कांग्रेसमा नेतृत्व परिवर्तन

मङ्गलबार, १८ पुष २०७४, ०९ : ४९ डा सुभाष पोखरेल


गत संसदीय निर्वाचनमा पहिलो दलबाट खुम्चिएर तेस्रो पार्टी बनेपछि नेपाली कांग्रेसभित्र आरोप–प्रत्यारूपको शृंखला बढ्दो छ । भविष्यको नेतृत्वकर्ता ठानिएका केही युवा नेताहरू अहिलेका अग्रज जति लामो समय पदमा बस्छन्, त्यही हिसाबमा पार्टीले थप क्षति बेहोर्नुपर्ने भएकाले विशेष अधिवेशन बोलाएर अविलम्ब नेतृत्व प्रतिस्थापन गर्नुपर्ने भन्दैछन् ।

केही दिनअघि एमाले–माओवादी मिल्न नदिन आफूले वार्ता सुरु गर्ने भने, महामन्त्री शशांक कोइरालाले । कदाचित कम्युनिस्टहरू एकीकृत भइहाले भने तिनीहरूलाई विभाजित गर्न आफू सक्षम रहेको बताउने नेता पनि देखिए ।

प्रजातन्त्र सुदृढ हुन निष्पक्ष मतदान मात्र पर्याप्त हुँदैन, बरू परिणामसमेत स्वाभाविक हुनुपर्छ । स्वच्छ चुनाव भएर पनि सहज नतिजा आउन सकेन भने लोकतन्त्र संस्थागत हुन सक्दैन । उदाहरणका लागि प्रदेश सभाका लागि मनाङ ‘क’बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्वाचित भए । बितन्डा मच्चाएर उनी विजयी भएका होइनन्, बरू नियमानुसार भएको स्वच्छ चुनावमार्पmत उनी जनप्रतिनिधि बने । स्वच्छ निर्वाचन विधिमार्पmत चुनिएको भए पनि एउटा कहलिएको खलनायक मनाङेको विजयले प्रजातन्त्र संस्थागत हुँदैन, बरू लोकतन्त्रप्रति जनताको विश्वास कम हुन्छ नै ।

नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनले शेरबहादुर देउवालाई सभापति चुन्यो । नेतृत्वका लागि देउवाका अतिरिक्त रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रतिस्पर्धामा थिए । गृहमन्त्री भएका बखत राष्ट्रसंघीय सुडान शान्ति अभियानमा खटिने प्रहरीका लागि आवश्यक बन्दोबस्तीका सामग्री खरिदका क्रममा भएको अनियमिततामा मुछिएका अनि मधेस आन्दोलनको पूर्वसन्ध्यामा लहान हत्याका कारण पदच्यूतबाट जोगिन माओवादी अध्यक्ष प्रचण्डको शरणमा पुग्ने सिटौलालाई नेतृत्व सुम्पँदा नेपाली कांग्रेस विघटन हुने ठहर गरे, कांग्रेसीले । पहिलो चरणको निर्वाचनमा अन्तिम भएपछि सिटौला प्रतिस्पर्धाबाट बाहिरिए । दोस्रो चरणको प्रतिस्पर्धामा रामचन्द्र पौडेलभन्दा ५ सय भोट बढी ल्याएर देउवा सभापति बने ।

बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि करिब करिब सधैँ नै पदमा रहेका देउवाका विगतका क्रियाकलाप देखेका नेपाली कांग्रेसका कार्यकर्ताले उनी सभापति भएपछि चमत्कारी सुधारको अपेक्षा गरेका थिएनन् । सन् १९९५ मा प्रधानमन्त्री बन्दा सांसदलाई आफ्नो पक्षमा पारी अल्पमतको सरकार जोगाउन सुरासुन्दरी अनि पजेरो–प्राडो संस्कृति भित्र्याउने देउवाले सन् २००१ मा दोस्रोपल्ट प्रधानमन्त्री बन्दा पार्टीभित्र किचलोका कारण आफूले पदत्याग गर्नुपर्ने परिस्थितिबाट बच्न कांग्रेस पार्टीलाई विभाजन गरे । आफ्नो पद जोगाउन राज्यको ढुकुटी दोहन गर्नदेखि ऐतिहासिक जम्बो आकारको मन्त्रिपरिषद् बनाउने देउवाका विशेषता नै भए । संसद्ले निर्वाचन गर्ने प्रधानमन्त्रित्वमा विश्वास गर्ने कांग्रेसका लागि राजाका अनुकम्पाले सन् २००४ मा प्रधानमन्त्री बन्ने देउवाको निर्णय कुनै पनि हिसाबमा नैतिक थिएन । तर पद पाउनका लागि कुनै पनि विधि देउवाका लागि नैतिक थिए । राजासँग कुम जोडेर हिँडेका देउवाका लागि गणतन्त्रको आगमनपछि आफ्नो अस्तित्व जोगाउन सहज थिएन । त्यसैले उनले मातृपार्टीसँग आफ्नो दलको एकीकरण गरे । पदमा पुग्न र टिक्नका लागि जुनसुकै पक्ष र विषयसँग सम्झौता गर्न सक्ने हैसियत भएका नेता हुन्, देउवा ।

