राजधानी वासिंट्न डिसीस्थित विभिन्न कंग्रेस नेताहरु अमेरिकी सरकारका होमल्याण्ड सिक्युरिटी, स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग भेटेका हुन् । नेपालमा गएको भूकम्पका कारण अमेरिकी सरकारले अमेरिकामा बसोबास गरिहेका नेपालीहरुका लागि टीपिएस सुविधा उपलब्ध गराएको थियो । सो टिपीएस नवीकरण गर्दा र नगर्दा यसबाट पर्ने दीर्घकालीन समाधानका लागि परामर्श गरेको संघका अमेरिका अध्यक्ष डा केशव पौडलले बताए । अमेरिकी सरकारका प्रतिनिधिहरुसँगको भेट निकै फलदायी भएकाले टिपीएस नवीकरण हुनेमा आशावादी रहेको अध्यक्ष पौडेलले बताए ।

नेपाली प्रतिनिधि मण्डलले बुझाएको लिखित पत्रमा नेपालका लागि अस्थायी रुपमा हाललाई कम्तिमा तीन वर्षको टिपिएस नवीकरण तथा विधयकमार्फत यो समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्न सबै कंग्रेसनल लिडरहरुका प्रतिनिधिहरुमार्फत् आवश्यक प्रकृया अगाडि बढाउनका लागि आग्रह गरिएको छ।  अमेरिकामा रहेका टिपिएसधारी नेपालीहरुको समस्याबारे आफूहरु अवगत रहेको र यो समस्याको दीर्घकालीन समाधानका लागि आफूहरु चिन्तित रहेको  भेटघाटका क्रममा ती प्रतिनिधिहरुले बताएको कुरा अध्यक्ष पौडेलले बताए ।

 

तपाईको समाचार पठाउन यहाँ थिच्नुहोस् ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

पारिजातलाई सम्झँदा (भिडियो)

नेपाली साहित्यमा पारिजातको नाम उच्चस्थानमा छ। विस १९९४ बैशाखमा दार्जिलिङमा जन्मिएकी पारिजातको 'सिरिसको फूल' चर्चित उपन्यास हो। बुधबार उनको २४...

पूजा हेगडेको चर्चा

पूजा हेगडेको चर्चा

बलिउडकी अभिनेत्री पूजा हेगडे पुनः एक पटक चर्चामा छिन् । ‘बाहुबली’ सुपरस्टार प्रभासको आगामी फिल्मकी नायिका हुने घोषणासँगै हेडलाइनमा छाएकी...

मनोज गजुरेल फिल्ममा

मनोज गजुरेल फिल्ममा

पछिल्लो वर्षमा कमेडी कलाकार अभिनित फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्न थालेपछि फिल्म निर्माताहरू कमेडी कलाकारलाई लिएर धमाधम फिल्म बनाउन...

युवराजको ‘देउरालीको फूल’

गीतकार युवराज अधिकारीको पहिलो गीति संग्रह ‘देउरालीको फूल’ बजारमा आएको छ । साहित्यमा पनि सक्रिय गीतकार अधिकारीको गीति संग्रहमा ६...

Fixed Ad