१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित नेपालगन्ञमा

नेपालगन्ज- मध्य र सुदूरपश्चिमको भ्रमणका लागी नेपालगन्ज आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले होटल सोल्टीमा शुक्रबार बिहानैदेखि भेटघाट जारी राखेका छन्। पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणासहित बिहीबार अपरान्ह नेपालगन्ज आइपुगेका थिए।

पूर्व राजपरिवार सदस्यलाई भब्य स्वागत गरिएको थियो। नेपालगन्ज उपमहानगरपालिका प्रमुख, उपप्रमुख, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राप्रपाका नेता, कार्यकर्ता, राजावादी लगायतले स्वागत गरेका थिए।

होटल सोल्टीमा बास बसेका पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न बाँके, बर्दियालगायत जिल्लाबाट उनका समर्थकहरु  आएको राप्रपाका केन्द्रीय सदस्य ऋषि राज देवकोटाले जानकारी दिए।

पूर्वराजा ज्ञानेन्द्रको परिवार करिब १५ दिनसम्म मध्य र सुदुर पश्चिमका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने निजी सचिवालयले जनाएको छ ।

प्रकाशित: १४ पुस २०७४ ०८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App