पार्टी एकीकरण भएपछि शेरबहादुरलाई एकीकृत दलको नेतृत्व गर्न इच्छा लाग्नु अस्वाभाविक रहेन । एकीकृतपछिको महाधिवेशनमा निष्ठाका पर्यायवाची बनेका सुशील कोइरालासँग सभापतिमा प्रतिस्पर्धा गर्दा पराजित भए, देउवा । सुशील कोइरालाको असामयिक निधनको लगत्तै भएको तेह्राँै अधिवेशनमा रामचन्द्र पौडेलभन्दा देउवालाई रुचाए कार्यकर्ताले, उनी नेतृत्वकर्ता बने । झन्डै २ वर्ष व्यतित हुँदा पनि केन्द्रीय पदाधिकारी तथा विभागहरू गठनसम्म त गठन गर्न नसकेका देउवाले पार्टी कसरी सञ्चालन गरिरहेका छन्, थप व्याख्याको जरुरत रहेन ।

बाल्यावस्थामै राजनीतिमा होमिएका देउवा तथा पौडेल दुवै कांग्रेसका अविचलित नेता हुन् । तर पनि उनीहरूको बानी–व्यवहारमा अतुलनीय विभेद छ । शेरबहादुर देउवा विभिन्न स्रोतबाट रकम आर्जन गरेर भए पनि कार्यकर्ता पाल्ने अनि सत्तामा पुग्न–टिक्न मूल्य र मान्यतामा धेरै लचकता देखाउन सक्ने नेता हुन् । त्यस्तै रामचन्द्र पौडेल गैरकानुनी विधिमार्पmत पैसा जम्मा गर्न नसक्ने अनि कार्यकर्तालाई रकम पनि नदिने, तथा मूल्य र मान्यतालाई तिलाञ्जलि दिएर पदमा पुग्नुभन्दा पृथक् बस्न रुचाउने नेता देखिए । गत अधिवेशनमा कार्यकर्ताले देउवालाई जिताउनुको मतलब उनीहरूले नीति र निष्ठाभन्दा शुभलाभलाई प्राथमिकता दिए भन्नुपर्ने हुन्छ ।
अब शेरबहादुरले आफूलाई कार्यकर्ताले सुम्पिएको दायित्व पूरा गरे–गरेनन्, त्यता हेरौँ । शेरबहादुर सभापति बन्दा नेकपा माओवादीको समर्थनमा एमालेका केपी ओली प्रधानमन्त्री थिए, नेपाली कांग्रेस प्रतिपक्षमा थियो । सभापति भएको केही महिनामा देउवाले कम्युनिस्ट गठबन्धनको ओली सरकार भत्काए अनि माओवादीसँग सत्ता साझेदारी गरी पुष्पकमल दाहाल नेतृत्वमा कांग्रेसलाई सरकारमा पु¥याए । र, अन्ततः आफ्नै नेतृत्वमा सरकार गठन गरे । तत्पश्चात् कसरी आफ्नो सरकारलाई दीर्घजीवी बनाउनेभन्दा अन्यत्र उनको ध्यान गएन । माओवादी अध्यक्ष प्रचण्डलाई खुसी बनाउँदा लामो समय प्रधानमन्त्री बन्न पाउने ठहर गर्दै चितवनको मेयरमा प्रचण्ड पुत्रीलाई विजय गराउन आफ्नै कार्यकर्ताको टिकट खोसे, उनीहरूको राजनैतिक बलिदान दिए । कांग्रेसी त जे गरे पनि आफ्नै हुन्, माओवादीलाई प्रसन्न बनाउँदा आफू शक्तिशाली बनिने सोचमा हिँडे, देउवा । उनको प्रधानमन्त्रित्वकालमा आफन्त तथा शुभेच्छुलाई सरकारी नियुक्ति मात्र दिएनन्, बरू उदारतापूर्वक आफ्ना समर्थकलाई राज्य कोषबाट पैसा दिन कुनै कन्जुस्याइँ गरेनन् । सत्तामा टिक्न सरकारको आकार जति भीमकाय बनाए पनि फरक नपर्ने मान्यतालाई जीवन्त राखे, इतिहासकै सबैभन्दा ठूलो मन्त्रिपरिषद् बनाए देउवाले । आफ्ना विगतलाई स्मरण गर्दै कार्यकर्ताले दिएको भोटको पूर्ण सदुपयोग गरे, देउवाले ।
शेरबहादुर देउवा स्वच्छ प्रतिस्पर्धामार्फत् सभापति भएको कुरामा दुई मत रहेन । तर, पार्टीलाई निष्ठावान् राजनैतिक शक्तिका रूपमा स्थापित गर्न देउवालाई विजय गराएका थिएनन् कार्यकर्ताले । कांग्रेसलाई अनैतिक विधिबाट भए पनि सरकारमा स्थापित गर्नुपर्छ भन्ने मान्यताको जित थियो, शेरबहादुरको सत्तारोहण । तसर्थ, देउवालाई सभापतिमा जिताउने अनि पार्टीमा नैतिकता स्थापनाको वकालत गर्नु आपैmँमा विरोधाभास यथार्थ देखियो ।
