१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

टोकियोमा नेपाल महोत्सव सम्पन्न, २ लाख बढीद्वारा अवलोकन

टोकियो— जापानको राजधानी टोकियोमा ९ औं नेपाल महोत्सव भव्यतापूर्वक सम्पन्न भएको छ। टोकियोको योयोगी पार्कमा शनिवार र आईतवार दुई सञ्चालन भएको महोत्सव दुई लाखभन्दा बढीले अवलोकन गरेका छन्।

महोत्सव हेर्न आएका एक जना जापानी नागरिक नारुमी ताकाताले नेपालीहरु मनको मात्र धनी नभई संस्कृतिमा पनि धनी रहेको प्रतिक्रिया दिइन्। 'नेपालीहरू मनका धनी हुन्छन् भन्ने थाहा थियो तर संस्कृतिमा झन् धनी रहेछन्', उनले भनिन्।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले आयोजना गरेको महोत्सवमा नेपाली मौलिक कला संस्कृति तथा परिकार प्रस्तुत गरिएको थियो। महोत्सवमा हजारौं जापानी पनि सहभागी भएर नेपाली खानाका परिकार, भेषभुसा, नेपाली कला संस्कृति र पहिचान झल्कने साँस्कृतिक कार्यक्रमहरुबाट मनोरंजन लिएका थिए।

'नेपाल जापान कूटनीतिक सम्बन्धको ६० औ वर्षगाँठ अवसर पारेर हामीले महोत्सव आयोजना गरेका हौं', मूल आयोजक समितिका संयोजक तथा एनआरएनए जापानका अध्यक्ष सुदन थापाले नागरिकन्युजसँग भने, 'यो पटक बिगतमा भन्दा धेरै जापानीहरू सहभागी भए। यो पक्ष महत्वपूर्ण रह्यो।'

एनअारएन उपाध्यक्ष भवन भट्ट नेपाली मौलिक पोशामा पेश भएका थिए

महोत्सव हेर्न आएका एक जना जापानी नागरिक नारुमी ताकाताले नेपालीहरु मनको मात्र धनी नभई संस्कृतिमा पनि धनी रहेको प्रतिक्रिया दिइन्। 'नेपालीहरू मनका धनी हुन्छन् भन्ने थाहा थियो तर संस्कृतिमा झन् धनी रहेछन्', उनले भनिन्। उनले एक पटक नेपाल भ्रमणमा जाने इच्छा व्यक्त गरिन्।

महोत्सव अवधीभर रेष्टुरेन्ट तथा फुड वेभरेज स्टलमा पाँच करोड रुपैयाँ बढीको कारोवार भएको थियो। संयोजक थापाका अनुसार कुल २२ वटा फुड स्टल थिए। महोत्सवमा अन्य ३० वटा सेवामूलक कम्पनीका स्टल थिए।

स्वास्थ्य जाँच, ढाका टोपी, नेपाली सारी लगाउने स्टल, नेपाल झल्काउने तस्वीरहरुको प्रर्दशनी लगायतका स्टलहरु राखिएका थिए।

फेष्टिवल आयोजना स्थलमा रंगीचंगी कागजका तुल सहित नेपाली झण्डा, सहित स्टेजलाई सुन्दर ढंगले सजाइएको थियो। नेपाली परम्परागत बाजा र लाखे नाचले जापानीहरू ध्यान बढी खिचेको थियो। कार्यक्रममा नेपालकेन जापानले जापानी भाषामा कार्यक्रम संचालन गरेको थियो।

प्रकाशित: २४ श्रावण २०७३ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App