संविधान सभाको पहिलो निर्वाचनमा २३ प्रतिशत मत पाएर दोस्रो भएको नेपाली कांग्रेसलाई  दोस्रो चुनावमा झन्डै ३० प्रतिशत मत दिए जनताले । संसद्मा पहिलो दल बन्यो, नेपाली कांग्रेस । विगतको दुवै संविधान सभाको चुनावको तुलनामा गत संसदीय निर्वाचनमा नेपाली कांग्रेसले उल्लेख्य सफलता पायो । कांग्रेसले झन्डै ३३ प्रतिशत मत त ल्यायो तर प्रत्यक्षतर्पmको निर्वाचनमा तेस्रो बन्न पुग्यो । पहिलो भएको कांग्रेस अकस्मात् तेस्रो स्थानमा झर्दा कार्यकर्तामा नैराश्य आउनु अस्वाभाविक भएन । त्यस्तो अवस्थामा विशेष अधिवेशनबाट देउवालाई अपदस्थ गरी अर्को नेतृत्व ल्याउने सम्बन्धमा युवा आवाज आउनु अस्वाभाविक होइन ।
वीरगञ्जमा सम्पन्न छैटाँै अधिवेशनले सुवर्णशमशेर राणालाई सभापति मात्र चुनेन, बरू नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद तथा सामाजिक रूपान्तरणलाई पार्टीको मूल मन्त्र बनायो । प्रतिकूल अवस्थामा पार्टीको सम्पूर्ण आर्थिक दायित्व बोक्ने सज्जन नेताका रूपमा परिचित थिए, सुवर्णशमशेर । पारिवारिक सम्बन्धका कारण राजपरिवारसँग हिमचिम थियो, राणाको । आफूलाई जनताको सच्चा पहरेदार सम्झने बिपीका लागि राणालाई आफ्नो नेता मानिरहन सहज भएन । सुवर्णशमशेरका विरोधीहरू बिपीको कान भर्न पुग्नु अस्वाभाविक थिएन । सुवर्ण शमशेरलाई सभापतिबाट तुरुन्त अपदस्थ नगरे नेपाली कांग्रेस धराशयी हुने प्रचार हुन थाल्यो, त्यसको नेतृत्व स्वयं बिपीले गरे । अन्ततः पार्टीको विशेष अधिवेशन डाकियो विराटनगरमा । उक्त अधिवेशनले राणालाई हटाएर बिपी कोइरालालाई सभापतिमा पुनःस्थापित ग¥यो । तत्कालै सुवर्णशमशेरलाई नहटाएको भए कांग्रेसमा के अनिष्ट हुन्थ्यो, त्यसको जवाफ बिपीले कहिल्यै दिन सकेनन् । बरू उक्त घटनाक्रमले नेपाली कांग्रेसमा विभाजनको अमीट दरार बनायो । फुटको बीजारोपण विशेष अधिवेशनमार्पmत सुवर्णशमशेरलाई पदच्यूत गर्नु नै थियो भन्ने सबैले बुझ्न जरुरी देखियो । तसर्थ, शेरबहादुरको बर्खास्तीको वकालत गर्नेले कांग्रेसको इतिहासको स्मरण गर्न जरुरी देखियो ।
नेपाली कांग्रेसको वर्तमान चुनौती शेरबहादुर देउवा हुँदै होइनन्, समस्या हो भने देउवा प्रवृत्ति मात्र हो । देउवा प्रवृत्ति केवल शेरबहादुरमा कँुजिएको छँदै छैन, बरू त्यसले पार्टीमा अमीट जरा गाड्यो । पदमा टिक्न नैतिकताको सबै पर्खाल नाघ्ने के देउवा मात्र छन् त ? भूकम्पको चपेटामा परेका जनतालाई नाकाबन्दीको मारमा पार्ने भारतले नाकाबन्दी ग¥यो भन्न पनि नसक्नेहरू के पार्टीमा शेरबहादुर मात्र हुन् त ? निहित स्वार्थमा राज्यको स्रोत दोहन गर्ने देउवा मात्र हुन् कि एनसेलको पक्षमा करछुटको वकालत गर्ने अनि कर फछ्र्याैट आयोगलाई सर्वाधिकारसम्पन्न बनाउन ऐन ड्राफ्ट गर्ने नेताहरू शेरबहादुरभन्दा कम दर्जाको कसरी मान्ने ? आफू प्रत्यक्षमा चुनाव लडेर जहानलाई समानुपातिक सूचीमा दर्ज गर्ने कांग्रेसीभन्दा पत्नी आरजुलाई टिकट दिने शेरबहादुर कति अनैतिक ?
आगामी दिनमा नेपाली कांग्रेसलाई ठूलो राजनैतिक दल कसरी बनाउने भन्ने सम्बन्धमा कांग्रेसी विभक्त देखिए । केही दिनअघि एमाले–माओवादी मिल्न नदिन आफूले वार्ता सुरु गर्ने भने, महामन्त्री शशांक कोइरालाले । कदाचित कम्युनिस्टहरू एकीकृत भइहाले भने तिनीहरूलाई विभाजित गर्न आफू सक्षम रहेको बताउने नेता पनि देखिए । राजनीतिमा अरूलाई विभक्त गरी आफू एक नम्बर बन्ने प्रवृत्तिलाई अस्वाभाविक मान्न सकिन्न । यदि फुटको  राजनीतिमार्पmत कांग्रेसलाई प्रथम स्थानमा पु¥याउने हो भने देउवाको बदला विगतमा एमाले फुटाउने अभियानका नेतृत्वकर्ता खुमबहादुरलाई पार्टीको सभापति बनाउँदा हुन्छ । सरल बाटोको बदला स्थायित्व खोज्ने हो भने, नेपाली कांग्रेसलाई अग्र्यानिक रूपमै एक नम्बरको दल बनाउने अर्को विकल्प देखियो । तर उक्त बाटो निकै कठिन छ, धेरै बलिदानको खाँचो छ । सुविधाभोगी झुन्डका रूपमा संगठित वर्तमान कांग्रेसी नेतृत्वले उक्त चुनौतीपूर्ण अभियानको नेतृत्व गर्न सरल देखिन्न । अर्काको घर भत्काएर कांग्रेसलाई ठूलो बनाउने कि आफ्नो भवनलाई स्याहार गर्ने भन्ने विषयमा कांग्रेस प्रस्ट हुन आवश्यक देखियो । दोस्रो विधिमार्पmत कांग्रेसलाई संगठित गर्ने हो भने पार्टीमा आमूल पुनर्जागरणको खाँचो देखियो । र, त्यस्तो अवस्थामा हालका अधिकांश नेतृत्वकर्ता पाखा लाग्न आवश्यक देखिन्छ । अहिलेका नेतृत्वले अगुवाइ गरेर पार्टीलाई प्रजातान्त्रिक समाजवादको बाटोमा हिँडाउन असम्भव रहेकाले तदनुरूपको प्रशिक्षण आवश्यक देखियो । अहिलेको अवस्थामा देउवाको बर्हिगमनको वकालत गर्नुभन्दा आगामी चौधौँ अधिवेशनमार्पmत आमूल रूपमै देउवा प्रवृत्तिलाई परास्त गरी जैविक रूपमै पार्टीको विनिर्माणमा जुट्नु सबै शुभेच्छुकको दायित्व देखियो ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘मंगलम्’लाई पाँच अवार्ड

‘मंगलम्’लाई पाँच अवार्ड

डिजिटल मोडलमा बनेका फिल्मलाई प्रोत्साहित गर्न राजधानीमा बिहीबार आयोजना गरिएको १० औं संस्करणको ‘डि सिने अवार्ड २०७५’ फिल्म ‘मंगलम्’ले प्रतिस्पर्धामा...

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

अपराधको विषयबस्तु समेटेर तयार पारिएको फिल्म ‘चक्कर’को ट्रेलर र फस्टलुक सार्वजनिक भएको छ। राजधानीमा बिहीबार फिल्म युनिटले पत्रकारमाझ फस्टलुक र...

एकै स्टेजमा तीन विजेता

एकै स्टेजमा तीन विजेता

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएका छन्। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘मिस...

भ्यान गगलाई सृष्टिको सम्मान

भ्यान गगलाई सृष्टिको सम्मान

नेदरल्यान्डमा जन्मिएका महान् चित्रकार भिन्सेन्ट भ्यान गगलाई समर्पण गर्दै फिल्म ‘रोमियो एन्ड मुना’ले गीत सार्वजनिक गरेको छ। फिल्मले भ्यान गगका...